Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्नपूर्ण पोस्टले हँसाउनु हँसायो : हेर्नुस् यो ‘अनौठो समाचार’को नमूना

Posted on January 17, 2021 by Salokya


एचजी वेल्सले उहिल्यै लेखेको साइन्स फिक्सन हो ‘टाइम मेसिन’। भविष्यको समय वा विगतको समयमा जान सकिने उनको कल्पनामा आधारित रहेर कयौँ फिल्म, सिरियल, कथा बनिसकेका छन्। तर समाचारमा यसको प्रयोग देख्नुभएको छ? अन्नपूर्ण पोस्टको अनलाइनले आज त्यसको प्रयोग गरेको छ।

अन्नपूर्ण पोस्टले ‘पहिलो दिनमै बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय, आप्रवासी योजना सयदिनमै ल्याउने’ शीर्षकमा लेखेको समाचार खासमा जनवरी २० मा लेख्नुपर्ने समाचार हो। तर तीन दिनपछि लेख्नुपर्ने समाचार अहिले नै लेखिसक्यो। क्या गज्जब छैन त?


समाचारको स्क्रिनसट। समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।

समाचारको शीर्षक नै अचम्मको छ। लेखिएको छ- ‘पहिलो दिनमै बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय’

शपथ नै नलिइकन बाइडेन अमेरिकी राष्ट्रपति कसरी हुन्छन् ? अहिलेसम्म त उनी राष्ट्रपति निर्वाचित मात्र हुन्। अनि राष्ट्रपति नै निर्वाचित नभइकन कसरी चाहिँ पहिलो दिन हुन्छ र ट्रम्पका निर्णय उल्ट्याउँछन् ? ट्रम्प त अहिलेसम्म औपचारिक रुपमा राष्ट्रपति नै छन्।

समाचारमा लेखिएको छ-

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेका छन् ।

पहिलो निर्णयको रुपमा उनले ट्रम्पले मुस्लिम मुलुकहरुबाट अमेरिका यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरिदिएका छन् । यस्तै पेरिस जलवायु परिवर्तन सम्झौतामा प्रतिवद्धता लगायत दर्जन बढी निर्णय उनले गरेका छन् ।

साथै कोभिड संकटका बेला ट्रम्पले गरेका निष्कासन तथा विद्यार्थीहरुको ऋण भुक्तानी सम्बन्धी निर्णय विरुद्ध पनि हस्ताक्षर गरेका छन् । यसवाहेक ट्रम्पका विवादित निर्णय विरुद्ध पनि उनले हस्ताक्षर गरे ।

तर बाइडेनले निर्वाचनका बेला नै प्रतिवद्धता गरेका मुद्दामध्ये महत्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका हुन्।

त्यतिमात्र हैन समाचारको अन्तिममा लेखिएको छ-

यही जनवरी २० मा उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्घाटन भएको छ ।

लौ हेर्नुस् त, मैले त्यसै टाइम मेसिनको कुरा गर्‍या हुँ? आज बल्ल जनवरी १७ भयो। अन्नपूर्ण पोस्टका रिपोर्टरले त टाइम मेसिन चढेर जनवरी २० मा पुगेर ‘उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्‍घाटनै भएको देखिसकेछन्। देखिसकेछन् र त समाचार लेखेछन्।

खासमा कुरो हो चाहिँ के त ?

खासमा जो बाइडेनले आफ्नो कार्यकालको पहिलो दिनमा गरिने कामको योजना सार्वजनिक गरेका हुन्। ट्रम्पका नीतिहरुलाई उल्ट्याउनलाई उनले के के कार्यकारी आदेशमा साइन गर्ने भन्ने सार्वजनिक गर्दा माथिका कुराहरु परेका हुन्। यसबारेमा थप बीबीसीको समाचारमा यहाँ क्लिक गरी हेर्न सकिन्छ अथवा एनपीआरको यो समाचारमा वा डीडब्ल्युको यो समाचारमा हेर्न सकिन्छ।

अर्थात् जनवरी २० मा हुने भनिएको कुरालाई भइसक्यो भनेर अन्नपूर्ण पोस्टले समाचार लेखेछ। हुन बाँकी कुराहरु पनि भइसक्यो भनेर लेखेछ। ‘समाचारमा निष्कासन तथा विद्यार्थीहरुको ऋण भुक्तानी सम्बन्धी निर्णय विरुद्ध पनि हस्ताक्षर गरेका छन् । यसवाहेक ट्रम्पका विवादित निर्णय विरुद्ध पनि उनले हस्ताक्षर गरे’ लेखिएको छ, जुन गलत हो।

हुँदै नभएको कुरालाई भइसक्यो भनेर सरासर गलत समाचार लेखेको यो उदाहरणबाट अहिले मूलधार भनिने मिडियाको अनलाइनमा सामान्य ज्ञानसमेत नभएका कस्ता लन्ठूहरु बसेका छन् र उनीहरुले कस्तो सामग्री पस्किरहेका छन्, छर्लङ्ग भएको छ।

लाज त अलिकति भए पनि लाग्नु पर्ने हैन र ?

हामीलाई त के छ र, यस्तो पनि समाचार आयो भनेर हाँस्ने त हो नि 🙂

5 thoughts on “अन्नपूर्ण पोस्टले हँसाउनु हँसायो : हेर्नुस् यो ‘अनौठो समाचार’को नमूना”

  1. Pingback: शपथ नखाइकनै बाइडेनले कार्यकाल सुरु गरेको अन्नपूर्ण पोस्टको समाचार सुटुक्कै सच्चियो « Mysansar
  2. Bhuvan says:
    January 19, 2021 at 8:19 pm

    khas ma uniharule jan 20 ma news kasari lekhine chha bhanera reharsal gareka hun .. mistakenly publish nai bhayechha .. 🙂

    Reply
  3. Bhuban says:
    January 19, 2021 at 3:15 am

    No idea Past, present and future tense or activities while news text prepared by Kantipur journalist and editors. This is just theirs highlights and intention for readers attractions to increase publicity.

    Reply
    1. Salokya says:
      January 19, 2021 at 11:36 am

      यो कान्तिपुरको हैन, अन्नपूर्ण पोस्टको कुरा पर्‍यो हजुर 😛

      Reply
  4. JP says:
    January 19, 2021 at 1:02 am

    भनेछी पाँच दिन पछी हुने घटनाको रिपोर्ट अगावै तयारी|वाह वाह!! अन्नपूर्ण होइन शिखर सगरमाथा पोस्ट नै भने हुन्छ| कसले भन्छ हाम्रा मेडियाले भएको घटनाको मात्र रिपोर्ट दिन्छ| हुन अघि नै दिन्छ| हँसाउनु हँसायो, पानी नआउने धारा र उपधारामा खोलो बगाएर ओलीले जस्तै हँसायो|फँसाउनु फँसायो| जति हेरे नी, जति खोजे नी, जे गरे नी, बिघटन सदर गर्ने ठाउँ छैन|तर नेपालमा चमत्कार चाँही हुनसक्छ| नत्र ज्ञाने लुरुलुरु गोधुलीमा नागरजुन किन लाग्थे?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme