Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एप्पलले यसपालि नयाँ के-के ल्यायो? यी हुन् चार नयाँ घोषणा

Posted on April 21, 2021April 21, 2021 by Salokya

मंगलबारको एप्पल इभेन्ट विश्वभरका प्रविधिमा चासो राख्नेहरुका लागि प्रतीक्षाको विषय थियो। यसमा एप्पलले आफ्ना नयाँ उत्पादनहरु घोषणा गर्ने गर्छ। यो पटक आइफोनमा त्यस्तो नयाँ केही घोषणा नभए पनि म्याक र आइप्याड भने नयाँ आउने देखाइयो। यस्तै एउटा बिल्कुलै फरक प्रडक्ट पनि देखाइयो- एयर ट्याग, जुन हराएका सामान भेट्टाउनका लागि प्रयोग गर्न सकिन्छ।

१) एयरट्याग

प्रविधिको जगतमा पनि यसो गर्न लागेको छ, उसो गर्न लागेको छ भनेर कुरा लिक हुने गर्छ। दुई वर्षअघि नै यसबारे गाइँगुइँ सुनिएको हो। तर कम्पनीले यसबारे केही बताएन, कुरो गोप्य नै रह्यो। आजको कार्यक्रममा बल्ल एप्पलले एयरट्यागको घोषणा गरेको हो।

खासमा यो सामान खोज्ने (आइटम ट्रयाकर) सानो उपकरण हो। यसलाई तपाईँको साँचोमा, ब्यागमा वा पर्समा राख्यो र कहाँ राखेको बिर्सियो भने खोज्नलाई काम लाग्छ। यसले कसरी काम गर्छ त ? यो सानो उपकरणलाई तपाईँको सामानमा टाँस्नु पर्छ। त्यसपछि यसलाई तपाईँको आइफोन वा आइप्याडमा रहेको फाइन्ड माइ एपमा जोड्नु पर्छ। अब खोज्न पर्‍यो भने जसरी आइफोनलाई फाइन्ड माइ एपमार्फत् लोकेट गर्नुहुन्छ, त्यसरी नै गर्न सकिन्छ।

स्टेनलेस स्टिलले बनेको गोलो आकारको पानी र धुलो छेक्ने क्षमता भएको दावी गरिएको यो उपकरणमा ब्याट्री र सानो स्पिकर पनि हुन्छ। यसमा यु १ चिप हुन्छ जसले अल्ट्रा वाइडब्यान्ड टेक्नोलोजीको प्रयोग गर्छ। यो एयरट्याग एउटाको २९ डलर (३५ सय रुपैयाँ जति) र चार वटाको ९९ डलर तोकिएको छ।

यो कुनै नयाँ कुरा भने होइन। सामसुङ, सोनी र टाइलले पनि लोकेसन ट्रयाकर बजारमा ल्याइसकेका छन्।

एन्ड्रोइड फोन छ भने प्लेस्टोरमा जिमेल साइन भएको भए त्यही इमेलमा लग इन गरेर गुगलमा where is my phone टाइप गर्दा पनि फोन कता छ लोकेसन देखाइदिने गर्छ।

२) एम १ चिपसहितको नयाँ आइम्याक

https://www.mysansar.com/wp-content/uploads/2021/04/large.mp4

यसपालि एप्पलले घोषणा गरेको आइम्याकमा एम १ नामको नयाँ चिप मात्र छैन, यो चिपकै कारण ठाउँ सानो भए हुने भएर डिजाइन पनि नयाँ गरिएको छ। यो आइम्याक एकदम पातलो देखिन्छ।

आइम्याक अब २४ इन्चको स्क्रिनसहितको हुनेछ। त्यसमा ४.५ के डिस्प्ले हुनेछ ११.३ मिलियन पिक्सेलको। यस पटक आइम्याकको क्यामेरामा पनि सुधार गरेको छ आइम्याकले।

आइम्याकको मूल्य १ हजार २९९ डलरदेखि सुरु हुनेछ।

३) आइप्याड प्रो

एप्पलले आफ्नो आइप्याडमा पनि यो पटक ठूलो परिवर्तन गरेको छ। एम १ चिपसहितको आइप्याड प्रोको १२.९ इञ्चको संस्करणमा लिक्विड रेटिना एक्सडिआर डिस्प्ले राखिएको छ। १० हजार भन्दा बढी मिनी एलइडीसहितको स्क्रिनका कारण हाइ ब्राइटनेस सम्भव भएको कम्पनीको दावी छ। ११ इञ्चको संस्करणमा भने लिक्विड रेटिना डिस्प्ले राखिएको छ। एक्सेसरिजमा म्याजिक किबोर्ड र एप्पल पेन्सिल पनि रहेको छ।

 

४) अन्य उत्पादन

एप्पलले मंगलबार घोषणा गरेका अन्य उत्पादनहरुमा आइफोन १२ को बैजनी रङ्गको संस्करण, आइम्याकको कीबोर्डमा फिङ्गरप्रिन्ट स्क्यानर, ४ के स्ट्रिमिङ गर्न सक्ने एप्पल टिभी र नयाँ रिमोट रहेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme