Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अछामको फोटोले जित्यो यो वर्षको अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड

Posted on February 9, 2021 by Salokya

सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो।

सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ। तर विभिन्न देशका फोटोग्राफरहरुलाई प्राथमिकता दिनका लागि यी विधामा इन्ट्री गर्ने छुट्टाछुट्टै देशका लागि छुट्टाछुट्टै नेसनल अवार्ड पनि दिने गरिन्छ।

प्रज्ज्वलले यो फोटो अछामको रामारोशनमा भलिबल खेल्दै गर्दा खिचेका हुन्। भलिबल नेपालको राष्ट्रिय खेल हो। उच्च पहाडी भागमा पनि यो लोकप्रिय छ। यो फोटोमा ढुङ्गाको प्रवेश द्वारभित्र एउटा सार्वजनिक विद्यालयको चौर देखिन्छ। त्यहाँ छुट्टी भएपछि गाउँलेहरुले भलिबल खेल्दा रहेछन्। उनले यो फोटो खिच्दा त्यहाँ कुहिरो लागेको थियो।

Copyright: © Prajwal Bhattarai, Nepal, Winner, National Awards, 2021 Sony World Photography Awards

1 thought on “अछामको फोटोले जित्यो यो वर्षको अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड”

  1. Yam Gurung says:
    February 12, 2021 at 4:58 pm

    Amazing and i really happy to reading and watching that all things thank you.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme