Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खोप लगाउन मिल्छ कि मिल्दैन? २२ प्रश्नमा डाक्टरको जवाफ

Posted on March 8, 2021 by Salokya

अहिले नेपालमा ६५ वर्षभन्दा माथिको उमेर समूहका लागि दोस्रो चरणको खोप अभियान जारी छ। तर कस्ता व्यक्तिले खोप लगाउन हुने, कस्ताले नहुने भन्नेमा अन्यौल धेरैमा छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले आफ्नो फेसबुकमा  खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र आफ्नो जवाफ २२ बूँदामा लेखेका छन्।

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
– ढुक्क भएर लगाउन मिल्छ

२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।

३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
– लगाउन मिल्छ ।

४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
– सकिन्छ ।

५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।

६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
– मिल्छ ।

७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।

८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।

९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
– निर्धक्क खोप लगाउने ।

१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
– लगाउने ।

११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?

– मिल्छ ।

१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।

१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
– लगाउन जरुरी छ ।

१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
– खोप लगाउने ।

१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
– लगाउनुपर्छ ।

१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।

१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।

१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
– मिल्छ ।

१९. मैले डायलाइस गर्दै छु, के गरौं?
– खोप लगाउने ।

२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
– लगाउने ।

२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहा मा ।

२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु, लगाउन मिल्छ ?
– लगाउन मिल्छ ।

सम्बन्धित ब्लग

नेपाल आइपुगेको खोप : के हो, कस्तो हो- बुझ्‍न सजिलो पार्ने १५ तथ्य

2 thoughts on “खोप लगाउन मिल्छ कि मिल्दैन? २२ प्रश्नमा डाक्टरको जवाफ”

  1. Prakash says:
    March 9, 2021 at 4:12 pm

    रश्मी, तपॅाईलाई त कोभिडको खोप लगाउन झनै आवश्यक छ।

    Reply
  2. Rashmi says:
    March 9, 2021 at 11:16 am

    केही बर्ष देखी दमको औषधी (खाने + तान्ने) निएमित छ। उमेर ७५ आसपास के गर्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme