Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिद्धार्थ गौतमले बुद्ध हुनुअघि देखेका पाँच सपना

Posted on May 25, 2021 by Salokya

आज वैशाख पूर्णिमा। बुद्ध जयन्ति। २५६५ वर्षअघि आजैका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। यही तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्वाण पनि भएको थियो। बुद्धत्व प्राप्त गर्नु अघिल्लो रात अर्थात् वैशाख शुक्ल चतुर्दशीको रात सुत्दा सिद्धार्थ गौतमले पाँच वटा सपना देखेका थिए। के थिए ती सपना ? के थिए त्यसका अर्थ ?

पहिलो सपना

पहिलो सपनामा उनले आफ्नो शरीर विराट हुँदै गएको देखे। विराट हुँदै टाउको हिमालयको सर्वोच्च शिखरमा र दाहिने हात अरब सागरमा, बायाँ हात बंग सागर, खुट्टा हिन्द महासागरका लहरहरुद्वारा स्पर्श गरिरहेका थिए। यसको संकेत सिद्धार्थ गौतम सम्यक सम्बुद्ध बनेर सारा जम्बु द्विपमा छाउने र उनको शिक्षा टाउकोको छेउबाट उत्तरी देशहरुमा, दाहिने-बायाँ हातहरुबाट र खुट्टाबाट समुद्रको लहरहरु भन्दा पारी टाढा टाढा देशहरुसम्म पुग्ने थियो।

दोस्रो सपना


दोस्रो सपनामा नाभीबाट एउटा बिरुवा उत्पन्न भएर माथि उठ्दै उठ्दै आकाशसम्म पुगेको देखे। यसको अर्थ पृथ्वीका मनुष्यलाई मात्र हैन आकाशका देवताहरुलाई पनि धर्म सिकाउने भन्ने थियो।

तेस्रो सपना


ठूलो संख्यामा काला केशधारी र सेतो वस्त्रधारी मानिसहरु नजिक आएर उनलाई नमस्कार गरिरहेको सपना देखे। यसको संकेत अनगिन्ती गृहस्थ मानिस पनि उनका अनुयायी बन्ने थियो।

चौथो सपना


भिन्न भिन्न दिशाहरुबाट चार रंगका पंक्षी काखमा समेटिएको र आफ्ना रंग त्यागेर श्वेतवर्णी हुँदै गइरहेको सपना अर्को थियो। यसको संकेत थियो कि ब्राह्मण, क्षत्रीय, वैश्य र सुद्र चारै वर्णका मानिसहरु उनको शरणमा आएर वर्णभेदबाट मुक्त हुनेछन्।

पाँचौँ सपना


सारा पृथ्वी फोहर। अनि त्यसैमा विचरण गरिरहेका थिए सिद्धार्थ गौतम। तर पृथ्वीको यो फोहरले उनको चरणलाई छुन सकिरहेको थिएन। यसको संकेत सांसारिक अपवित्रताका बीच सदा परम पवित्र बनिरहने सर्वथा निर्दोष अनि निर्मल बनिरहने भन्ने थियो।

यी सपनाहरुको प्रसंग ‘महामानव बुद्धकी महान विद्या विपश्यनाका उद्‍गम और विकास’ नामको सचित्र पुस्तकमा उल्लेख छ। यी चित्रहरु खासमा ग्लोबल विपश्यना पगोडाको आर्ट ग्यालरीमा राखिएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme