Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खोप,अक्सिजन होइन मतपत्र पठाउने सरकारको घोषणा

Posted on May 22, 2021May 22, 2021 by Krish
भक्तपुरकी एक आमा वि.सं. २०७४ साल मंसिरमा सानोठिमीस्थित एक केन्द्रमा मतदान गर्दै। नयाँ संविधान जारीपछि भएको सो निर्वाचनले देशमा स्थायित्व र आर्थिक सम्वृद्धि ल्याउने आशा नेपालीमा थियो। तस्विरः प्रकाश माथेमा/एएफपी

सरकारका अनुसार शुक्रबार कोभिड—१९ का कारण १७७ जना नेपालीले ज्यान गुमाए। अक्सिजन नपाएर कतिपय आफन्त र साथीभाइ विदा भए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ छन्। ज्यान गुमाउनेहरू ६ हजार २४ भइसकेका छन्।’ यो महामारीबाट मान्छे जोगिन खोप नलगाई हुँदैन। संक्रमित बिरामी बचाउन अक्सिजन, औषधि, र अस्पताल व्यवस्थापन नगरी हुँदैन। नागरिक अस्पतालमा बेड, अक्सिजन र खोप चाहिरहेछन्। यस्तैबेला शुक्रबार मध्यराति बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्यो। प्रतिनिधि सभा भङ्ग र मध्यावधि निर्वाचनको मिति तय गर्ने निर्णय गर्यो। ६ हजार बढी नागरिक गुमाइसकेपछि प्रधानमन्त्री, राष्ट्रपति अनिँदो बसेर गरेको व्यवहारले भनेको छ, ‘सर्वसाधारण नागरिकलाइ कोरोना खोप, अक्सिजन दिने मिति छैन तर मतपत्र पठाइदिने निश्चित गरियो है।’

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलेले मध्यराति प्रतिधिनिध सभा भंग गर्दै कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा गर्ने घोषणा गरेकी हुन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल २०७७ फागुन १९ गते नयाँ वानेश्रस्थित सिभिल अस्पतालमा कोभिड—१९ को भ्याक्सिन लगाउँदै। फागुन २३ गते सांसदहरुले पनि सोही अस्पतालमा अक्स्फोर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप लगाए। सत्ता, शक्ति र पदमा हुनेहरुले खोप पाए पनि अधिकांश नेपाली खोप पाएका छैनन्। तस्विरः नारायण महर्जन

यसअघि उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्ने गएका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र ओलीको निवेदनमा सांसद संख्या पुग्ने देखिएन भन्दै खारेज गरेकी थिइन्। त्यो लगत्तै बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्यो, संसद भंगको निर्णय गर्यो।

राष्ट्रपतिका निर्णयले वेस्ट मिनिस्टर संसदीय प्रणालीमा सांसदको संख्या कसले गणना गर्नेजस्ता कतिपय संवैधानिक, राजनीतिक प्रश्न उब्जाएको छ। यतिबेला मस्त निद्रामा भएकाहरू बिहान ब्युँझेर के बोल्छन् त्यो हेर्न बाँकी छ।

अबको मुख्य सवाल केही घन्टा अघि मात्रै संविधानअनुसार प्रधानमन्त्री दाबी गर्न शीतल निवास पुगेका शेरबहादुर देउवा र उनका समर्थक पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीको बाबुराम भट्टराई पक्षले यो निर्णयलाई कसरी लिन्छन्? प्रधानमन्त्री र राष्ट्रपतिले रातभरि अनिँदो चटारो व्यहोर्दै घोषणा गरेको निर्वाचनमा सहभागी हुन्छ कि हुँदैनन्? भन्ने हो।

9 thoughts on “खोप,अक्सिजन होइन मतपत्र पठाउने सरकारको घोषणा”

  1. n says:
    May 24, 2021 at 4:32 pm

    School Shiddhartha Banasthali le choreko chaa.

    Reply
  2. kundan says:
    May 24, 2021 at 4:23 pm

    नागरिकता नियम बनाएर गल्ती गर्नु हुँदैन। यदि गल्ती गरेका हुन् भने सबै कुरो त्यसैमा छ- धर्म पनि, देश पनि, धन जन सम्पति पनि, अधिकार पनि, सुरक्षा पनि, माटो पनि, इत्यादि इत्यादि. नेपालमा हिन्दुहरुको शिर, बुद्ध धर्म :- यस्ता ठूला ठूला कुरा हरुछन्। मतलबै नगरी आफ्नो निजी स्वार्थ को लागि नागरिकता दिन हुँदैन। किनभने सबै मरेका हुँदैनन्, थाह पाएकै हुन्छन। देउवा बूढ़ोलाइ पनि कसैले पनि टेर्दैनन:- हुने भनेको १ चोटि प्रधानमंत्री हुँदा गर्न सक्नु पर्थियो, तर, केही गर्न नसकेर यस्तो अबस्था ल्याउने ? तपाईंहरु आफैँ बिचार गर्नुस त संसारले निकालेको भोको र बिषालु शर्प हरु नेपाल हुलेपछि के हुन्छ?

    Reply
  3. huu huu says:
    May 24, 2021 at 2:40 pm

    नेपालको बिकास गर्ने बेलामा , America , German ,Japan ,British , Australia को जसरी बिकास नगर्ने। (१) तर, नेपालको नागरिकता चोरेर दिने बेलामा भने, उधो मुन्टो लाएर, आफ्नो गुहू आफैले खाएर, ग्लोबललाइजेसनको जमाना, अमेरिकामा यस्तो छ, आस्ट्रेलियाले यस्तो दिएको छ , उस्तो दिएको छ , भन्दै , 50 गुना ठुला देशहरुको कम्पुटिसन गरेर दिने ??? (३) नागरिकताको बिषयमा चाहि :- World को 99% देशहरुले नागरिकता दिए पनि नेपालले दिन पर्छ भन्ने छैन। एउटा देश हो नेपाल।

    Reply
  4. nabin shrestha says:
    May 24, 2021 at 9:47 am

    चोर शासक मुर्दावाद.

    Reply
  5. Big mistake for Nepal says:
    May 23, 2021 at 6:16 pm

    Nepal News :- ” राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको छ ( यो भन्दा पहिला , जन्मको आधारमा मात्रै नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता, कहिले पनि पाउथेनन । मधेशी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर एस्तो नीयम बनाएको हुन। ) ” . (१) भने पछि , जन्मे कै आधारमा वंशजको नागरिकता दिने रे ” ???? भनेपछि फेरी चोरेयो , बाहुनलाई मारने पर्छ , त्यसको बिकल्प नै छैना। नमारी त हुदै हुदैन !!! हुना त , युद्ध को बिष घोली सकेको छ ,
    . जसको देश हो , ति महान रगत हरुको बिजय हुनेछ। (२) अहिले , यो नियम बनाउँदा पनि :- नेपालको संसद मा सबै भन्दा धेरै बाहिरियाहरु नै 98% छन। यो बाहिरिया हरुलाई , धोको फेरेर ,,,,,,,,,,,,, चोरेर जता बाट नेपाल पसेको भये पनि ( माथि बाट या तल बाट नेपाल पसेको हरु ) :- यो बाहिरिया हरुले चोरदा ( नचोरे त , नेपालको संसद मा ,,,,,,

    Reply
  6. Shibaa says:
    May 23, 2021 at 1:47 pm

    यस्तो हुदो रच जिन्दगीको कुरा :- कुनै कारण बस , मैले 7 कलास मै पढाई छोडेको थिए। समय बित्दै जादा बिहा भयो , २ छोराहरु भये। छोराहरु , उनीहरु माध्यमिकतीर पुगेपछि , म फेरी स्कूल पढ्न थाले। (१) यस्तो हुदो रच जिन्दगीको कुरा :- मैले कुनै नजाने भने , मेरो कान्छो छोराले आफ्नो स्कूलको टीचर हरु संग सोधेर , मलाई , यसरी गर्नी हो ममी भनेर सिकाउछ :- ( म छोराहरुले न देखने गरेर रुन्छु ) . ठूलो छोरो त कलेज हो मामाघर बसेर पड्छ। (२) मलाई अच्चम लाग्छ , जिन्दगीको भेट , फेरी हुदो रहिच। (३) मेरो स्कूल , मेरो क्लास :- मेरा क्लास का साथी हरु ( कान्छो छोरा समान का छन ) , तर , सबैले साथीको रुपमा , शिबा भनेर नामले नै बोलाउछन। म खुसी र भाबुक हुन्छु। (४) अझै अचम्म त ? जागीर खाएको पैसा :- म स्कूल जादा श्रीमान ले पैसा दिनु हुन्छ : ( यस्तो त मेरा आमा बुवाले गर्नु भको थियो ) , श्रीमानले न देखने गरेर म रुन्छु , केहि समय भाबुक हुन्छु

    Reply
  7. madan bajracharya says:
    May 23, 2021 at 3:27 am

    नेपालमा सय भन्दा बढी नेपाली भाषाहरु छन, तपाईंले कुन भाषालाई नजानी अङ्रेजी सिक्नै सक्दैन भनेको हो? सयमा उनान्सय हिन्दी शब्दहरुको उच्चारण बिगारेर् बोलिने हिन्दिकै लिपी प्रयोग गर्ने भाषालाई मात्रै नेपाली भाषा हो भन्नु खोजेको हो भने त्यो त् भाषिक तानासाही लाद्न खोजेको भयो ल मानि लिउं तेही हिन्दी शब्द फरक गरेर बोलेलेखेमा नेपाली भाषा हुने भयो र् त्यसरीनै बोल्नलेख्न जाने मात्रै नेपाली भाषा सुद्ध हुने हो भने त्यो भाषाको कुन ब्याकरनमा हिन्दी शब्द कसरी फरक गरेर बोलेलेखे सुद्ध नेपाली भाषा हुन्छ भनेर नियम लेखेको छ्?

    कुनै पनि भाषा सिक्न अर्को कुनै भाषा जान्न जरुरी छैन भन्ने कुराको अर्को के उदाहरण दिने तपाईंकै उदाहरण दिन्छु। तपाईंले तपाईंलाई जन्माउनेले भाषा सिकाउन्दै गर्दा अर्को कुनै भाषा जानेको थियन सिवाय उयायं उयायं गरी पेत भाषामा रुने सिवाय? नेपालमा आफ्नै भाषा र् लिपी भयर पनि बोल्न लेख्न खोज्नेलाई अवसर नदिने धम्की दियर तपाईंकै भाषा बोल्न वाध्य गरियकाहरुको सहनशिलता पनि यती पनि प्रहार नगरनुस् कि तपाईंहरुले उनिहरुलाई तपाईंको भाषा बोल्न नजानेकोमा हेपे जस्तै उनिहरुले पनि उनिहरुको भाषा तपाइनेले बोल्न नजानेकोमा हेप्न बाध्य् नगरनुस्। तपाईंहरुले बोले लेखे जस्तै नबोलियको र् न लेखियको भाषा असुध्ह हुने हो भने “यक दिन नारद मुनि कान्तिपुर आया था” भनेर आधा हिन्दिमा तपाईंको भाषा लेख्ने बोल्नेलाई तपाईं के भन्नु हुन्छ?

    Reply
  8. Krishna Prsd. says:
    May 22, 2021 at 2:12 pm

    By Krishna Prsd.

    English Language सिकाउनको लागि ,पहिला त नेपाली भाषामा तगडा हुन परेयो। (१) जो नेपाली भाषा त राम्रोसंग बोलन जान्दैनन भने , त्यस्ताहरुले , अरु ज्ञान कसरी सिकाउन सक्छन ???? (२) नेपालबसेका हरुमा पनि , जसको नेपाली भाषा हैना ( तीनिहरुको आफ्नै भासा पनि छ ) जसको भासा नेपाली हैना , त्यस्ता हरुलाई , थोरै केहि बर्ष लाग्छ , राम्रोसंग नेपाली बोलन : >>> त्यस्तै ब्याकवार्डहरुले , टूटे फूटेको नेपाली बोल्छन जस्तै :- भन्नु पर्दा खेरी , गर्नु पर्दा खेरी ,……. के भन्न खोजेको हो ?? लम्बे तम्बे कतातिर मररकेर टालो हालेर , गलत बोलेको हो ??? (३) त्यस्तै अर्को :- सबैले भन्छ , तिमीले ल्यायो ? आदि। सबैले भन्छन हुन्छ ! तिमीले ल्यायौ हुन्छ। (४) अरुको रगतको सम्पत्ति चोरेर खाने , कामचोर बोर्डिंग स्कूल हरु छन :- तपाईं हरुले पत्याउनु हुदैन भने , म ती स्कूल हरुमा पढाउने , नेपाली किताब हरु देखाइदिन्छु , ती किताब हरु देखेपछि तपाइँहरुले थाह पाउनुहुन्छ , कसरी बोर्डिंग स्कूल हरुले , जनताको रगत चोरेर खाएको रहिछन भनेर। (००० ) नेपाली भाषा त त्यस्तो छ भने , ती , स्कूलहरुमा ,नेपाली किन पढाउने ?????? किन ?? देखाउने दांत बनाउने ??? नेपाली भाषालाई ,बिगारेर कुरूप र फोहोर बनाउन भन्दा , तिमीहरुको आफ्नै भासा ले बोर्डिंग स्कूलहरु चलाओ !!! आफ्नै टाउको फोहोर रगतले भरिएको छ , नजानि नजानि अर्कालाई ज्ञान दिने निउ बनाएर चोर्ने ???

    Reply
  9. शेरचन योन्जन says:
    May 22, 2021 at 10:46 am

    सम्पूर्ण मुलुक कोरोना कहरमा भय, सन्त्रास र पीडा महसुस गरिरहदा मध्यावधी चुनावको घोषणाको समाचारले क्रोधित बने पनि सयमित भएर दुखी मन र थरथराउदो हातले यी लाइनहरु लेख्न परिरहेछ|
    ओलीको नेत्रित्वमा कुनै पनि हालतमा चुनावी सरकार हुन दिनहुँदैन| एनीहाउ, बाई हुक अर क्रूक, जित्नै पर्छ भन्ने मानसिकताले ग्रस्त ओली सत्तामा रहदा सेटिङ र धाँधलीको पराकाष्ठा नाघ्नेछ| उनको मैमत्त ब्यवहार र निरन्तर अटेरपनले यस्तै प्रमाणित गरेको छ| नेपाली जनता मुकदर्शक सरह बनेका छन| मुर्मुरिएका छन, कोरोना कहरमा कुण्ठित छन|
    खोप समयमा ल्याएको भए यतीका संख्यामा नेपाली मर्ने थिएन, यतिका संख्यामा नेपालीले दुख पाउने थिएन| यसको जिम्मेवार अनुत्तरदायी प्रधानमन्त्रीले लिनपर्छ| हाँछ्यु साँछ्युको हँसीमजाक उढाएर महामारीलाई नजरअन्दाज गरे| महामारी ब्यवस्थापन पूर्वतयारीमा कुनै गम्भीरता देखाएनन| स्वास्थ्य सामग्री खरिदमा धाँधली र कमिशनको नाँगो व्यापकताले सम्पूर्ण मुलुकलाई पीडित र लज्जित बनाएको छ, त्यै बेलामा मध्यावधी चुनाव थपिदिने विवेक कँहाबाट आयो?
    फेरि एकपल्ट सर्बोच्चको ढोका ढकढकाउने बेला आयो| यो कोरोनाग्रस्त नेपालमा अबको पाँच महिनामा चुनाव गराउन ठीक छैन| चुनावमा लाग्ने २५ अरब खर्च अहिलेलाई कोरोना ब्यवस्थापनमा एउटा सर्वदलीय समिती खडा गरेर भ्रष्ट्चार नगरी लगाईनपर्छ| अहिलेको उच्चतम प्राथमिकता भनेको सुव्य्वस्थापनले महामारी रोकथाम गरी मुलुकलाई नर्मल स्थितिमा फर्काउनु हो| भोली गएर ओलीले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो एकक्षत्र चुनाव प्रचार प्रसार गर्न तिर लाग्यो भने आश्चर्य मान्नुपर्दैन|
    प्रश्न के भने ओलीले अर्को उट्पट्याङ के गर्ला भन्ने होइन| तर मुल प्रश्न हो नेपाली जनता कैलेसम्म मुकदर्शक बनेर रहने? नेपाली जनतालाई विभाजन गरेर कुशासन गर्ने नेतालाई दण्दित गर्नैपर्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme