Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरिवंशको सचेतना गीत : साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गर्ने?

Posted on May 4, 2021 by Salokya


कलाकार हरिवंश आचार्यले कोरोनासम्बन्धी जनचेतना जगाउने ‘गीत’ गाएका रहेछन्। ‘अर्को जुनी खै कुन्नि’ बोलको यो ‘गीत’को ४१ सेकेन्डको भिडियो फेसबुक र युट्युबमा अपलोड गरिएको छ।

मैले सबैभन्दा पहिला हरिवंश आचार्यकै फेसबुकमा हेरेको हुँ यो भिडियो। म त हरिवंश आचार्य आफैले लेखेर गाएका होलान् भन्ठानेको छ। शिलापत्रमा आएको यो समाचार हेरेपछि पो थाहा भयो, गीत त अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका रहेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला सचिव रहेका थपलियालाई निर्वाचन आयोग लगेका थिए। त्यसपछि नेकपाको बहुमत विवादमा आयोगको भूमिका रह्यो र कसरी अदालत पुगेर पूरै नेकपा नै डिस भएर एमाले र माओवादी आफ्नो आफ्नो बाटो लागे भन्ने कुरातिर नलागम् अहिले। बस् यति बुझ्नुस् कि ह्वाँ खत्रै गीतकार हुनुहुन्छ।

घरमा कोही नहुँदा
एकछिन तिम्लाई बोलाऊँला
तिम्रो हात समा’र, अँगालोमा बेरेर
माया गरौँला, हो…माया गरौँला

भन्ने गीतको ड्राफ्टदेखि ‘माछीले खाने खोलीको लेउ, आए म कान्छा तिम्रै छेउ’सम्मका हिट गीत उनैले लेखेका हुन्।

अर्को जुनी खै कुन्नि बोलको गीत ओर्जिनलवाला चाहिँ मेलिना राई र सरोज ओलीले गाएका हुन्। यो गीत एक वर्षअघि रिलिज भएको थियो।

यसको शब्द रचना चाहिँ थपलियाले गरेका हुन्, यो कोरोनाको रिमिक्सवाला पनि थपलियाले नै हो र? त्यो समाचारमा त्यति प्रष्ट छैन।

यति धेरै चासो लिनुको कारण चाहिँ के भने, कुनै पनि सन्देशमूलक गीतमा सन्देश स्पष्ट हुनुपर्ने हो। यसमा स्पष्ट छैन र भन्नुहोला फेरि तपाईँले।

सुन्नुस् त एकचोटी गीत

अर्को जुनी, खै कुन्नि
कसलाई थाहा छ र खै?
यही जुनीमा कोरोनाबाट बचौँ है।

यहाँसम्म ठीक छ। त्यसपछि अगाडि छ-

लौ है मास्क लगाउँ सामाजिक दूरी कायम गरेर
स्यानिटाइजर प्रयोग गरौँ साबुनले हात धोएर

यो ठीक छ त?

सकेसम्म साबुन पानीले हात धुने हो। साबुन पानीले हातमा हुने भाइरसलाई मारिदिन्छ। खासमा हातमा हुने त्यही कोरोना भाइरस हातले नाक, मुखमा छुँदा शरीरभित्र नपसोस् भन्न त्यसो गर्न परेको हो।

साबुन पानी नभएमा चाहिँ स्यानिटाइजर प्रयोग गर्नुपर्ने हो। स्यानिटाइजरले पनि हातमा भएको भाइरस मार्छ भनेर विज्ञहरुले भनेका हुन्।

अर्थात् कि साबुन पानीले हात धुने, कि स्यानिटाइजर प्रयोग गर्ने।

यसमा चाहिँ साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गरौँ पो भनेको छ। अर्थात् साबुनले हात धोएर मात्र पुग्दैन धोइसकेपछि स्यानिटाइजर पनि प्रयोग गरौँ भन्न खोजेको छ।

सीधा शब्दमा हेर्दा यो कुरा मिलेन।

यसो भनेको त एक जना साथीले वैज्ञानिक (कू) तर्क दिए मलाई-

हात धोएर पनि स्यानिटाइजर प्रयोग गर्नुपर्ने कुरामा लजिक छ। मान्नुस् तपाईँको हातमा कोरोना भाइरस छ। अब तपाईँले धाराको टुटी खोल्नुभो। त्यो भाइरस टुटीमा बस्यो। हात धुनु भो साबुन पानीले। अनि धाराको टुटी बन्द गर्नुपर्ने भो। त्यहाँ अघि कै भाइरस गएर बस्या हुन्छ। बन्द गर्दा त्यो भाइरस हातमा फेरि आउन सक्छ। त्यही भएर त्यो भाइरसलाई मार्न साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गरौँ भनेका होलान्।

अब यत्रा ठूला गायकले गाएको सन्देशमूलक गीत पर्‍यो, कसरी होइन भन्ने?

तर तपाईँ ध्यान दिनुस् है, विश्व स्वास्थ्य संगठनदेखि हाम्रो स्वास्थ्य मन्त्रालयसम्मका विज्ञहरुले साबुन पानीले मिचीमिची हात धुने वा हात स्यानिटाइजरले सफा गर्ने मात्र भनेका छन्। साबुन पानीले हात पनि धुने अनि लगत्तै स्यानिटाइजर पनि प्रयोग गरौँ भनेका छैनन्।

गरेर सँग धोएर राइम्स मिलाउनु परेको भए

‘स्यानिटाइजर प्रयोग गरौँ वा साबुनले हात धोएर’ भनेको भए पनि हुन्थ्यो।

अथवा ‘साबुनपानीले हात धोउँ वा स्यानिटाइजर प्रयोग गरेर’ भनेको भए पनि हुन्थ्यो होला।

‘वडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत’ नै त होला यसमा पनि। सन्देश मिले पनि नमिले मूल कुरा सन्देश दिएका छन्। त्यसैमा सन्तुष्ट होऔँ। यस्ता चेतनामूलक सन्देश अरुले पनि बनाए राम्रो हुन्छ। यो महामारीसित मिलेर लड्ने हो। कि कसो ?

तर ‘स्यानिटाइजर प्रयोग गरौँ साबुनले हात धोएर’ चाहिँ नभन्नु होला अरुले बनाउँदा 🙂

8 thoughts on “हरिवंशको सचेतना गीत : साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गर्ने?”

  1. Bishnu Subedi says:
    May 7, 2021 at 10:18 am

    If our hands is dirty sanitizer is not good so wash your hands first then use sanitizer if you need. But with out washing hand ✋ is no point. Is just a common sense.

    Reply
  2. कल्याणम says:
    May 7, 2021 at 2:26 am

    खुसुक्क कानमा र एकजनालाई टेक्स्ट मार्फत जनाउन भन्दा जनहितसँग सरोकार भएको यो महत्वको बिषय सार्वजनिक रुपमा प्रस्तुत गरिएको नै राम्रो होइन र? यसबाट हामी सबै सुसुचित र लाभान्वित हुनेछौ|श्रद्धेय मदनकृष्ण सर सँग यो जोड्नु पर्ने कुनै कारण देख्दिन|साधन र श्रोत सम्पन्न अनि पहुंच भएका गीत लेख्नेले पो सोच्न पर्ने हो नी| जे होस, पक्ष विपक्ष र आफ्नो मन पर्ने मान्छे नपरने कुरा आआफ्ना ठाउँमा छन| यो बिषयमा वहस हुन राम्रो हो भन्ने लाग्छ|

    Reply
  3. Nirmal says:
    May 7, 2021 at 2:11 am

    The issue is not of MAHA but of washing hands with soap and water and sanitizer or both. Given Nepal’s situation, particularly in non-urban areas and depending on one’s pocket, and availability, soap and water would suffice which also meets the CDC guidelines quoted below by blogger. I also applaud the blogger for highlighting this issue.

    Reply
  4. Kaushal Budhathoki says:
    May 6, 2021 at 8:16 pm

    You always find something bad to say about MAHA and their work. There is nothing wrong in washing hands with soap and water and then using the sanitizer. If anything, it will prevent the contamination even more.

    Reply
  5. Bharat Raj Khadka says:
    May 5, 2021 at 11:38 pm

    Shalokya ji pakkai pani tapai ko sampark madan dai ra hari dai snaga chha nai hola…. uha jasto legend byktiko kamjori dekhaunu bhandaa message gardinu hola yesto dekhiyo bhanera…..

    Reply
  6. नीर कमल says:
    May 5, 2021 at 8:13 pm

    तपाईंसँग सहमत, सकेसम्म साबुनपानीले धुने वा स्यानिटाइजर हुनपरने हो|
    रकमी लेखन शिल्पी अनुसार वा जानाजानी गीतकारज्युले छुटाएको हो कि ज्ञानको अभावले हो बुझ्न् सकिएन|
    तर गीतकार जो पूर्वसचिव र अहिलेको निर्वाचन आयोगका हाकिम हुनुहुँदो रहेछ उंहाको कल्पनाशीलता र सिर्जनशीलताको प्रसंशा गर्नैपर्छ|जसले गरे पनि टुटिको कुतर्क नै हो|तर सतर्क भने रहनपर्छ| जे होस, सरकारी कर्मचारीहरु अझ उच्च श्रेणीमा पुगेपछी जिम्मेवारी वहन वा गर्नपर्ने कामलाई साबुन पानीले धोएर आफुलाई धेरै फुर्सदीमा राख्छन|

    लोकसेवा घोकेरै र त्यसरी लेखेरै भनौ, धेरैले दु:ख गरेर पास गरेका हुन्छन तर जब वास्तविक काम गर्नपरने हुन्छ, विस्तारै खुडकिलो चढदै माथिल्लो तहमा पुग्छन, प्रशासनको अस्तब्यस्तता मिलाउन, प्रणालीमा सुधार ल्याउन, सही थीती बसाउन र सेवाग्राहीलाई सेवाप्रदान गर्न निजामती सेवाको मन्त्रालय वा संबैधानिक नियुक्तीको एपेक्स पदमा त्यो अति महत्वपूर्ण क्षणलाई दुर्लभ अवसर ठानेर प्रत्येक पल चौबिसैघण्टा ब्यस्त रहनपरने हो| तर त्यसबेला कवि कि गीतकार सिर्जनशीलताले ठाउँ लिन्छ, नेपाली जनताले तिरेको करको पैसाबाट तलबभत्ता सुविधा खाएर गीत र कविता लेख्न समय पाउछन तर निजामती सयन्त्रमा चुस्तता होइन, प्रणालीमा सुधार होइन, विकृति र विसंगतिहरु भित्रिन्छन, सत्तावालका यस म्यान र दास हुन्छन, चाकडी बजाउछन र अर्को पद खुस्काउछन| कुशासन ब्याप्त छ| कति यस्ता छन जो आँफैले सिधै नखाए पनि आफ्नो मातहतकालाई निगरानी, मुल्याङ्कन र सुपरिवेक्षण गर्दैनन| यी साबुनपानीले हात धुने अनि स्यानिटाइजरले पखाल्ने महान सन्देश गीतका रचयिताका अकार्यकुशलता र अक्षमता निर्वाचन आयोगको अकर्मण्यतामा प्रष्टै देखिए| एउटा थिए मुख्य सचिव जसले प्रणालीमा फोहोरपन, विकृति र विसंगतिहरु देख्दादेख्दै पनि वागमती सफा गर्नतिर लागे, तर राजदुतको पद पाउनसाथ विचैमा छाडेर उत्तर छिमेक तिर लुइँकिए| अर्का थिए आफ्नो स्तरभन्दा तलको जागिरमा निर्लज्ज एडीबीमा हानिए|
    भन्नको तात्पर्य्य, यस्ताहरुलाई साबुन पानी र स्यानिटाइजर दुवै लाएर समयमै परिष्कार गर्नपर्छ|

    बिशेषत, वर्तमान वा निवर्तमान सचिव, मुख्य सचिव र सह-उपहरु यो ब्लग सहित कमेन्टलाई सुझावत्मक रुपमा गम्भीर भएर पढनुहोला|

    Reply
  7. Bishal Pandey says:
    May 5, 2021 at 5:45 pm

    Sanitizers are recommended to be used after hand washing. If there isn’t clean water available to wash your hand, you can use sanitizer only. US FDA recommendations. Go educate yourself more.

    Reply
    1. Salokya says:
      May 7, 2021 at 1:40 am

      Go educate yourself more भन्नुभाकोले FDA को वेबसाइटमा गएर हेरेको यस्तो रहेछ- हात धोएर स्यानिटाइजर प्रयोग गर त भनेको छैन है। साबुन पानी छैन भने चाहिँ स्यानिटाइजर प्रयोग गर भन्या हो 🙂
      The best way to prevent the spread of infections and decrease the risk of getting sick is by washing your hands with plain soap and water, advises the Centers for Disease Control and Prevention (CDC). Washing hands often with soap and water for at least 20 seconds is essential, especially after going to the bathroom; before eating; and after coughing, sneezing, or blowing one’s nose. If soap and water are not available, CDC recommends consumers use an alcohol-based hand sanitizer that contains at least 60% alcohol. https://www.fda.gov/drugs/information-drug-class/qa-consumers-hand-sanitizers-and-covid-19

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme