फेसबुकमा साढे एक लाखभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले गएको साता एउटा फोटो राखे जसमा थेसिस फोहरको डंगुरसरह फ्याँकेको देखिन्थ्यो। उनले यो फोटोलाई नेपालको भन्दै पोस्ट गरेका थिए। (केही दिनपछि उनले त्यसलाई सच्याए)
हाल क्यानाडामा रहेका भानुभक्त आचार्यले ‘हाम्रा थेसिसको यो हरिबिजोग । हाम्रो बौद्धिक क्षमताको सत्यनाश’ लेख्दै सोही फोटो ६ जनवरीमा फेसबुकमा पोस्ट गरे। यो पोस्टलाई जनवरी ८ मध्यरातसम्म १२१ पटक सेयर गरिएको छ भने ८७ कमेन्ट तथा २९७ रियाक्सन छ।
यो फोटो कहाँको हो ? यसबारे हामीले तथ्य जाँच गरेका छौँ।
यो फोटोलाई गुगलको रिभर्स इमेज सर्च गर्ने क्रममा हामीले भारतको आरभीसीजे नामको फेसबुक पेजमा पुग्यौँ। भाइरल मिमहरु राख्ने गरेको यो पेजमा यही फोटो ६ सेप्टेम्बर २०१८ मा राखिएको छ।
भारतीय सन्दर्भ जोडेर राखिएको यो फोटो ७० हजारभन्दा बढी सेयर भएको छ भने ४ हजारभन्दा बढी कमेन्ट र ८० हजारभन्दा बढी रियाक्सन देखिन्छ।
तर यो फेसबुक पेजमा भन्दा पनि अघि यो फोटो केही नाइजेरियाली वेबसाइट र ब्लगहरुमा राखिएको भेटिन्छ।
उदाहरणका लागि दिप्याराडाइम नामको यो नाइजेरियाली वेबसाइटमा सन् २०१६ को डिसेम्बर ५ मा यो फोटो प्रकाशित छ-
त्यसैगरी नाइजेरियान्युज हेडलाइन्स टुडे, नाइजेरियामोनिटर जस्ता अरु वेबसाइटहरुमा पनि उति नै बेला यो फोटो राखिएको देखिन्छ।
यी वेबसाइटहरुले फोटोको स्रोतका रुपमा Franklin Okechukwu Onwubiko को नाम उद्धृत गरेका छन्। फेसबुकमा खोज्ने क्रममा यही नामका पुरुषले ३ डिसेम्बर २०१६ मा यो सहित अरु केही फोटो पोस्ट गरेको देखिन्छ-
नाइजेरियाली वेबसाइटहरुले यो फोटो नाइजेरियाको युनिभर्सिटी अफ कालाबारको रहेको उल्लेख गरेका छन्। हामीले ती वेबसाइटहरुले मूल स्रोत मानेका फ्र्याङ्कलिनले अपलोड गरेका फोटोहरु हेर्यौँ।
अर्को फोटो-
यो नजिकबाट खिचिएको छ।
नजिकबाट खिचिएको फोटोलाई ध्यान दिएर हेर्दा त्यसमा युनिभर्सिटीको नाम देख्न सकिन्छ-
फोटोमा युनिभर्सिटी अफ कालाबार, कालाबार, नाइजेरिया लेखेको देखिन्छ।
युनिभर्सिटी अफ कालबारको वेबसाइटमा यो विश्वविद्यालय नाइजेरियामा सन् १९७३ देखि सुरु भएको उल्लेख छ।
दावी : नेपालका विश्वविद्यालयले विद्यार्थीले मेहनत गरी तयार पारेको थेसिस फोहरको डंगुरमा फ्याँके।
तथ्य जाँच : मिथ्या सूचना । भाइरल भएको यो फोटो सन् २०१६ मै इन्टरनेटमा आइसकेको थियो। त्यतिबेला सार्वजनिक भएका अन्य फोटोहरुमध्ये केही फोटोमा फ्याँकिएको भनिएको थेसिसको कभरमै युनिभर्सिटी अफ कालाबार, नाइजेरिया लेखेको देख्न सकिन्छ।
अहिले स्थिति सुध्रिएको भए धेरै राम्रो । तर ३ वर्ष अघि सेन्ट्रल लाईब्रेरी पुगेको बेला यस्तै विजोग देखिएको थियो,भर्याङ्गको कुनामा, किताब र रिपोर्टहरुको। तर आफूले फोटाे खिचिएन । डुङ्गुरमा पुराना थेसिस थिए/थिएनन् सम्झना छैन । सरकारी कार्यालयहरुमा पनि यस्तै लापरबाही हुने गरेको छ कागजातमाथि। त्यसैले त कहिले सेवाग्राहीको रेकर्ड भेटिँदैन, कहिले देशको पुरानो नक्सानै भेटिँदैन । कुनै महाविद्वानले अरूलाई हियाउने मनसाय राखेर जथाभावी तस्बीर पोष्ट गर्दा समस्याको गम्भीरता चाहिँ ओझेलमा पर्यो भन्ने हाम्लाई लागिरहेको छ ।
भिम उपाध्याय ती ब्युरोक्रेसीका उत्पादन र उच्च तहमा पुगेका त्यस्ता संस्थाका जागिरे हुन जसको कार्यकुशलता, सेवाग्राहिता, प्रभावकारीता, बफादारीपन र कर्तब्यनिष्ठतामा निरन्तर स्लखित हुँदै आएको छ| राजाकै पालामा राजदरवार कर्मचारी सरंक्षित एक सचिव स्तरका ब्यक्तिले राजदुत हुँदा पुस्तक चोरेको पनि सार्वजनिक भएको हो|देशको शिर निच गराएकै हो|
भिम उपाध्ययले चाइने नचाइने कुरा खोजेर सरकारलाई छेढखानी र घोचपेच गरेर निच देखाउने कसरत गर्न अघि नेपाली जनतालाई बताई दिन पर्यो किन ब्युरोक्रेसी झन करप्ट, असक्षम र अकर्मण्य बन्दै गएका छन| राजनीति र राजनैतीक ब्यक्तीहरुलाई मात्र दोष दिएर मात्र भएन| कुलमान घिसिङ र प्रेम सन्जेल जस्ता कर्मचारीहरु पनि छन जसले प्रतिकुल स्थितिमा पनि नतिजा दिएका छन, भ्रस्ट्चारको प्रतिवाद गरेका छन|
ट्रेड युनियन ठुलो वाधाको रुपमा खडा छन| किन जोडले भित्रबाटै प्रतिरोध गरिदैन? वा गरिएन? सरकारी जागिरमा भर्ना भएर अध्ययन गर्न तिर लागेका छन भने कती बिदेश भ्रमणमा| आफ्नो गर्नपर्ने काम नगरेर के पढन र डिग्री डिप्लोमा लिने थलो हो सरकारी जागिर? एउटा सुची बनाए लामै हुन्छ| त्यसमा माथिल्लो तहमा पुगेका को को परने हुन? भिम सर पनि पर्नुहोला| अझ जागिरमा छँदा कसले कती दैनिक भ्रमण भत्ता र सुविधा सरकारबाट र बिदेशी संस्था, एन्जिओ, आइएन्जिओबाट लिए त्यसो सत्य तथ्यको फेहरिस्त तयार पारे हमाममा सब नँगा देखिनेछन|
काम नपाएर किन अन्धनधुन्ध सचिव जस्तो पदमा पुगेका ब्यक्तीले भाईरल हुन हल्का नाइजेरियाको तस्वीर हाल्नपरो? माफ माग्नुस थोरै इज्जत छ भने|
पूर्व सचिव वा पूर्व कर्मचारी हरुले बोल्नपर्छ, मुख खोल्नपर्छ| राजदुत वा अन्य पद नपाउने भए पछी बोल्ने नत्र लीलामणी पौड्याल, रेग्मी,सोमलाल सुवेदी, बैरागी आदि जस्ता हुन भएन| तर कुनै आग्रह पुर्बाग्रह राखेर होइन, देशको खस्किदै गएको ब्युरोक्रेसीमा कसरी सुधार ल्याउने? के के सच्याउन पर्ने हुन? लोसे आयोगको घोकन्ते विद्या, बढ्दो चापलुसीकरण र चाकडीबाज, नातावाद र घुसलाई कसरी नियन्त्रण गर्ने तिर लागौ|
सेवामा हुँदा सही कर्म गर्न नसके पनि अवकाशको समय सदुपयोग गर्नुहुनेछ| अति नगरनुस| रकमी लेखनदास बनेर देशको भलो हुँदैन|