Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट

Posted on February 4, 2021February 4, 2021 by Salokya


पूर्व राजा ज्ञानेन्द्र शाहको आधिकारिक ट्विटर दावी गर्दै उनको नाममा चलाइएको ट्विटर ह्यान्डल @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टबाट आज गरिएको एउटा ट्विट रातिसम्ममा ७७० रिट्विट भएको छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्थे, केहीले अझै पनि बनाउँछन्।

के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो विषयमा हामीले गत वर्षको अप्रिलमा नै फ्याक्टचेक गरेका थियौँ। त्यतिबेला साढे १३ हजारको हाराहारीमा रहेका फलोअरहरु अहिले १ लाख कटिसकेका छन्।

के हो सत्य ?

ट्विटर र फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका भनिएका अकाउन्ट रियल हुन् कि फेक? यो बारे त्यतिबेला हामीले उनका संवाद सचिव डा. फणिराज पाठकलाई फोन गरी सोधेका थियौँ। पूर्वराजाका कुनै पनि खबरको आधिकारिक जानकारी उनीमार्फत् नै आउने गर्छ।

उनले भने, ‘उहाँले त्यस्तो ट्विटर, फेसबुकहरु चलाउनु भएको छैन।’

हेर्नुस्-

@salokyaa

##ExKingGyanendra ##faketwitterhandle ##fakefacebookaccount

♬ original sound – Umesh Shrestha

पाठकले पूर्वराजा ज्ञानेन्द्रलाई योबारेमा सोधेका थिए। उनका अनुसार पूर्वराजाले भने, ‘मैले त चलाएको छैन। बरु कसले चलाएको हो, खोज्नू।’

पाठकले कसले पूर्वराजाको नाममा सामाजिक सञ्जाल चलाइरहेको छ भनेर आफूले पनि खोजिरहेको जानकारी दिए। अर्थात् मिडियाले पूर्वराजाको आधिकारिक भनेर दिएका जानकारीहरु फेक अकाउन्टका गलत हुन् भन्ने पुष्टि हुन्छ।

के छ ट्विटरको नियम ?

अरु व्यक्ति, ब्रान्ड वा संगठन जस्तै देखिने गरी झुक्याउने हिसाबले ट्विटर अकाउन्ट खोल्नु ट्विटरको नियमको उल्लङ्घन हो। यस्ता अकाउन्टलाई ट्विटरले बन्द गरिदिन सक्छ। तर प्यारोडी, फ्यान अकाउन्ट भने बनाउन पाइन्छ।

यो अकाउन्टले पूर्वराजाको भनेर झुक्याउन खोजेको पाइएकोले उजुरीहरु परेमा बन्द हुनसक्छ।

1 thought on “पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट”

  1. Cyclic says:
    February 8, 2021 at 3:43 am

    I reported to Twitter about the fake account @GBBShah. Let’s do that folks! We all can contribute a little to kick bad players out of the game.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme