Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी ६ फोटोमध्ये कुनले जित्ला वर्ल्ड प्रेस फोटो अफ दि इयरको अवार्ड ?

Posted on March 10, 2021March 10, 2021 by Salokya

विश्वका फोटो पत्रकारहरुको लागि एउटा प्रतिष्ठित फोटो अवार्ड छ- वर्ल्ड प्रेस फोटो अवार्ड। विभिन्न विधाका अवार्ड कसले पाउने भन्ने घोषणा हुन बाँकी छ। तर आज मनोनयनमा परेका फोटोहरु सार्वजनिक भएको छ। यो अवार्डमा अहिलेसम्म नेपाली फोटो पत्रकारहरुको कुनै फोटो मनोनयनमा पर्न सकेको छैन। तर यस पटकको जुरीमा भने जुरी चेयरका रुपमा नेपालकी नयनतारा गुरुङ कक्षपति थिइन्। हेरौँ वर्ल्ड प्रेस फोटो अफ दि इयरका लागि मनोनयनमा परेका ६ फोटो। यो मध्ये एउटा फोटो वर्षको उत्कृष्ट फोटो छानिने छ। विजेताले पाँच हजार युरो पुरस्कार पाउनेछ।


Lincoln Emancipation Memorial Debate © Evelyn Hockstein, United States

फोटो अमेरिकाको हो। अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा रहेको लिङ्कन पार्कमा इम्यानसिपेसन मेमोरियल हटाउनु पर्छ भनेर राख्नुपर्छ भन्ने दायाँका मान्छेसित बहस गर्दै एक २६ वर्षकी महिला।

यो स्मारकमा लिङ्कनको एउटा हात घोषणापत्रमा र अर्को हात अश्वेत पुरुषको टाउकोमा देखिन्छ। अश्वेत पुरुष घुँडा टेकेर बसेको देखिन्छ। अश्वेत अमेरिकीको अपमान हुने ठान्छन् आलोचकहरु यो स्मारक। समर्थकहरु भने इतिहास प्रतिबिम्बित गर्ने हुनाले यसलाई हटाउन नहुने ठान्छन्।

Leaving Home in Nagorno-Karabakh © Valery Melnikov, Russia, Sputnik

एक दम्पति लाचिन स्थित आफ्नो घर छाडेर जानुअघि। दोस्रो नागोर्नो काराबाख युद्धपछि अजरबैजानको नियन्त्रणमा जाने ठाउँहरुबाट धेरै आर्मेनियनहरुले थातथलो छाडेर गए। गएको २९ नोभेम्बरमा आर्मेनियाले छाडेका तीन जिल्लामध्ये लाचिन अन्तिम जिल्ला थियो।

अजरबैजान र आर्मेनियाबीच विवादित नागोर्नो काराबाख क्षेत्रका लागि द्वन्द्व ३० वर्षपछि सेप्टेम्बरमा सुरु भयो। सन् ८० को दशकमा सोभियत संघ पतन हुँदै गर्दा देखिएको पावर भ्याकुमको फाइदा उठाउँदै अजरबैजानको इलाका रहेको नागोर्नो काराबाखका आर्मेनियाली मूलका व्यक्तिहरुले आर्मेनियामा रहने मत जाहेर गरे। सोभियत संघ सन् १९९१ मा विघटन हुँदा युद्ध चर्कियो र सन् १९९४ मा युद्धविराम भयो। २० हजारभन्दा बढीको मृत्यु भयो र १० लाख जतिले घरबाटर छाड्नु पर्‍यो। विजयी भएका आर्मेनियालीहरुले स्वतन्त्र राज्यको घोषणा गरे जसका कारण ८ लाख जति अजरबैजानीहरु निर्वासनमा रहन पर्‍यो।

यी बीचमा ३० वर्षमा नागोर्नो काराबाखको समस्या समाधान गर्ने बारे कुनै ठोस कदम चालिएन। दुई पक्षबीच समय समयमा सैनिक झडप जारी रह्यो। जुलाई २०२० मा भएको सीमा झडपले अजरबैजानको राजधानी बाकुमा ठूलो प्रदर्शन निम्त्यायो। हजारौँ प्रदर्शनकारीहरुले आर्मेनिया विरुद्ध युद्धको माग गरे। यसैबीच २७ सेप्टेम्बरमा दोस्रो नागोर्नो काराबाख युद्ध सुरु भयो। रुसको मध्यस्थतामा अजरबैजानले ९० को दशकमा गुमाएको क्षेत्र हासिल गर्‍यो। तर क्षेत्रीय राजधानी स्टेपानाकेर्ट चाहिँ आर्मेनियाली नियन्त्रणमा रह्यो। युद्ध सकिए पनि दुवै पक्षलाई गाह्रो छ- आर्मेनियालीहरुले आफ्नो गृहभूमि गुमेको महसूस गरिरहेका छन् भने अजरबैजानीहरु युद्धले क्षतिग्रस्त क्षेत्रमा फर्कँदै छन्।

The First Embrace © Mads Nissen, Denmark, Politiken/Panos Pictures

यो वर्ष कोभिड-१९ ले सतायो। यो फोटो यसैसँग सम्बन्धित हो। ब्राजिलको यो फोटोमा ८५ वर्षीया एक वृद्धालाई नर्सले अङ्गालो हालेकी छिन्। पाँच महिनामा पहिलो पटक उनले कसैको अङ्गालो पाएकी थिइन्।

कोभिडका कारण ब्राजिलका केयर होमहरुले आगन्तुकहरुलाई प्रवेश निषेध गरेका थिए। यही क्रममा हग कर्टेन बनाएर केयर सेन्टरमा काम गर्नेहरुलाई अङ्गालो हाल्न भनिएको थियो।

The Transition: Ignat © Oleg Ponomarev, Russia

रुसको सेन्ट पिटर्सबर्गमा एक ट्रान्सजेन्डर पुरुष इग्नात आफ्नी गर्लफ्रेन्ड मारियासित।

जुलाई २०२० मा रुसी संविधानमा गरिएको संशोधनले विवाह पुरुष र महिलाबीच मात्र हुने र अर्को विकल्प उपलब्ध नहुने व्यवस्था छ। यसअघि रुसी कानुन अनुसार ट्रान्सजेन्डरहरुले कानुनी रुपमा आफ्नो लिङ्ग परिवर्तन गर्न सक्थे। तर संशोधनले कुनै पनि व्यक्तिले आफ्नो जन्म प्रमाणपत्रमा रहेको लिङ्ग परिवर्तन गर्न नमिल्ने बनाएको छ।

Fighting Locust Invasion in East Africa © Luis Tato, Spain

 

यो फोटो केन्याको हो। कोरोना भाइरसका कारण अस्तव्यस्त अफ्रिकामा सलहको आक्रमणले हैरानी थपिएको थियो।

Injured Man After Port Explosion in Beirut © Lorenzo Tugnoli, Italy, Contrasto for The Washington Post

अगस्त ४ का दिन लेबनानको राजधानी बेरुतमा साँझ करिब ६ बजेतिर ठूलो विस्फोट भएको थयो। समुद्र छेउको एउटा गोदाममा राखिएको विस्फोटक पदार्थ पड्किएर विस्फोट हुँदा ३.३ रिक्टर स्केलको कम्पन भएको थियो। त्यो गोदामको एक किलोमिटर वरपर १ लाख जति मान्छे बस्थे। विस्फोटमा ६ हजार घरमा क्षति भयो भने कम्तिमा १९० जनाको मृत्यु भयो। यो फोटोमा एक घाइते देखिन्छन्।

माथिका ६ मध्ये एउटा फोटो १५ अप्रिलमा वर्ल्ड प्रेस फोटो अफ दि इयर घोषणा हुनेछ।

4 thoughts on “यी ६ फोटोमध्ये कुनले जित्ला वर्ल्ड प्रेस फोटो अफ दि इयरको अवार्ड ?”

  1. Pingback: यो फोटोले जित्यो यो वर्षको सर्वोत्कृष्ट फोटोको अवार्ड « Mysansar
  2. yam says:
    March 15, 2021 at 11:40 am

    ब्राजिलको फोटो धेरै मार्मिक लाग्यो तेसैले तेश्रो नम्बर को फोटोले पाउनु पर्ने

    Reply
  3. prabhat says:
    March 11, 2021 at 8:05 am

    मलाई त ब्रजिल को फोटोअलिबधि राम्रो लाग्यो।

    Reply
  4. विवेक says:
    March 10, 2021 at 11:01 pm

    मेरो विचारमा दोश्रो फोटोले पाउनु पर्ने तर अहिलेको संदर्भमा तेश्रोले पाउला की जस्तो लाग्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme