Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

Posted on December 29, 2020January 27, 2021 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख छ। यही समाचारका आधारमा धेरैले आफ्ना विचारहरु फेसबुक र ट्विटरमा लेखिरहेका छन्। के साँच्चै नेता रावलले यस्तो भाषण गरेका हुन् त? हामीले यसबारे तथ्यजाँच (फ्याक्टचेक) गरेका छौँ।

यो समाचार ‘परदेशीन्युज’ नामको अनलाइनमा पुस १३ गतेको मितिमा राखिएको छ। परदेशीन्युजको फेसबुक पेजबाट यो समाचार सोमबार मध्यरातसम्ममा ३३२ पटक सेयर भएको छ।

 

३९ हजार सदस्य भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको फेसबुक ग्रुप लगायत अन्य थुप्रै ग्रुप र पेजहरुमात्र हैन व्यक्तिगत अकाउन्टबाट पनि यो अनलाइनको समाचार सेयर भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फेसबुक ग्रुपमा सोमबार मध्यरातसम्म यो समाचार २९ जनाले सेयर गरेको देखिन्छ भने ८० जनाको कमेन्ट र १७८ वटा रियाक्सन देखिन्छ।

त्यसैगरी ट्विटरमा पनि यो समाचारको धेरै चर्चा भएको छ। उदाहरणका लागि सञ्चारकर्मी बिनु पोखरेलको यो ट्विटमा सोमबार मध्यरातसम्ममा ३७ रिट्विट, १५ कोट ट्विट र २०० लाइक छ।

महिलाको अङ्ग मिसिदा पुरुष काम नलाग्ने हुने रहेछ ? अनि @BhimRawal179 तपाईंमा चाहिँ कुन अंङ्ग मिसिनाले यस्तो ?️?️भो यता नि जानकारी चाहियो लौ न । pic.twitter.com/63LTAucISH

— Binu pokharel (@binuebhi) December 28, 2020

भाइरल भएपछि यो समाचार मेचीमहाकाली डट नेट लगायत अरु केही वेबसाइटहरुमा पनि हुबहु कपिपेस्ट भएको छ।

भीम रावलले भनेकै हुन् त?

भाइरल भएको समाचारमा उल्लेख भए नेता रावल धनगढीमा आइतबार पुगेका हुन्। उनले त्यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन पनि गरेका थिए। यससम्बन्धी समाचार अरु मूलधारका अनलाइनहरुमा पनि आएका छन्। उदाहरणका लागि ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेका थिएः भीम रावल (रातोपाटी), ओलीले चुनाव गराउँदैनन् : भीम रावल (कान्तिपुर), प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन : नेता रावल (अनलाइनखबर)।

थाहाखबरका धनगढी रिपोर्टर तेज बोहोरा आइतबार नेता रावल चढेको विमान धनगढी विमानस्थलमा अवतरण गरेदेखि रङ्गशालामा भएको कार्यक्रममा सम्बोधन गर्दासम्म साथै थिए। उनले नेपालफ्याक्टचेकलाई भने, ‘रङ्गशालामा सम्बोधन गरेर फर्कने बेलासम्म म उहाँसँगै थिएँ। अहिले मिडियामा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन भनेर आएको समाचार शतप्रतिशत झुटो हो।’

बोहोराले आफूसित नेता रावलले गरेको सम्बोधनको अडियो पनि रहेको र त्यसमा उनले त्यस्तो कतै नभनेको बताए।

कान्तिपुर टेलिभिजनका धनगढी स्ट्रिङ्गर महेन्द्र बमले पनि नेता रावल आइतबार दिउँसो ४ बजे धनगढी पुगेको र त्यहाँको रङ्गशालामा आयोजित भेलामा सम्बोधन गरेको जानकारी दिए। ‘उनको त्यो दिन अरु कार्यक्रम थिएन’, बमले भने, ‘भेलामा गरिएको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा उपलब्ध छ। उनले त्यसो भनेका थिएनन्।’

सुप अनलाइन टिभी नेपाल नामको फेसबुक पेजमा ३४ मिनेटको भिडियो अपलोड गरिएको छ। भिडियोमा र्‍यालीदेखि रावलको सम्बोधनसम्म समेटिएको छ। भिडियोमा उनले भाइरल भएको समाचारमा जस्तो ‘स्त्री अङ्गको कुरा’ गरेका छैनन्।

त्यसैगरी तिलक ओझा नामको युट्युब च्यानलमा पनि २६ मिनेटको भिडियो अपलोड गरिएको छ जसमा रावलले विभिन्न विषयमा बोलेका छन्। धनगढीमा भएको सभाको यो भिडियोमा उनले स्त्री अङ्गको कुरा गरेको सुनिँदैन।

भाइरल भएको परदेशीन्युजको समाचारलाई ध्यान दिएर हेर्ने हो भने यो समाचार रातोपाटीमा प्रकाशित समाचारको हुबहु कपि देखिन्छ।

रातोपाटीमा प्रकाशित यो समाचारको पहिलो अनुच्छेदको तेस्रो वाक्यमा ‘नेता रावलले भने’ पछि ‘कतै वहाँको शरीरमा स्त्री अङ्ग मिसिदा दिमागले काम त नगरेको होइन’ वाक्य भाइरल भएको परदेशीन्युजको समाचारमा थपिएको छ। वाक्य जबर्जस्ती थपिएको वाक्यपछि आउने कोटेसन मार्क र कमा प्रयोग नगरेकोबाट नै स्पष्ट हुन्छ। त्यति थपिएको शब्दपछिका वाक्यहरु फेरि पनि रातोपाटीकै हुबहु छन्। हेर्नुस् परदेशीन्युजको समाचार-

त्यसैगरी परदेशीन्युजको समाचारमा अन्तिम वाक्य ‘४४१ जनाको नेकपा बहुमतले गरेको कुरा ओलि नमानेर उखान टुक्का गर्दै बिपरित हिड्ने ब्याक्ति कम्युनिस्ट नै होइनन।’ पनि थपिएको छ। थपिएको वाक्यका हिज्जे गलत छन्। रातोपाटीबाट कपिपेस्ट गरिएको समाचारमा ‘ओली’को ली दीर्घ छ भने थपिएको समाचार र शीर्षकमा ‘ओलि’को लिलाई ह्रस्व बनाइएको छ। त्यसैगरी थपिएका वाक्यमा अनेकौँ गल्तीहरु छन्।

परदेशीन्युजको वेबसाइटमा प्रकाशक डोलराज न्यौपाने बाहेक अरुको नाम नभएको, हेडलाइनमै कमेन्ट र सेयर गरिदिनुहोला लेख्ने शैली, अशुद्ध भाषा र जथाभावी राखिएका कन्टेन्टले पनि यो कुनै प्रोफेसनल न्युजसाइट नभएर पाठकको ध्यान तान्न जे पनि गर्ने वेबसाइट भएको स्पष्ट हुन्छ।

परदेशीन्युजको एउटा हेडलाइन।

दावी : नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भने।

तथ्यजाँच : मिथ्या सूचना। भीम रावलले धनगढीमा भाषण गर्दा यस्तो भनेको न उपस्थित पत्रकारले सुनेका छन्, न उपलब्ध भिडियोमा देखिन्छ। उक्त समाचारका केही अंशबाहेक सबै रातोपाटीबाट हुबहु कपिपेस्ट भएको देखिन्छ। समाचार भाइरल भएको वेबसाइट परदेशीन्युजमा भएका सामग्रीहरुको प्रकृति हेर्दा यो साइटले भिजिटर बढाउनका लागि भन्दै नभनेको कुरा थपेको देखिन्छ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

5 thoughts on “के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?”

  1. madan bajracharya says:
    January 2, 2021 at 5:07 am

    ओलिले अरु गल्ति जे जस्तै गरेको भय पनि ओलिको पालामा सिम्हदरवार अहिले पनि भारतिय मैन्हा पालिने पिन्जरा र् भारतीय चतकेको जमुरेको अद्दा बनेन। यही कुराले ओलीलाई बिबादस्पस्त भयको भन्दै हताउन खोजियको हो। अरु जुन आरोपहरु लगाईयको छ् त्यस्तो आरोप नलाग्ने कुनै ओलिको खोलिमा बस्न खोज्ने कुनै छँदैछैन। ओली खतम छ् हत्नै पर्छ भन्ने कुनै नेपालीले अहिले ओलिको बिकल्प बन्नेलाई सकार्न सक्दैन। तर आफुले कब्ज्याउदै आफ्नै बनाइसकेको लिम्पियाधुरा कालापानिको भुमिलाई सन १९५०को सन्धिमै त्यो भुमि नेपालकै भयको र् नेपाल पनि इङ्लैन्द जस्तै स्वतन्त्र मुलुक भयको भनेर नेपाल इङ्लैन्द बिच भयको सबै सन्धि सम्झौता बन्द हुने उल्लेख हुँदा हुँदै पनि तेही नेपाल इङ्लैन्द बिच भयको सम्झौता को प्रमाण देखायर नेपालले आफ्नो भुमि भनेर नक्सामा समेतेकोमा रिसायको भारतको निमित ओली हताउनै पर्ने बिबादास्पस्त ब्यक्ति हुन्छ। यही त् भन्न् खोजेको हो नेपालमा भारतको राजदुत भैसकेको श्याम सुन्दरले।

    Reply
  2. sisir nepali says:
    December 31, 2020 at 9:35 pm

    what ever but Oli je is physically and mentally sick.. He is not a capable person to lead a nation.. Manis dherai rogi bhaye pachi ramro sanga sochna sakdaina.. Hami samanya tauko dukhda ta ramro sanga sochna sakdainau, yesto problem bhaka oli ko isthiti kasto hola !! just imagine ..

    Reply
  3. Pingback: सन् २०२० मा माइसंसारमा बढी पढिएका २० ब्लग, तपाईँले छुटाउनु त भएन? « Mysansar
  4. Bikash Tamang says:
    December 29, 2020 at 3:50 pm

    i think Salokya is back

    Reply
  5. RAMESH says:
    December 29, 2020 at 8:24 am

    Good, Umesh is Back… Waiting you ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme