Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ब्याकडेट’मा प्रकाशन गर्नुपर्ने एउटा अर्को ‘राजपत्र’

Posted on February 2, 2021 by Salokya

प्रतिनिधि सभा विघटन गरेको बारे सूचना राजपत्रमा नछापिएको र सर्वोच्च अदालतमा कुरा उठिसकेपछि मात्र रातारात छापेर वेबसाइटमा समेत अपलोड गरेको बारे दुई हप्ताअघि इस्यु बनेको तपाईँहरुलाई यादै होला। जतिसुकै इस्यु बने पनि यो खासमा ‘कस्ता हुस्सुहरु होलान्, छाप्नु पर्दैन थियो’ भन्ने बाहेक अरु कानुनी रुपमा अप्ठेरो पर्ने कुरा चाहिँ देखिएन। किनभने राजपत्रको अतिरिक्ताङ्क भनेकै ब्याकडेटमा छापिएर छापिएको मितिदेखि नै लागू हुने कुरा रहेछ। भए पनि विधि र प्रक्रिया त पुर्‍याउनु पर्‍यो। एउटा अर्को कुरा पनि राजपत्रमा प्रकाशन भएको देखिएको छैन। त्यो हो संविधानको कुन धारा अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको भन्ने बारे।

पछिल्लो संसदीय निर्वाचनमा शानदार पराजय भोगिसके पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छाड्न ल्याङल्याङ गरिरहेको थियो। त्यही भएर राष्ट्रपतिले देउवाले राजीनामा नदिँदै ओलीलाई प्रधानमन्त्री नियुक्त गरिदिएका थिए।

त्यतिबेला माओवादी र एमाले एक भइसकेको थिएन। छुट्टाछुट्टै दलबाट गठबन्धन गरी चुनाव लडेका थिए र कसैको पनि बहुमत आएको थिएन। एमाले भने सबैभन्दा ठूलो दल बनेको थियो।

त्यही भएर माओवादीको समर्थनसहित संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यको रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो।

२०७४ साल फागुन ३ गतेको राजपत्रमा यो सूचना प्रकाशित छ। तर आज महान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्चमा बहसको क्रममा ओली धारा ७६ (१) अनुसारको प्रधानमन्त्री भएको दावी गरे।

प्रधानमन्त्रीले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा पनि आफू संविधानको धारा ७६ (१) अनुसारको प्रधानमन्त्री भएको दाबी गरेका छन्।

महान्यायाधिवक्ता खरेलले प्रधानमन्त्री शुरूमा ७६ (२) अनुसार नियुक्त भए पनि दुई पार्टी एक भइसकेपछि ७६ (१) मा रूपान्तरण भएको दाबी गरे। 

तर यो कुरा पनि दुई दल एक भएको सूचना संसदमा दिइसकेपछि त्यही अनुसार राजपत्रमा पनि प्रधानमन्त्री ७६ (१) अनुसार नियुक्त भएको भनेर एउटा सूचना प्रकाशित गरिदिएको भए के बिग्रन्थ्यो। विधि र प्रक्रियाको कुरा न हो।

त्यतिबेला बिर्सेको भए अहिले पनि ब्याकडेटमा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त भएको सूचना राजपत्रमा छापे भइहाल्छ नि। किन होला है नछापेका?

1 thought on “‘ब्याकडेट’मा प्रकाशन गर्नुपर्ने एउटा अर्को ‘राजपत्र’”

  1. T.P.A says:
    February 2, 2021 at 11:13 pm

    sabai dekhiisakyo, kati chhopchhap garejasto matrai garnu bhanera hola

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme