नेपालमा यतिखेर ठूलो स्वास्थ्य संकट आइपरेको छ। आज कोभिड-१९ का कारण १३९ जनाको मृत्यु भएको छ। अस्पतालमा बेड नभएर बाहिरै राखी उपचार भइरहेको छ। अक्सिजनको अभावले मान्छे मरिरहेका छन्। पशुपतिको विद्युतीय शवदाहगृहको छेउको चौरमा राति अबेरसम्म संक्रमितहरुका लाशहरु जलिरहेका हुन्छन्। तर नेताहरु विश्वास र अविश्वासको गफ संसदमा गरिरहेका छन्। देशमा कहिल्यै नभएको विकास भएको गफ जोतिरहेका छन्। संसद छलेर ल्याएको अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक बसी नियुक्तिहरु गरिरहेका छन्। नियमित बजेट अधिवेशन बस्ने बेलामा विश्वासको मत भन्दै संसदको विशेष अधिवेशन बोलाएर रातारात अन्त्य गर्न हतार गरिरहेका छन्।
अनि केही अनलाइन मिडिया र युट्युबरहरुको पारा पनि हेरौँ न कस्तो छ। केही उदाहरण-
यो हो सूचना विभागमा दर्ता भएको न्युजपोर्टल सिंहदरबार। हेडलाइनमा उसले रमाइलो गर्दै लेख्यो- संसदमा देउवाको दमदार भाषण, नबुझेको भए पूर्णपाठ यहाँ पढ्नुस्। देउवाको बोलीप्रति लक्षित हेडलाइन रहेछ यो।
अब युट्युबतिर जाउँ। यो हेर्नुस् एउटा भिडियोको हेडलाइन र थम्बनेल : ओलीले देश छोडे रे। अनि भर्खरै भयो कसैले नसोचेको रे। अनि पख बाहिरै बसेर देखाउँछु माकुने रे। हैट
अनि भिडियोको भ्युज हेर्नु त २९ हजार ! मूलधारे मिडिया र ठूला अनलाइनहरुका युट्युब भिडियोहरुको भ्युज दुई अङ्कमा रहने बेला यी सनसनीपूर्ण हेडलाइन र थम्बनेल बनाउनेहरुको भ्युज !
यो खरो अनलाइन टिभी नामको युट्युब च्यानलका भिडियो शीर्षक र थम्बनेलहरु त हेरीसाध्य रहेनछन्।
प्रधानमन्त्रीको काल गर्ने रे ! हैट कतिसम्म लेख्न सकेका !
राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गर्दाको घटनामा बादलमाथि फायर खोलेको रे। थरर काँप्दै उठे रे। अझ अन्तिम घडीको पर्खाइमा छटपटाउँदै पो रे। हे दैव !
अर्को दुई वटा हेडलाइन र थम्बनेल हेर्नुस्-
धेरैलाई लाग्ला- पत्रकारहरुले यसो गरे। यो पत्रकारिता होइन। यसरी युट्युबमा भिडियो अपलोड गर्ने मान्छे पत्रकार हुन जरुरी छैन। जो कसैले पनि यसरी भिडियो अपलोड गरेर जे मन लाग्यो त्यही हेडलाइन र थम्बनेल राख्न सक्छन्। यिनीहरुलाई यसो गर्न उक्साउनमा हाम्रै पनि दोष छ। हामी नै मेहनत गरिएका राम्रा भिडियोको साटो यस्ता हेडलाइन भएका भिडियोहरु हेर्न हतारिन्छौँ, गलत थम्बनेल राखेकोमा युट्युबमा रिपोर्ट गर्दैनौँ। यसो गर्नु गलत हो र केही अवस्थामा त दण्डनीय समेत हो भनेर कतिपयले त बुझ पचाएका होलान्, धेरैलाई त थाहै पनि नहोला। उनीहरुका लागि भ्युज नै ठूलो हो। किनभने भ्युज अनुसार उनीहरुले डलर कमाउँछन्।
यसमा हेर्नुस् त जसलाई राजीनामा समेत लेख्न आउँदैन, जसलाई विश्वासको प्रस्ताव फेल भएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुन्छ, राजीनामा दिनुपर्दैन भन्ने समेत थाहा छैन- त्यस्ताहरुले सम्प्रेषण गर्ने सूचना र त्यसलाई हेर्नेहरु कसरी सुसूचित होलान् ?
यो अर्को च्यानलको हालत हेर्नुस्- साँझ बसेको मन्त्रिपरिषद्को बैठकलाई मध्यरातमा रे। अनि संसद विघटन रे। प्रतिनिधि सभाको विशेष अधिवेशनको अन्त्य हो, संसद विघटन होइन भनेर यो हेडलाइन हेर्नेले कसरी बुझ्छन्?
अनि यो हेर्नु त पारा-
अनि यता हेर्नुस् केही नभएको संसदमा ठोकाठोक फोराफोर, भिषण लडाइँ पो रे।
तपाईँलाई के लाग्छ- यो समस्याको समाधान कसरी गर्न सकिएला ? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
Everyone should report $ jharne muhan banda gari diye yo patrukar k garchan hola
हजुर राम्रो हो mysansar ले लेख्नुभएको कुरा । हामीले हाम्रो headline र title सच्याईसकेका छौं । youtube मा simple content र simple title चल्न असाध्यै गारो हुने कारण clickbait गर्ने संसारकै नियम हो । हामिले सुरुमा लेखेको title र thumbnail मा पनि त्यस्तो अरुको जस्तो अत्याचार नै त थिएन जस्तो लाग्छ तर clickbait गरेको पक्कै हो । तथापी, प्रतिकृया आएपछी सच्याउने अन्तर्गत पर्छौं हामी किनकी हामी यु-य्युबर नभै देशको जिम्मेवार मिडिया हौं । तपाइँको यो चर्चित ब्लगमा हाम्रो नाम नराम्रै लिस्टमा भएपनी अटाउनु गौरबको विषय हो । हामिले गल्ती सच्याईसकेको कारण कृपया हाम्रोबारे लेख हटाईदिनुहुन अनुरोध ।
सुषुप्त भाँडामाझी अदृश्य भाँडामाझी भएछ त कहाँ हराएछ ? खुब विशेश्ग्य जस्तो कराईकराई यो सबै होवा हो भनेर हिंड्यो / कस कस बाट प्रचालित र प्रायोजित छ यो सुषुप्त भाँडामाझी ?