Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकको के लिक भएको हो? यसले मलाई के असर पार्छ? जान्नै पर्ने ७ तथ्य

Posted on April 5, 2021 by Salokya

हिजोदेखि अन्तर्राष्ट्रिय मिडियामा फेसबुकको चर्चा छ। ५० करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताहरुको नाम र फोन नम्बरसहितको विवरण ह्याकरले अनलाइनमा राखिदिएको खबरले प्रविधि जगतमा हङ्गामा मच्चिएको छ।

खासमा यो भएको के हो ? यसले तपाईँलाई के असर पर्छ ? जान्नै पर्ने सात तथ्य यहाँ समेटेको छु।

१) फेसबुकको के भएको हो?

लोकप्रिय सामाजिक सञ्जालको साइट फेसबुकका ५३ करोड प्रयोगकर्ताका व्यक्तिगत विवरण शनिबार कसैले अनलाइनमा निःशुल्क राखिदिए। यसैलाई फेसबुकको मास डेटा लिक भनिएको हो।

२) के के डेटा छ त्यसमा ?

लिक भएको डेटा हेरेकाहरुले विभिन्न मिडियामा दिएको जानकारी अनुसार त्यसमा प्रयोगकर्ताहरुको नाम, फोन नम्बर, जन्म मिति, इमेल ठेगाना, वैवाहिक स्थिति आदि जानकारीहरु समेटिएका छन्।

३) क-कसको यसरी लिक भयो?

फेसबुकका सिइओ मार्क जुकरवर्गको समेत नाम र फोन नम्बर लिक भएको डेटामा रहेको चर्चा छ। आफ्नै डेटा त सुरक्षित नभएकोले अरु प्रयोगकर्ताको डेटा के भयो होला र?

Mark Zuckerberg’s own data is in the Facebook leak. His Facebook ID number is 4.

— @mikko (@mikko) April 4, 2021

जुकरबर्गको युजर आइडी ४ रहेको, ० देखि ३ सम्म कोही नरहेको ट्विटर प्रयोगकर्ताले खुलासा गरेका छन्।

४) मेरो पनि लिक भएको छ कि ?

तपाईँ नेपालमा बस्नुहुन्छ भने ढुक्क हुनुस्। सय भन्दाा बढी देशका प्रयोगकर्ताहरुको विवरण लिक भएको छ,भाग्यवश त्यसमा नेपालको नाम भने रहेको छैन। तर भारत, बंगलादेश, चीन, माल्दिभ्सका प्रयोगकर्ताहरुको पनि लिक भएका छन्।

A list of how many people per country who are affected by this hack:
Australia – 7.3 million
Canada – 3.5 million
France – 19.8 million
The UK – 11.5 million
The USA – 32.3 million

The scale of this hack is unprecedented!#FacebookHack #FacebookLeak #Leaked #DataBreach #InfoSec pic.twitter.com/C5HrZAiolo

— Bogan bintAlAustrali (@ummlater) April 4, 2021

लोकेसन नेपाल राखेर दर्ता गरिएका फेसबुक खाताहरुको विवरण लिक नभएको भए पनि नेपालीहरु धेरै बस्ने देशहरु अमेरिका, अस्ट्रेलिया आदि देश राखेर खोलिएका नेपालीहरुको विवरण भने सार्वजनिक भएको हुनसक्छ।

५) पासवर्डै ह्याक भएको हो?

होइन। फेसबुक प्रयोगकर्ताहरुको पासवर्ड ह्याक भएर अरुले नै लग इन गरी त्यसमा आफ्नो नियन्त्रण जमाउन सक्ने खालको लिक भएको होइन यो। तर तपाईँले लग इन गरेपछि मात्र हेर्न सकिने खालका विवरणहरु- नाम,जन्ममिति, फोन नम्बर जस्ता विवरणहरु सार्वजनिक भएका हुन्। यसको अवैध प्रयोग गरेर तपाईँलाई अप्ठेरो पार्ने काम भने हुनसक्ने जोखिम छ।

६) मेरो कतै लिक भएको छ कि, कसरी हेर्ने ?

एउटा राम्रो सेवा इन्टरनेटमा अहिले निःशुल्क पाइन्छ। तपाईँको इमेल ठेगाना वा त्यसमा भएका पासवर्डहरु कतै लिक भएका छन् कि छैनन् भनी यसमा हेर्न सकिन्छ। यसले अहिले भर्खर लिक भएको फेसबुक लिकलाई पनि संलग्न गरिसकेको छ। haveibeenpwned.com यो लिङ्कमा गएर तपाईँले आफ्नो इमेल राख्नुभयो भने लिक भएको/नभएको देखाउँछ। तर यो लिक फेसबुकसँग मात्र सम्बन्धित हुँदैन। अरु कुनै बेला लिक भएका डेटा पनि हुनसक्छन्।

७) फेसबुक के भन्छ त?

फेसबुकका प्रवक्ता एन्डी स्टोनले सिएनएनसित कुरा गर्दै यो पोहोर नै रिपोर्ट भइसकेको पुरानो डेटा रहेको दावी गरेका छन्। उनले अगस्त २०१९ मा नै यो कुरा भेट्टाएर फिक्स गरिसकेको बताएका छन्। तर पुरानै भए पनि प्रयोगकर्ताको संवेदनशील तथ्याङ्क यसमा रहेको  नकार्न सकिन्न।

 

2 thoughts on “फेसबुकको के लिक भएको हो? यसले मलाई के असर पार्छ? जान्नै पर्ने ७ तथ्य”

  1. NAVIN RAYAMAJHI says:
    April 8, 2021 at 6:09 am

    यदी त्यस्तो इमेल लिक भएको छ भने के गर्ने? त्यसको पनि उपाय पाए हुन्थ्यो.

    Reply
    1. Salokya says:
      April 8, 2021 at 9:47 am

      पासवर्ड बलियो खालको राखेर चेन्ज गर्ने !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme