Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथ नखाइकनै बाइडेनले कार्यकाल सुरु गरेको अन्नपूर्ण पोस्टको समाचार सुटुक्कै सच्चियो

Posted on January 19, 2021 by Salokya


अमेरिकी राष्ट्रपतिको शपथ हुन्छ जनवरी २० तारिखमा। तर जनवरी १७ तारिखमै अन्नपूर्ण पोस्टले ‘उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्घाटन भएको छ’ भनेर समाचार लेखेको थियो। त्यतिमात्र होइन, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेको समेत लेखेको बारे ब्लग अस्ति लेखेको थिएँ। छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज फेरि त्यही लिङ्कमा यसो क्लिक गरी हेरेको त समाचार सुटुक्कै सच्याइसकेको रहेछ। ‘पहिलो दिनमै बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय’ शीर्षकलाई सच्याएर ‘पहिलो दिनमै बाइडेनले ट्रम्पका निर्णय उल्ट्याउने’ बनाइएछ।

पुरानो समाचारमा ‘अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेका छन्’ लेखिएको थियो। अहिले त्यसलाई ‘उल्ट्याउने भएका छन्’ बनाइएछ।

‘मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएका छन्’लाई ‘फुकुवा गर्ने घोषणा गरेका छन्’ बनाइएछ।

गरिसकेका भनेर लेखेका समाचार जतिलाई गरिनेछ, गर्ने तयारी छ, गर्ने घोषणा बनाइएछ।

१७ तारिखमै ‘यही जनवरी २० मा उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्घाटन भएको छ’ लेखेकोमा ‘यही जनवरी २० मा उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको शपथ तथा पद बहालीको कार्यक्रम छ’ बनाइएछ।

पढ्नुस् पहिलेको समाचार
पढ्नुस् अहिलेको समाचार

अनि यति ठूलो गल्ती गर्दा पनि समाचार सच्याइएको बारे सानो सूचनासम्म राखिएको छैन।

अन्तर्राष्ट्रिय चलन अनुसार यसो हुनुपर्नेमा यसो भएको भनेर लेख्नु त परै जावस्, राष्ट्रिय चलन अनुसार यसअघि अन्यथा भएकोमा सच्याइएको छ भन्ने नोटसमेत नराख्नुको कारण चाहिँ लाज लागेकैले होला कि !

मान्छे हो, गल्ती त हुन्छ। गल्ती नगर्ने को नै होला र।

तर राष्ट्रिय मिडियामा यसरी गल्ती गरिसकेपछि यदि सच्याएको सानो सूचनासम्म राखेको भए पाठकको विश्वासै आर्जन हुने थियो- यो मिडियाले चाहिँ सही समाचार दिन्छ, गलत समाचार दिए पनि त्यसलाई सच्याउँछ भन्ने त पर्थ्यो होला नि। अब त जे पायो त्यही समाचार पनि हाल्छ, सुटुक्क सच्याउँछ, सच्याउँदा पनि सच्याएको भन्दैन भन्ने पर्दैन पढ्नेहरुलाई ?

भनेर के गर्नु, नेपालको पत्रकारिता यसरी नै चलिरहेको छ। कि कसो ? 🙂

1 thought on “शपथ नखाइकनै बाइडेनले कार्यकाल सुरु गरेको अन्नपूर्ण पोस्टको समाचार सुटुक्कै सच्चियो”

  1. Pingback: अरु मिडियाले ‘इकान्तिपुर’बाट सिक्नुपर्ने कुरा « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme