Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको ‘फूलबुट्टे सारी’को अभिनय

Posted on February 17, 2021February 17, 2021 by mysansar

-अनुज थापा-

पछिल्लो समय निकै चलेको ‘फूलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको’ गीतका विभिन्न भर्सनहरु बन्दैछन्। पहिला पुरुष आवाजमा रहेको यो गीतको फिमेल भर्सन र चाइल्ड भर्सन सार्वजनिक भयो। हिजो मंगलबार लेजेन्डरी भर्सन सार्वजनिक भयो जसमा आवाज मदनकृष्ण श्रेष्ठको छ। राजेश पुमा राईले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठलाई मिथिला शर्माले साथ दिएकी छिन्। यसका दृश्यहरु यस्ता छन्-

दृश्य १
मदनकृष्ण श्रेष्ठ – बिहान पत्रिका पढ्नुहुन्छ ।
मिथिला शर्मा – उहाँलाई चिया बनाउनुहुन्छ ।

दृश्य २
मदनकृष्ण श्रेष्ठ – कौशीमा बसेर रेडियो सुन्नुहन्छ।
मिथिला शर्मा – उहाँलाई चिया लगिदिनुहुन्छ।

दृश्य ३
मदनकृष्ण श्रेष्ठ – कोठामा म्याग्जिन पढ्नुहुन्छ ।
मिथिला शर्मा – उहाँलाई तेल मालिस गर्नुहुन्छ ।

दृश्य ४
मदनकृष्ण श्रेष्ठ – लेखपढ गर्नुहुन्छ।
मिथिला शर्मा – उहाँलाई पानी लगिदिनुहुन्छ ।

दृश्य ५
मदनकृष्ण श्रेष्ठ – अफिस जाने तयारी गर्नुहुन्छ ।
मिथिला शर्मा – उहाँलाई कोट लगाइदिनुहुन्छ ।

दृश्य ६
मदनकृष्ण श्रेष्ठ – अफिसबाट फर्किनुहुन्छ ।
मिथिला शर्मा – उहाँलाई छाता लिएर लिन जानुहुन्छ ।

कति सजिलै देखाइएको छ, पुरुष र महिलाबीचको ‘समानता’ । पुरुष र महिलाको कामको वर्गीकरण।

मदनकृष्ण श्रेष्ठ , मिथिला शर्माजस्ता वरिष्ठ कलाकारहरु पनि लैंगिक समानताको कुरामा सचेत नभएको देख्दा उदेक लाग्छ। उहाँहरुले खेलेका भिडियोले जनमानसमा ठूलो प्रभाव परिरहेको हुन्छ ।

भिडियोमा स्पष्ट रुपमै देखाइएको छ पुरुष र महिलाको कामको वर्गीकरण। महिलाको काम के हो र पुरुषको काम के हो? उहाँहरुले यस्तो सन्देश दिने भिडियो नखेले हुन्थ्यो या निर्देशकलाई कथा परिवर्तन गर्न सुझाव दिन सक्नुहुन्थ्यो। तर अहँ, उहाँहरुले त्यो गर्न किन उचित ठान्नुभएन, त्यो उहाँहरुले जान्नुहोस्।

अहिले संसारभरिनै लैंगिक समानता मामलामा समाजका प्रबुद्ध व्यक्तिहरु विचार पुऱ्याएर बोल्छन् र आफ्नो काममा, चाहे त्यो व्यवसायिक होस् वा व्यक्तिगत, एकदम ध्यान दिन्छन्।

पूर्वीय समाजमा आफूभन्दा ठूलाबडाले गरेका कुरालाई हत्तपत्त मानिसहरु सार्वजनिक रुपमा टिकाटिप्पणी गर्दैनन्, त्यही भएरै होला सिनियरहरुले जे गरेपनि हुन्छ भन्ने मानसिकता हावी भएको।

यदि यस्तो लैंगिक असमानता देखाइएको भिडियो अमेरिका वा अन्य देशमा बनाएको र मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा जत्तिकै हाइट भएको व्यक्तिहरुले खलेका भए, उहाँहरुले सार्वजनिक रुपमा माफी नमागी सुख नै हुन्नथ्यो।

तर विडम्बना हाम्रो मुलकमा समाजमा प्रतिष्ठित व्यक्तिहरुले गरेको कुरामा क्रिटिकल्ली न समाजले बोल्छ, न मूलधारे मिडियाले लेख्छ।

26 thoughts on “मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको ‘फूलबुट्टे सारी’को अभिनय”

  1. सन्तोष says:
    February 20, 2021 at 4:18 pm

    बरु गीतमा मदनकृष्ण श्रेष्ठले शब्द उच्चारण गलत गरेकोलाई औंल्याईदिएको भए हुन्थ्यो । सुरुमा ‘सपक्क पारी’ भन्नुपर्नेमा ‘सपक्कै पारी’ भनेका छन्, त्यसपछि फेरि ‘सपक्क पारी’ नै भनेका छन् । ६ दशकअघिजस्तो एकपटक रेकर्ड गरेपछि मिलाउन नमिल्ने हैन; मदनकृष्णलाई फेरि गाउन गाह्रो भए वा पछिमात्र थाहा पाए पनि अर्को ठाउँमा बोलेको सही शब्द ल्याएर त्यहाँ राख्न सकिन्थ्यो ।

    Reply
  2. सन्तोष says:
    February 20, 2021 at 4:11 pm

    टिप्पणीकार अनुज थापा जी ले खोजेको गीत चाहिँ : ‘चर्चित बाँचुञ्जेलीलाई गीत मा रामकष्ण ढकालले झरना बज्राचार्यलाई वाईन अफर गरेको जस्तो https://youtu.be/atRYuQBfnqw होला । समाज मा सबै एकै प्रकृति, रहनसहनका मानिस बस्दैनन। भिडियो निर्देशकले कूनै एक चलनलाई उठाउने हुन् । पश्चिमी संस्कृति देखाए चाहिँ सही हुने सोंच हो कि उहाँके!!?

    Reply
  3. Pratik says:
    February 19, 2021 at 12:14 pm

    Majority of comments on this section is reflective of typical Nepalese stubborn mentality.

    The author of this article has brilliantly raised the question of deep routed patriarchal society, where man is the boss and woman is almost like a care giver.

    The popularity of a material doesn’t change anything.

    On this music, wife is portrayed as a secretary or a domestic staff. The world has changed so our society must change too.

    This criticism from the author is very pertinent cause the actor on the video is true legend Madan Krishna Shrestha who is not only an artist but someone people look up to as an example.

    Reply
  4. Anjeev Kumar Nepal says:
    February 19, 2021 at 11:17 am

    नयाँ पुस्ताका गायक गायिकाहरु पुराना गायक गायिकाको चर्चित गितहरु cover song भन्दै गाउँछन् भलै कति पय गित नयाँले गाउँदा पुरानो original मा जत्तिको आत्मिक connection नभए पनि वाह वाह लुट्दै चर्चित हुन्छन् / नयाँ पुस्ताले गाको चर्चित गीत पुरानाले पनि गाएर cover song निकाल्दा भिन्दै स्वाद र मिठास पाउन सकिन्छ भन्ने उदाहरण यस गितमा देखिन्छ / सत्तरी पचहत्तर वर्ष उमेर त्या माथि पार्किन्सन्को पिडा सहेर गाउँदा पनि original मा भन्दा कत्ति पनि मिठासमा कमि देखिन्न / शायद मलाई मात्र हैन अरुलाई पनि यस्तै feel भएर होला यो गित दुई दिनमा 1.3 M view भएछ यसमा 1000 त मेरै हुन लागि सक्यो

    Reply
  5. Shyam Kumar Shrestha says:
    February 19, 2021 at 12:10 am

    Two days 1.2 million views

    Music video is perfect as per our daily life. Expectations could be different but video shows the reality

    Do not be over smart

    Reply
  6. Saurav says:
    February 18, 2021 at 9:21 pm

    Very Pathetic article. The writer completely missed the message of love and the non-existent issue the writer is trying to raise is so irrelevant.

    Reply
  7. Shanobhai Rai says:
    February 18, 2021 at 2:27 pm

    काम यसले गर्ने र त्यसले नगर्ने भनेर बस्यो भने घरको काम कसले गरि दिने त भोकै बस्नु पर्यो कि त केहि नखाई जो फुर्सद छ जसको बाहिर काम छैन अनि उसले घरको काम नगरेर अरु कसले गरि दिन्छ त ? Mysansar को regular viewer १५/१६ वर्ष देखिको आजको यो लेख चै अलि चित्त बुझेन मलाई पनि साच्चिकै भन्ने हो भने काम कुनै ठुलो सानो हुदैन घुम्ने कुर्सीमा बसेर गरे पनि टोइलेट बाथरुम सफाई गरे पनि काम त काम नै हो नि !!

    Reply
  8. Puru says:
    February 18, 2021 at 11:56 am

    ma bigat 5/7 barsa dekhi mysansar ko regular pathak ho.. biasless kura rakhnuhunxa ramro lagxa.. first time ali chitta nabujhera comment gardaixu. j kura pani negative way bata heryo vane negative nai dekhincha. ghar ko kam garne(housewife) lai chai naramro vanna khojeko dekhiyo.. kam sabai saman hunxa. ani husband/wife ko help garnulai naramro vanna mildaina.. j kura ma pani bias dekhna thalesi sansar ma kei pani baki hunnan.. baki kura aafai manan garnuhola

    Reply
  9. Neprikan says:
    February 18, 2021 at 11:49 am

    well said friend, यो सालोक्य र उसका भक्तहरू बाट यस्तै nagetive संकीर्ण सोच भन्दा अरु के नै आशा गर्न सकिन्छ र ….

    Reply
  10. Nitesh says:
    February 18, 2021 at 8:03 am

    kei technical error raichan ki bhanera link kholeko but jabarjasti negative kura gareko jasto lagyo.. movie, music video esma ta j pani huna sakchan.. tyo age ko generation ma jasto cha testo nai dekhaiyeko ho love dekhayeko ho.. arko patak lekhda esto shortcut hisab le lekhna nakhojnus ra ali research garera lekhne prayas garnus shubhakamana

    Reply
  11. Purna says:
    February 17, 2021 at 10:14 pm

    हरेक कुरामा प्रायः सकारात्मक र नकारात्मक पक्ष होलान। आ-आफ्नो बिचार हो।
    नेपालको परिबेशमा एउटा पाको दम्पति को दिनचर्या धेरै सुहाउदो छ।
    कृतिकल्ली वाहियात लेख।?? यस्तै गर तिमीहरु भनेर सामाजिक सन्देश त पक्कै दिएको छैन है।

    Reply
  12. Purna says:
    February 17, 2021 at 10:00 pm

    हरेक कुरामा प्रायः सकारात्मक र नकारात्मक पक्ष होलान। आ-आफ्नो बिचार हो।
    नेपालको परिबेशमा एउटा पाको दम्पति को दिनचर्या धेरै सुहाउदो छ।
    कृतिकल्ली वाहियात लेख।??

    Reply
  13. Arjun subba says:
    February 17, 2021 at 9:51 pm

    dherai kehi bhannu xaina tara arulai galat dekhayera aafu charchama aauna khojne chilauneko pat thukka dhikkar xa tero juni lai

    Reply
  14. bibek dhakal says:
    February 17, 2021 at 9:50 pm

    संकीर्ण सोचेको पराकस्ठा । सामान्य भन्दा सामान्य कुरालाइ पनि फेमिनिजम को चस्मा बाट हेरेर पोलिटिसाइज गर्ने प्रयास। छोटकरी मा भन्दा : दु:खी आत्मा

    Reply
  15. बिरु योन्जन says:
    February 17, 2021 at 9:32 pm

    यो सीमित आईस्योस खाईस्योसवालाहरुको चल्दैआएको फुलबुट्टे कथित उच्च संस्कार हो| नेपालीले आदर्श मानेका मदनकृष्णबाट पर्दामा पनि यस्तो नहुन पर्ने थियो| यद्यपि कति प्रतिशत नेपालीलाई यस्तो आउटडेटेड र रुढीवादी कुसंसकार फलो गर्ने मानसिकता र ट्याम होला? हिज जस्तो मात्र लाग्छ ज्ञाने राजा हुँदा कसरी रानीलाई आफ्नो जुत्ता लाएको खुट्टामा लज्जाजनक रुपमा ढोग गराएर मख्ख परेको फोटो सार्वजनिक गरिएको थियो? त्यसबेला कुन दुलोमा लुकेका थिए नारीवादी र सुधारवादीहरु? चुईक्क बोलेननन|
    गोडा धुएको पानी खाने र स्वस्थानी सुनेर पति पुरुष परमेश्वर मान्न परने जमाना अब गयो| तर लभ र वारमा चाँही जे पनि सही, दैनिक जीवनमा होइन| हाम्रा आदरणीय मदनकृष्णले सच्याउनुहुनेछ|

    Reply
  16. Milan says:
    February 17, 2021 at 8:17 pm

    I actually liked it. Why do you expect young kids kissing each other’s in the music videos?
    Besides video, I liked the most Madan dai’s voice in the singing this song.

    Reply
  17. Dev says:
    February 17, 2021 at 7:44 pm

    Well said, Salokya Ji! As always, your post has the highest standard.

    Reply
  18. Pratik says:
    February 17, 2021 at 7:00 pm

    Thank you for your observation. This is what exactly I thought.

    This is not just a music video, this is a music video of Madan Krishna Shrestha, a legend and example to many people.

    Reply
  19. Raj says:
    February 17, 2021 at 4:56 pm

    Very well written! Totally agreed!
    But most of people from Nepal are too stupid to understand this level of thinking and mutual respect among genders. They keep on hiding behind the curtains of so called tradition and rituals.
    The video is very clearly patronizing towards the role of the women. I understand that its art and there is also the freedom of creativity but still the video tries to impose a role to the women.
    If you don’t see anything wrong in the video, you still believe that the men are superior than women.

    Reply
  20. रविना says:
    February 17, 2021 at 4:52 pm

    पुरुष मानसिकताका लाई त राम्रै लाग्छ नि
    अझ खुट्टा ढोगेर पानी खाएको पनि राखे त झन् आहा हुन्थ्यो होला हगि 😛

    Reply
  21. Aakash says:
    February 17, 2021 at 3:55 pm

    Yo video ma negative comment garnu parne kunai karan chaina. Video is ek dum perfect.

    Reply
  22. Dev Bataju says:
    February 17, 2021 at 3:03 pm

    Dear writer,
    You completely missed out the love, and cultural aspect of the country it is referring too. At the end of the day, whether it east or west, happiness matters. The couple looks flourished with love and happiness.

    Reply
  23. arjun says:
    February 17, 2021 at 2:46 pm

    Totally agreed

    Reply
  24. depp says:
    February 17, 2021 at 2:27 pm

    दाजु लाई पनि ठिक लागेर यो कुरा लेख्नु भएको होला। पूर्वीय दर्शन को कुरा गर्न जान्ने हरुलाइ यति पनि थाहा हुनु पर्‍यो कि यहाँ को सस्कार सस्कृती मान्यता सभ्यता के हो भन्ने। बिश्व मा अहिले हाम्रो धर्म सस्कृती सस्कार लाई होच्याउने चलन छ तेसै मध्य एक यो लेख पनि हो जुन Fake faminist हरु ले लेखेका हुन जस्तो लाग्छ।

    Reply
  25. NPB says:
    February 17, 2021 at 1:05 pm

    I don’t see any problem with this video and its concept. It depends on the individual’s thinking. It’s a heart touching video made beautifully.

    Reply
  26. sudeep says:
    February 17, 2021 at 12:02 pm

    Music Video ho Bro , kunai samajik Sandesh dine video haina,
    no more comment then that

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme