Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठाउँ न ठहर, आर्मीको रहर !

Posted on February 2, 2021 by Salokya


फोटो साभार : प्रवीण रानाभाट

नेपालमा अहिले एउटा अडियो खुबै भाइरल भएको छ- नाssटकै हो, नौटंकीsss नै हो।

माघ १९ गतेको रात रिङरोडमा आर्मीले बख्तरबन्द गाडी घुमाउँदा मान्छेलाई त्यस्तै लाग्यो। तर संकेत र आशंकाका अनेकौँ कथासमेत मिडिया र सोसल मिडियामा पढ्न पाइयो।

खासमा सेनाका प्रवक्ताले आइतबारै सामाजिक सञ्जालमा यसबारे जानकारी दिइसकेका थिए।

नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।

— NASpokesperson (@NaSpokesperson) January 31, 2021

तीन कारणले यो धेरैलाई अनौठो भयो-

एक, सेनाले नियमित अभ्यास भने पनि यस्तो खालको घोषित अभ्यास नियमित त के, अनियमित पनि सुन्न र हेर्न पाइएको थिएन।

दुई, सेनाले माघ १९ गतेको रात नै किन रोज्यो। यही दिन राजा ज्ञानेन्द्रले १६ वर्षअघि कू गरेका थिए। टेलिफोन, मोबाइल, इन्टरनेट काटेका थिए। अनि मिडियाको अफिसमा सशस्त्र सेनालाई पठाएर समाचार सेन्सर गरेका थिए।

तीन, बर्मामा आजैका दिन सेनाले कू गरेको। कू हुनुअघि यस्तै यस्तै शंका र हल्ला भएको थियो भन्ने खबर सुनेको।

सेनाले बरु सूचना ननिकाली राति त्यसरी बख्तरबन्द गाडी (armored vehicle) कुदाएको भए यति हल्लाखल्ला पनि हुन्थेन होला। सूचनाले झन् शंका र हल्ला फैलियो। खासमा जे नहोस् भनेर गरेको त्यही हुन गए जस्तो लाग्यो।

युद्धका बेला प्रयोग हुने सामान हो त्यस्तो बख्तरबन्द गाडी। तर अभ्यासका लागि पनि निकाल्नु पर्ने हुन्छ। अरु बेला अभ्यास हुँदा हल्लाखल्ला केही हुँदैन थियो, यसपालि बढी नै हल्ला भयो।

अभ्यासका लागि फेरि समय कस्तो रोजेका ! शंका गर्नेहरुलाई शंका उब्जने गरी। त्यसो त माघ १९ मा नगरी माघ १८ मा गरेको भए पनि माघ १९ को पूर्वसन्ध्यामा यसो गरियो भन्न सकिन्थ्यो। माघ २० मा गरेको भए माघ १९ को लगत्तै यसो गरियो भनिन्थ्यो कि 🙂

जे भए पनि अहिलेको तरल राजनीतिक अवस्थामा नानाथरीका शंका र हल्ला उब्जने गरी सेनाले ‘ठाउँ न ठहर आर्मीको रहर’ नगरिदिएको भए आर्मीकै छविलाई राम्रो हुन्थ्यो होला। अहिले नै त्यसरी लावालस्कर सडकमा उतार्न के जरुरी थियो र। केही समय कुर्दा पनि सामान खिया लागेर त जाँदैन थियो होला त।

नेपाली सेनाको बख्तरबन्द गाडी बारे यो जानकारीमूलक भिडियो –

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme