Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यता नेता-कार्यकर्ता मात्र हैन, झगडा त आकाशमा पनि हुन थालेछ, बित्थामा भूइँमान्छे पीडित

Posted on January 9, 2021 by Salokya

आकाश खस्यो भने के हुन्छ भन्ने चिन्ता लिनेहरुलाई उडाउनु उडाएको एउटा कथा हामीले सानोमा पढेका थियौँ। आकाश त खस्दै खस्दैन नि। त्यो त सबैलाई थाहा भएकै कुरा हो। तर आकाशबाट खस्यो भने नि ?

ह्या, के वाहियात कुरा गरिरा जस्तो लाग्यो होला तपाईँलाई। तर यही कुरा वास्तविक जीवनमा हुँदा एक जना व्यक्ति सिकिस्त भए।

कुरा मुगुको हो। कर्णाली प्रदेशको एउटा दुर्गम जिल्ला। देश संविधानको धारा पढ्न र नेता र कार्यकर्ताहरु गुटगत लडाइँमा कसले कसलाई कति धेरै गाली गर्ने भन्नेमा व्यस्त छ। तर यो सत्य घटना एउटा भूइँमान्छेको हो।

भएछ के भने मुगुमा एक जना भाइ जंगलमा दाउरा लिन गएको रहेछ। त्यही क्रममा उनको टाउकोमा गह्रुँगो चिज बज्रियो।

बाटो हिँड्दा आकाश तिर हेरेर हिँड्ने कुरा भएन। तपाईँ हामी जसरी हिँड्छौँ, त्यसरी नै हिँडेका थिए होलान् उनी। तर माथि आकाशमा भने अजिबको चिज भएछ। उउटा चिलले मरेको गोरुको टाउको खुट्टामा च्यापेर उड्दै गरेको रहेछ।

यतिसम्म त ठीकै थियो। नराम्रो कहाँनिर भयो भने त्यो चिल त्यसरी गोरुको टाउको लिएर उड्दै गरेको अर्को चिलले देखेछ।

अब यहाँ एउटै भनिएका पार्टीका नेता र कार्यकर्ताहरु त कुर्सी खोसाखोस गरेर झगडा गर्छन् भने पशुपंक्षी किन कम ? त्यो चिलले अर्को चिलको आहारा खोस्न खोजेछ। खोसाखोस गर्दा चिलले बोकेको गोरुको टाउको खसेछ। त्यो टाउको सीधै त्यो भाइको टाउकोमा बज्रिएछ।

अरुले देखेपछि घाइतेलाई मुगुको सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याएछन्।

अस्पतालमा कार्यरत सुरेश गजुरेलले भने, ‘गोरुको टाउको भाइको टाउकोमा बजारिएर निकै गहिरो चोट थियो। उनीि अचेत अवस्थामा मै थिए र बेला बेला छट्पटाउँदै थिए।
यहीँ अस्पतालमा स्वास्थ्यकर्मी सबैले सकेसम्मको राम्रो गर्‍यौँ।’

तर जिल्लाको अस्पतालमा थप उपचार हुने नदेखेर शुक्रबार बिहान एयरपोर्टसम्म पुर्‍याएर जहाजबाट नेपालगञ्ज पठाएको सुरेशले बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘सुन्दै दन्त्यकथा जस्तो लाग्ने विश्वमै दुर्लभ घटनाको कुरो सुन्न पाइयो। सायदै फेरि यस्तो कसैले सुन्न नपरोस् भन्ने मेरो चाहना हो।’

उता मुगुमा पंक्षी झगडा गर्दा बाटो हिँड्ने एक निर्दोषमाथि बज्रपात भयो। यता देशमा नेता र कार्यकर्ताहरु झगडा गरिरहँदा को माथि के कस्तो बज्रपात हुने हो !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme