Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खान पाउँदा मिलेर ग्वामग्वाम खाए, खान नपाउँदा धारेहात

Posted on January 29, 2021February 1, 2021 by Salokya

https://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526750046.mp4

कानुनी रुपमा फुट्न नसकेको नेकपाका नेताहरुले एकअर्कालाई गरेको गालीगलौज देखिनसक्नुका छन् अहिले। अनि तिनै नेताका पछाडि झोला बोकेर लागेकाहरुले उस्तै शैलीमा गर्ने गालीगलौजले तपाईँको फेसबुकको भित्तो पनि रङ्गिएको होला। ट्विटरतिर उस्तै छ पारा। देशको संविधानलाई समेत बन्धक बनाएर दुई समूहका बाँडिएका नेताहरुको यो कोलाहल किन त? कुनै इस्यु छ? छैन। कुनै एजेन्डा छ? छैन। खान नपाएर मात्रै नमिलेका हुन् यिनीहरु। यो माथिको फोटो चाहिँ नेकपा एक हुँदाको फोटो हो। सन् २०१७ को मे महिनामा दुई पार्टी एक हुँदा चकलेट बाँडेर यसरी खुसियाली मनाइएको थियो।

https://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526749793.mp4

अहिले यो हेर्दा हाँसो उठ्छ। एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी को पहिलो संसदीय दलको बैठकमा ओलीले प्रचण्डलाई मुख मिठो गराएका थिए- चकलेट दिएर। चकलेट बाँडिएको थियो अरुलाई पनि। रोयल स्विस चकलेट।

मिलेर खान पाउँदासम्म ठीक थियो, खान नपाएपछि त सुरु भइहाल्यो नि कचमच।

भिडियो हेर्दा पनि रमाइलो। लास्टमा यो पनि नाटकै हो, नाआआआआआटकै हो, नौटंकीइइइइ नै हो भन्ने देखिहालियो अहिले आएर। कि कसो?

1 thought on “खान पाउँदा मिलेर ग्वामग्वाम खाए, खान नपाउँदा धारेहात”

  1. कमल says:
    January 29, 2021 at 11:03 pm

    मिल्दा चाटाचाट, नमिल्दा काटाकाट!!
    बाज्ये, खाते, स्वाहा, जैहोस, प्रभु र जदौ प्रब्रित्ती र सन्स्कारमा हुर्के बढेकाहरुले यसो गरेका हुन भनेर कोट्याउदै सही बिष्लेषण कोही देखिएन|
    किन? आँफै पर्छन त्यसभित्र| साँचो र खाँटी कुरोको चुरो यही हो|
    खानपाउँदा “ए! किन हो ढकनी त खुल्लै रहेछ” भनेर समेत हेक्का राख्दैनन, धमाधम ग्वामग्वाम बुकाउछन| अर्काको लुटने धुतने, सरकारको हातै हालेर बुकाउने र तीन पुस्तासम्म पुग्ने गरी कमाउने भन्सारे, मालपोते, अध्यागमने, करछली संस्कार हावी भएकोले हो| छोरी दिँदा पनि घुसिया घरमै दिने, छोरोको लागि घुसिया घर नै ताकने|
    यसरी पढाई अध्ययन, छात्रब्रित्ती, जागिर, नियुक्ती सबैमा ती नेता नेत्रित्वकै रोहवरमा जसोतसो पावरको रापतापमा अरुलाई उछिनेर एडभान्टेज लिएका नातेदार सन्तान र युवाहरुबाट भोलिका दिनहरुमा के आशा गर्न सकिएला? बिउ गुणाको बोट त हो नी| सुधारिएको घुसतन्त्र जँहा पैले मागेर हुन्छ, बकस दान दिएको थापेर लिने गर्थ्यो, अहिले आएर चलाकी गरेर ग्वामग्वाम खाने| घुसले सामाजिक प्रतिष्ठा बढाउने| ओली, दाहाल, माकुने, झले, ओली आदि सबै यस्तै संस्कार र परिस्थितिका उपज र ब्यवहारकर्ता हुन र उनीहरुबाट युवाले सिक्नपर्ने लायकको केही छैन भन्दा हुन्छ|
    कर्मचारीतन्त्र पनि यस्तै उपजका शिकार छन जुन सबैलाई थाहा भएकै हो|
    चुनाव होस वा पुनर्स्थापनाको फैसला, त्यसका साथै
    जनता सडकमा उत्रेर एउटा जोडदार मांग राख्न पर्छ, त्यो के भने नागरिक आयोगको गठन| नागरिक आयोगले विगत र हालका सार्बजनिक पदमा रहेका सबैका सम्पत्ति हेरेर विवरण दिनपर्छ| उसके वाद देखेँगे हमाममे कौन कौन है नंगा|
    आईएनजी र एनजीओभक्त नेकपा दुई समुह र प्रमुख प्रतिपक्षले ट्रान्सप्यारेन्सी इन्टरनेशनल रिपोर्टको कुरै किन उठाउदैनन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme