Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल टेलिकमले कमेडीको नाममा गरेको ‘फट्याइँ’

Posted on April 20, 2021 by Salokya

नेपाल टेलिकमको फेसबुक पेजमा हिजो एउटा यस्तो सामग्री पोस्ट गरियो। झण्डै पाँच लाख फलोअर्स भएको पेजमा लेखिएको विवरण सर्वसाधारण उपभोक्तालाई झुक्याउने किसिमको छ। स्पष्ट शब्दमा आफ्नो सेवा र शुल्कबारे उल्लेखै नगरी झुक्याएर रकम धुत्‍ने पारा देखिनु उचित होइन।

पेजमा लेखिएको थियो- ‘Nepal Telecom ले Voyager IT Pvt Limited संगको सहकार्यमा बिभिन्न किसिमका हाँस्यब्यङ्ग्यको Online Platform को सुरुवात गरेको छ। तपाईंहरु यसलाई अवश्य मन पराउनुहुनेछ।’

अगाडि लेखिएको थियो, ‘यसको मजा लिन कृपया फलानो लिन्कलाई क्लिक गर्नुहोस् वा…’

के रहेछ भनेर मैले त्यो कमेडीघर नामको त्यो वेबसाइटको लिङ्कमा क्लिक गरी हेरेँ। स्ट्यान्ड अप कमेडीका भिडियोहरु रहेछ। क्लिक गर्दा खुलेन, यस्तो देखायो-

त्यसमा टेलिकमको मोबाइल नम्बर हालेपछि मात्र अघि बढ्न सकिने रहेछ। मोबाइल नम्बर हाल्दा यस्तो देखियो-

यो त पैसा तिर्नुपर्ने अर्थात् सशुल्क सेवा पो रहेछ। तर फट्याइँ हेर्नुस् त- फेसबुकमा विज्ञापन गर्दा सशुल्क सेवा हो कि निःशुल्क सेवा हो खुलाएकै छैन।

अझ वेबसाइटमा फोन नम्बर हालेर हेर्दासमेत त्यसमा कति पैसा काटिने हो भनेर सूचना दिइएको छैन। अझ अचम्म त यहाँ अटोरिन्युअल हुने पनि बनाइएको रहेछ। अर्थात् एक पटक पैसा तिरेपछि निश्चित समयमा आफै शुल्क काटिँदै जाने, यो सेवा लिइराख्ने हो कि होइन भनेर समेत नसोध्ने।

यो सेवा लिए वापत कति रकम काटिने हो? करसहितको रकम कति हो, कर बिनाको रकम कति हो? यो सेवा लिएपछि भिडियो हेर्दा डेटाको शुल्क पनि काटिने हो कि होइन? खोई त यस्ता प्रश्नको जवाफ।

अनि टेलिकमले कुन चाहिँ संस्थासँगको कस्तो फाइदा हुने गरी सहकार्यमा यो सेवा ल्याएको हो? सर्वसाधारणको समेत सेयर रहेको सरकारको धेरै लगानी भएको यो कम्पनीले सार्वजनिक रुपमा भन्नु पर्छ कि पर्दैन ?

टेलिकमले हचुवामा रहर गरेर ल्याएका सेवाहरु डुबेको प्रशस्त उदाहरण छन्। धेरै भएको छैन टेलिकमले फेसबुकलाई चुनौति दिने भन्दै आफ्नै सामाजिक सञ्जाल ‘मिट’ लञ्च गरेको।

तत्कालीन सञ्चारमन्त्री शेरधन राईले सार्वजनिक गरेको यो सामाजिक सञ्जाल ‘मिट’ बनाउन टेलिकमले १० करोड रुपैयाँ खर्च गरेको समाचार आएका थिए।

अहिले कहाँ छ यो मिट ? १० करोड रुपैयाँ खर्च गरेर वाहियात काम किन गरेको भनेर कसैले प्रश्न उठाएनन्। न सेयरधनीले, न प्रयोगकर्ताले, न सरकारले, न सञ्चारमाध्यमले।

कमेडीको एउटा रियालिटी शो नै भइरहेको छ। युट्युबमा स्टयान्ड अप कमेडी प्रशस्त हेर्न पाइन्छ। कुनै एक्सक्लुसिभ भिडियो कन्टेन्टहरु राखेर पेमेन्ट र स्ट्रिमिङका लागि टेलिकमको गेटवे प्रयोग गरेको भए पनि एउटा कुरा। हैन, यस्तो उट्पट्याङ कुरा गर्न टेलिकमलाई कसले उकास्छ हँ?

टेलिकम अपरेटरबारे गुनासो कता गर्ने?

यही मेसोमा नेपालका टेलिकम अपरेटरहरु बारे कुनै गुनासो भए कता उजुरी गर्ने भनेर अन्यौलमा हुनुहुन्छ भने यो लिङ्कमा क्लिक गर्नुहोला। यो नेपाल दूरसञ्चार प्राधिकरणको उजुरी दर्ता गर्ने ठाउँ हो। यसमा टेलिकम अपरेटरहरु, इन्टरनेट सेवा प्रदायकहरुको बारेमा उजुरी गर्न सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme