मिति : पुस १ गते, २०१७ साल।
स्थान : थापाथली।
कार्यक्रम : तरुण दलको प्रथम अधिवेशन उद्घाटन।
कार्यक्रम चलिरहेको बेलामा अचानक हतियारधारी सैनिकको प्रवेश कार्यक्रम स्थलमा हुन्छ। लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बिग्रेडियर जनरल समराज कुँवरको नेतृत्वमा कार्यक्रम स्थललाई सैनिकहरुले घेर्छन्।
दुई तिहाई बहुमत जितेको शक्तिशाली सरकारका प्रधानमन्त्री वीपी कोइरालासहित मन्त्रीहरु घेराबन्दीमा परिसकेका थिए। सेनाको घेराबन्दीमा परिसकेका कारण अंगरक्षकको काम थिएन।
नेपालको राजनीतिको यो एउटा महत्त्वपूर्ण मोड थियो। संविधान घोषणा भएको १ वर्ष १० महिना मात्रै भएको थियो। त्यो संविधान अनुसार चुनाव भएर जनताले चुनेको सरकार बनेको सात महिना मात्रै भएको थियो।
प्रधानमन्त्री वीपी कोइरालासहित गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराई सभास्थलमै थिए। उनीहरुलाई त्यहाँ ‘तपाईँहरुलाई महाराजबाट तुरुन्त बोलावट भएको छ’ मात्रै भनियो।
पछि एक ठाउँमा लगेर राखिसकेपछि बल्ल भनियो ‘ यु आर अन्डर अरेस्ट। तपाईँहरु हिरासतमा हुनुहन्छ।’
राजा महेन्द्रले निर्वाचित सरकारलाई गरेको त्यो कू पल्टाउन नेपाली कांग्रेसलाई ३० वर्षको समय लाग्यो। कू हुँदाका बेलाको मन्त्रिपरिषद् यस्तो थियो-
यी मध्ये केही मन्त्री र उपमन्त्रीहरु थापाथलीमै पक्राउ परे। केही भने भाग्न सफल भए। उपप्रधानमन्त्री सुवर्णसमशेर राणा भारत पुगेका थिए। त्यसैले उनी जोगिए।
भोलिपल्ट गृह मन्त्रालयले सूचना जारी गर्दै राजनीतिक सभा सम्मेलन, भाषण, प्रदर्शन, प्रचार गर्न निषेध गर्यो। २०४६ सालको आन्दोलनपछि राजनीतिक दलमाथि लागेको प्रतिबन्ध फुकुवा नहुन्जेल यो कायम थियो।
दिउँसो साढे ३ बजे नारायणहिटी राजदरबारबाट राजा महेन्द्रले देशबासीका नाममा सम्बोधन गरे –
‘आगे प्यारा प्रजा गैह्र के यथोचित
जनताले छानेका प्रतिनिधिहरुले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुद हुने वातावरण पैदा गर्दछ र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आम चुनाव गराएको सबैमा विदितै छ । फलस्वरुप नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुको साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वभाविकै कुरा भएको थियो ।
त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय-समयमा जनप्रतिनिधिहरु र सरकारमा रहेका व्यक्तिहरुलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले बुझेकै हुनुपर्छ । प्रजातन्त्र पद्दतिअनुसार छानिएका प्रतिनिधिहरुद्वारा जनता र सरकारको वीचमा भएको भ्रमात्मक वातावरणसमेत सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।
ऐन कानूनको मर्यादा नराखी छिटो छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासनयन्त्र निस्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुको साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अराष्ट्रिय तत्वहरुले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामासमेत बाधा पुर्याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएको आर्थिक कदमहरुले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दुषित वातावरण मात्र पैदा गरेकोले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकोले, उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कामय राख्ने र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरुरत पर्न आएकोले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद्का दुबै सदनहरुसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं।”
२०१७ सालपछि राजा महेन्द्रको एकल नेतृत्वमा शासन चल्यो। एक भाषा र एक भेषको नीति लागू गरियो। वाक तथा प्रकाशन स्वतन्त्रतामा बन्देज लाग्यो।
महेन्द्रको निधनपछि उनका जेठा छोरा वीरेन्द्रले पञ्चायति शासनको विरासत सम्हाले। २०३६ सालमा देखिएको जनअसन्तुष्टिलाई जनमत संग्रह गरेर टारे पनि त्यसको १० वर्षमा फेरि भएको जनआन्दोलनले दलीय प्रतिबन्ध हट्यो र राजालाई संवैधानिक बनायो।
तर दरबार हत्याकान्डमा उनको वंशको हत्यापछि अप्रत्याशित रुपमा शासनको बागडोर सम्हालेका माहिला छोरा ज्ञानेन्द्रले बुबाकै सिको गरी निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी शासनभार आफै सम्हाल्दा राजतन्त्र नै हटेर देश गणतन्त्रमा गयो।
बास्तवमा नेपाल पुर्क्ष रुपमा स्वतन्त्र पहिला पनि थिएन अहिले पनि छैन, राजातन्त्र राणाशाषन हुंदै हालको गणतन्त्र सम्म आईपुग्दा देश हाक्ने शाषकहरु खालि टोले डन जस्तो छन, आफ्नो टोल एरियामा मात्र सिमीत कुनै अर्को टोल छिमेकमा जांदा लुत्रुक्क परेर हिड्छन, अनि त्यस्तो पनि शाषक हुन सक्छ?
आफ्नो सिर्फ ब्यक्तिगत स्वार्थ वाहेक अन्य केहि बोल्नै सक्दैनन, त्यस्तो पनि कसरि देशको नेतृत्व गर्नु सक्छन?
नागरिकलाई सम्मान गर्न र ऊनिहरुलाई जिम्मेवार हुन सबैले नागरिक दायित्व वहन गर्नु पर्छ!
आज हरेक पार्टिका नेताहरु २०-३० जना सुरक्षा कर्मि बेगर कहि कतै निस्किदैनन! यसको मतलव यिनलाई आफ्नै देशवासि प्रति भरोषा छैन! किन?
देश पुरै पार्टिकरण भयो, एकले अर्कोलाई मौका मिले सम्म छोड्ने वाला छैनन!
यिनका कार्यकर्तालाई यसरिनै स्कुलिग गरिएको हुन्छ! देश भाडमा जावस तर आफ्नो पार्टि सत्तामा हुनुपर्छ, यसरि कहिले देश ऊभो लाग्ने?
यहां कर्मचारि घुष बेगर एऊटा फाईल सार्दैनन, सेना र प्रहरि तिनै नेतालाई ब्रिफ केसमा पैसा टक्रयाऊन पुग्छन!
समाज पुरै तिनका आसेपासेको चंगुलमा छ!
गणतन्त्र लोकतन्त्र जे भन्नुस अझै पनि सामन्तवाद हटेको छैन, कानुन र नियम हुनेखानेहरुको हातमा छ!
अहिले मिडीयाबाजबाट केहि प्रसस्ति कमाएकाहरुलाई हेर्नुस एक से एक दादागिरी गर्दै छन, तिनीहरुलाई कन्ट्रोल मेकेनिज्ममा राख्न सकिएन भने भद्रगोल हुने दिन नजिकै छ!
चाहे त्यो रवि लामिछाने होस या वालेन, यस्ता भडासहरुले केहि गर्नेवाला छैनन!
यो पछिल्लो 20 बर्ष मा , नेपाल एक नम्बर बाट घटेर Number 2 पुगेको :- बिश्वमा World तोरी धेरै उत्पादन गर्ने देशहरु :- (१) Canada (2) Nepal नेपाल (3) बर्मा Myanmaar (४) USA (5) चीन china . (5) नेपालमा , 99 % मानिस हरुले , तोरीको तेलमा खाना बनाउछन , त्यसैले नेपाली खाना , आफ्नै किसिमको प्राकृतिक स्वादिष्ट र मिठो छ। (६) नेपालमा , भटमास , ओलिब या अरु कुनै पनि तेलमा खाना पकाए पनि , मिठो मान्दैनन। (७) नेपालको हजारौ बर्ष देखिको आफ्नै भनाई पनि छ :- ” नेपालीहरुलाई , तोरीको तेल खानैपर्छ , नत्रभने बलियो हुदैनन ” भन्ने। अर्को कुरा :- अरु तेलहरुले पकाएर नेपालीहरुले , मीठो मान्दैनन खादेनन। (6) नेपालमा , ओलिब तेल , छालामा लगाउने , कपालमा लगाउने प्रयोग गर्छन। तर , सकेसम्म , कपालमा पनि तोरीको नै तेल लगाउने गर्छन। (7) नेपालीहरुले , घर घरको त के कुरा ? तोरीको तेल बिना , रेस्टुरेन्टहरु पनि चलाउन सक्दैनन किनभने , नेपालको हजार थरिको खाना हरु सबै प्राकृतिक तरिकाले बनाउछन , कुनै ( Kemikal ) को प्रयोग गर्दैनन। त्यसैले पनि ( नेपाली खाना र तोरीको तेल सम्बन्धित छ ) त्यसैले प्रयोग गर्छन।
यो प्रजातन्त्र , राम राज्य आदि कुरालाई सिमित बनाएर किताब मै राख्दा ठिक होला , काम गर्ने हिम्मत भएका २,४ नेपालि ले गर्दा नेपालि , नेपाल चिनिएको छ। महेन्द्र ले हात मा लिएपछि पुर्ब पश्चिम राजमार्ग बनायो , सीमामा र तराइमा नेपालि रुपिया चलायो , तराइमा ठाउ ठाउमा पहाडी बस्ति बस्यायो , नेपाल लाइ संयुक्त रास्ट्र संघ को सदश्य बनायो , धेरै उद्द्योग , धन्दा नेपाल ल्यायो।
पछिका सासक ले गणतन्त्र सम्म आइपुग्दा डोको जत्रो भासन गर्ने , घुस खाने , लुट पात गर्ने काम मात्र गर्यो। भएको उद्द्योग धन्दा बेच्यो , साझा , ट्रली बस , हेटौडा कपडा , बास्बारी छाला सब धोस्त पार्यो। काम गर्न खोज्ने ले हाली मुहाली खोज्छ , ज्ञनेन्द्र ले कोसिस गरो क्ष्यमता ले भ्याएँ न , बेलैमा बुद्दि पुराएर छोड्यो , ओली कोसिस गरिरा छ , प्रचण्ड छिरेके हाली रा छ हेर्दै जाम भोलि के हुन्छ।
महेन्द्रको त्यो “कू” पछाडिको कारण अझै स्पस्त भयको छैन। कूमा परेको काङ्रेस भन्छ महेन्द्रले प्रजातन्त्रको हरन गरे। महेन्द्रले तेसो गर्नु परेको कारण काङ्रेसको सरकार राष्ट्र प्रति जिम्मेवार नभयको भन्छ। महेन्द्र र् काङ्रेस दुबै यक ठीक भय अर्को गलत हुने पक्ष हो। त् यो कुरामा निर्णय गर्ने भनेको नागरिक नै हो। तर नेपालको कुनै पनि शासकले आफ्नो बिरुद्ध मत दिने नागरिकलाई उनिहरुको निर्णयमा “ल्याप्चे मात्रै थोक्न पाउने सेरेमोनियल नागरिक” मात्रै मानेको छ्। यस्तो शासक र् नेता र् तिनका दलहरुले नेपालमा आआफ्नै “सोचतन्त्र” लाद्दै आयको छ्; आफ्नो बिरोध गर्ने र् आफुले बिस्थापित गरेको शासक र् ब्यबस्थालाई तानासाही अलोकतान्त्रिक भ्र्स्ताचारि असफल असछ्यम आदी मात्रै होईन भारतको दलाल पिथ्थु भयको आरोप समेत् लगाउन्दै।
२००७ देखि आज सम्मै यस्तै आरोपकै आधारमा पतक पतक् सरकार र् ब्यबस्था त् बदलियकोछ तर सरकार र् ब्यबस्था चलाऊने नायक महानायक् को अनुहार र् व्यबहार बदलियको छैन। यदि यकले अर्को माथि लगाईयको यस्तो आरोप सत्य नै हो भने नेपालमा आरोपितै आरोपितहरुको अनेकौ सुनाम दियको “कूतन्त्र” नै चल्दै आयकोछ् र् यस्तो कुनै पनि परिबर्तनमा नेपालीले शसकिय प्रवितिमा कुनै परिवर्तन आयको बा भयको अनुभुति समेत् गर्न पायको छैन। तेसैले नेपालीको परिवर्तनको परिवर्तन खोज्दै आयको हो। तर भयको कुनै पनि परिबर्तनमा नेपालीको चाहनाको भन्दा “भारतकै चाहनालेनै प्राथमिकता पाउन्दै आयको छ्”। अनि नेपालमा भारत र् भारतिय स्वार्थ मै हुने परिवर्तनको बिरोध नै अर्को बिरोध अर्को संघर्स र् अर्को परिवर्तनको कारण बन्दै आयको छ्।
२००७ सालमा बनेको सरकार र् ब्यबस्थालाई महेन्द्रले कू गरेको, २०४५को परिवर्तन, मावोबदिको बिरोध देखि अहिलेको ब्यबस्था समेत् यसैको उदाहरण बन्दै आयकोमा अहिले झन्डै दुई तिहाई बहुमत भयको नेकपा भित्रको कलह पनि नेपालले भारतले कब्जा गरेको लिम्पियाधुरा कालापानिको भुमि नेपालको भयको भन्दै नेपालको सम्बिधानमै समेतेर् नयाँ नक्सा बनायको लगतै सुरु भयको छ्;यस्लाई कुन आयङलले हेर्ने? नेपालको संबिधानमा भारतको चाहनालाई सम्बोधन गर्न लचकदार हुन नमानेको यमालेको नेत्रित्वको सरकारलाई अविश्वासको प्रस्ताव राखेर गिराउन्दै नेपालमा भारतको चाहनामा लचकदार भयको शेर बहादुर सित गथबन्धनको सरकार बनाउने प्रचन्द्र सित यमाले यकिक्रित भय पछि नेपालमा भारतको कूचाहनाको शसक्त बाधक बनेको यमालेनै भत्कियको छ् र् प्रचन्द्र र् पुर्वयमालेका बिच कलह समेत् हुँदै आयकोछ्। यस्ले पनि देखाउन्छ नेपालको शासन र् ब्यबस्थामा नेपालीको मतको चाहना भन्दा भारतकै चाहनाले प्राथमिकता पायको छ्। तेसैले नेपालमा कस्ले कस्तो ब्यबस्था किन फाले लादे भन्नेकुरा कसैको समर्थन आलोचना र् आरोपको कुनै अर्थनै छैन।