Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथाको उचाइ कति रे कति? तपाईँ पनि सुन्नुस् त, कतै बोली चिप्लिएको पो हो कि !

Posted on December 8, 2020December 8, 2020 by Salokya


यतिबेलासम्म तपाईँहरुले सगरमाथाको नयाँ उचाइ घोषणा भएको थाहा पाइसक्नुभयो होला। हजुर, समाचारहरुमा आए अनुसार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर घोषणा गरेका छन्।

सगरमाथाको उचाइ घोषणाको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। उचाइ घोषणा नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनबाट विदेश मन्त्री वाङ यीले भिडियो कन्फ्रेन्सबाट संयुक्त रुपमा गरेका थिए।

कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भएको थियो। यसको लाइभ स्ट्रिमिङ नापी विभागको युट्युबमा राखिएको रहेछ। त्यो सुन्दा अचम्म लाग्यो। तपाईँ पनि सुनिहेर्नुस् त, कतै मेरो कानले मात्र गलत सुनेको त होइन ?

पख्नुस्, पख्नुस्। कहिलेकाहीँ कानले सुनेका कुरा पनि गलत हुनसक्छन्। यसमा तपाईँले पटक पटक दोहोर्‍याउँदा पनि लास्टमा ‘एट थाउजेन्ड एट हन्ड्रेड फोर्टी एट प्वाइन्ट एट सिक्स’ भनेको नसुन्न सक्नुहुन्छ।

यो कसैले बिगारेर राखेको भिडियो होइन, नापी विभागको युट्युबमै क्लिक गरेर हेर्न सक्नुहुन्छ।

तर वास्तवमा परराष्ट्र मन्त्री ज्ञवालीले माथिको भिडियोमा सुनिए जस्तो बोलेका भने होइनन्। प्रमाण भारतीय मिडियाले राखेको यो भिडियोमा सुन्नुस्-

नेपाल टेलिभिजनको फेसबुक पेजमा पनि यो कार्यक्रम लाइभ स्ट्रिम भएको थियो। त्यहाँ पनि परराष्ट्र मन्त्रीले स्पष्ट रुपमा ‘एट थाउजेन्ड एट हन्ड्रेड फोर्टी एट प्वाइन्ट एट सिक्स’ नै भनेको सुनिन्छ। यहाँ क्लिक गरेर १९:३० देखि सुन्नुस्। अथवा तलको भिडियो हेर्नुस्।

https://www.mysansar.com/wp-content/uploads/2020/12/2020-12-08-22-55-23.mp4

नापी विभागको युट्युबमा चाहिँ कसले बिगारेछ परराष्ट्र मन्त्रीको बोली ? फोर्टी एट हुनुपर्नेमा फोर्टी मात्र कसरी सुनिन गएछ? प्राविधिकहरुले खोतल्लान् नि अब !

2 thoughts on “सगरमाथाको उचाइ कति रे कति? तपाईँ पनि सुन्नुस् त, कतै बोली चिप्लिएको पो हो कि !”

  1. Man Bahadur says:
    December 10, 2020 at 4:59 pm

    यो गलत अर्थ दिने भिडियोलाई हटाइहाल्नु पर्छ नापी विभागले युट्युबबाट

    Reply
  2. Rabin says:
    December 9, 2020 at 4:12 pm

    प्राविधिक समस्या हो भने ठ्याक्कै त्यहीमा मात्र किन यस्तो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme