Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिसाब बिग्रने नेकपाको दुई समूहका सांसदको हिसाब

Posted on March 6, 2021 by Salokya
प्रतिनिधि सभा बैठकको फाइल फोटो

प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले ब्युँताइदिएपछिको राजनीति अझै अन्यौलमै छ। को सांसद कुन पक्षमा भन्ने कुरा नै खुलिसकेको छैन। हिसाब प्रष्ट नखुलेका कारण यही सरकार जारी रहने हो कि नयाँ सरकार बन्ने हो भन्ने पनि अस्पष्ट नै छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भोलि आइतबार प्रतिनिधि सभाको बैठक बसिसक्ने भए पनि अहिलेसम्म केही निर्णय गर्न सकेको छैन।

नेकपाका दुई समूहले छुट्टाछुट्टै डाकेको संसदीय दलको बैठकको दावी पनि रोचक छ। दुई समूहको दावीको हिसाब गर्दा हिसाबै बिग्रने स्थिति छ।

कुन समूहमा कति जना भन्ने हिसाब हेरौँ न त एक पटक।

कान्तिपुरमा प्रकाशित यो समाचार अनुसार प्रचण्ड-माधव नेपाल समूहको संसदीय दलको बैठकबाट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएछन् शुक्रबार। त्यसमा राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैका ११५ जना उपस्थित रहेको दावी रहेछ।

प्रधानमन्त्री ओली समर्थकहरुको संसदीय दलको बैठक शनिबार बस्यो।  यो बैठकमा पनि ११५ जनाकै उपस्थिति रहेको दावी गरिएको समाचार कान्तिपुरमै प्रकाशित छ। 

सोझो हिसाबले ११५ र ११५ जोड्दा कूल २३० हुन आउँछ।

तर प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटासहित १७४ सदस्य र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित ४७ सदस्य गरी कूल २२१ जना मात्रै नेकपाका सदस्य छन्।

त्यसमा पनि प्रतिनिधि सभाका सांसद सानु शिवाको मृत्यु भइसकेकोले २२० जनामात्रै सदस्य हुन्।

भनेपछि दुई तर्फकै दावीलाई पत्याउने हो भने त १० जना हुँदै नभएका सांसद कताबाट ल्याएर थपेका हुन् ? हिसाबै बिग्रने हिसाब भएन त यो?

अझ त्यसमाथि वामदेव गौतम, उनकी पत्नी तुल्सी थापा, लालबाबु पण्डित जस्ता सदस्यहरु कुनै पनि समूहमा खुलेका छैनन्।

तर पनि दुवै पक्षले आफ्नै बहुमत बताएर हिसाबै गडबड बनाए।

1 thought on “हिसाब बिग्रने नेकपाको दुई समूहका सांसदको हिसाब”

  1. जलहरी says:
    March 7, 2021 at 2:08 am

    बिघटनमा सर्बोच्चको फैसला आउन अघिसम्म परराष्ट्र मन्त्रीले संसद पुनर्स्थापना भए प्रधानमन्त्री ओलीले मोरल्ली राजीनामा दिनेछन भनेर खोकेका थिए| खोइ त राजीनामा? न प्रदीप ज्ञवाली सरको आयो न प्रधानमन्त्री हेडसरको|अहिले नेपाली जनतालाई मोरल्ली, सेटिंग, कमफर्टेवल इत्यादि शब्दहरुको अपव्याखा गरेर गुमराहमा अल्झाई राखेको छ| सत्ताको कुर्सीमा सुपरग्लु लाएर टाँसिएका छन भने कोही सत्ता पाउन मरिहत्ते गर्छन| किन? किनभने सत्तामा आएपछी सरकारको ढुकुटीबाट सकेसम्म लुट्न पाईन्छ|यस बेला ओलीले जे गरे नी हुन्छ, जताबाट हाने नी गोल हाल्न सकिन्छ| प्रचन्ड र माधवले विरोध गर्ला भन्ने डर छैन| प्रचन्ड माधवको वहिर्गमन पछि ओली आफ्नो समुहमा सर्वेसर्वा भएका छन| ओली कसैलाई नटेरने साँढे जो उनी पैले नै थिए, अहिले तीखे भएका छन, चिलाएर जुधाउन तयार| सांसदको जोडघटमा उनको सिंग भाँचिने हुन वा अझ तिखारिने हुन, यो नौटंकीको रसास्वादन नेपाली जनताले २३ फागुनमा गर्नेछन|

    प्रम ओलीमा अकस्मात उदघाटन, शिलान्यास गर्ने, सम्बन्धन, ठेकापट्टा दिलाउने, नियुक्ती र आश्वासन दिने र जसलाई जे चाहिए पनि हुन्छ भनेर आफ्नो पक्षमा ल्याउने उर्जा छाएको छ| देशको सर्बोच्च नेता भएको हुनाले त्यही उर्जा 1) देशमा सुशासन ल्याउन, पद्दति बसाल्न र फलो गर्न गराउन २) भ्रष्टचार सही रुपमा न्युन गराउन र निर्मुल पार्दै लैजान ३) रोजगारी सिर्जना गर्न उद्योग धन्धा कल कारखाना ब्यवसाय खोल्न ४) कर्मचारीतन्त्रबाट ट्रेड युनियन हटाउन, ५) सिन्डिकेट बन्देज गर्न ६) सडक सुधार गर्न र लथालिंग भताभुङ राजाधानीलाई सफा र सुब्यवस्थित गर्न नालायक सिद्ध भईसकेका मुस्कानयुक्त मेयरलाई कांधमा लिएर भरथेक गर्नुसट्टा योग्यलाई ल्याएर काम गराउन सकेको भए वाहवाही बटुल्नसक्ने थिए|
    यो नम्बर गेमको जोडघटमा हाल नेकपा दुई समुहका द्वन्दका मेन सुत्रधार वामदेव हुन| अलरेडी फोहोर दुर्गान्धित राजनीतिमा उनले आची थपीदिन पनि सक्छन| जसले गोल गरेर जित्यो उसैको पक्षमा हारेर पनि सांसद भएका वामदेवको भुमिका हुने होला| श्रीमतीले संसदमा समानुपातिक बाट सदस्यता रहेको हुँदाहुँदै पनि किन चाहियो वामदेवलाई सांसद पद? गृहमन्त्री वा प्रधान नै ताकेको होलान तर हेर्दै जाऔ, ओलीले अर्कै पासा फाल्नेछन|नँगाझार भएर बालुवाटार छाडनु पर्ने स्थिती आए बिघटनवादी र बिघटन मौनव्रती सुवासलाई ढाल बनाएर अघि बढन गोटी चाल्न ओली हिच्किचाउने छैनन|मर्ता क्या नही करता? तर यँहा मरने भने देश र देशवासीहरु हुन|ओलीको विघटन निर्णय र सर्बोच्चको फैसलाले सबैभन्दा बढी कसैको भएको जत्ती क्रेडेबिलिटी स्वात्तै माईखोलाको बाढीमा बगाएको छ भने त्यो सुवास नेम्बाङकै हो|
    संसदमा नम्बर गेमले ककसलाई वारीपारी कित्ताकाट गरिदेला त्यो अब छिनाफाना हुनेछ तर अनाहकमा गुमाएको समय फर्केर आउँदैन| हारने भनेको देश र देश वासीले हो|यी सबै नाटक र नौटंकीमा सबैभन्दा ठुलो हार मुलुकले ब्यहोर्न परिरहेको छ| यसका नम्बर वान जिम्मेवार प्रधानमन्त्री हुन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme