Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, आइफोन १२ को लोभमा फेसबुक अकाउन्ट गुम्ला है !

Posted on December 7, 2020December 7, 2020 by Salokya

फेसबुकमा आइफोन १२ को लोभ देखाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड चोर्ने पासो थाप्‍न थालिएको छ।  ‘नेपाल टेलिकम’ को नाम र लोगो राखेर फेक पेज बनाई फेसबुकमा विज्ञापन गरी गरी यस्तो ‘फिसिङ’ आक्रमण गरिएको हो। माथिको विज्ञापन हेर्दा सोझासाझालाई साँच्चिकै नेपाल टेलिकमले क्रिसमसको अवसरमा आइफोन बाँड्न लागेको जस्तो लाग्न सक्छ। आइफोनको लोभमा तपाईँले त्यसमा दिइएको लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ फँस्नुभयो।

के हो फिसिङ?

फिसिङ भनेको साइबर क्राइम हो। पहिले पहिले (र अहिले पनि) कुनै नाम चलेको संस्थाको झैँ लाग्ने गरी इमेल, फोन वा एसएमएस पठाएर अरुलाई झुक्याएर गोप्य र संवेदनशील डेटाहरु जस्तै पासवर्ड, एटिएमको पिनकोड आदि माग्ने गरिन्छ। यसरी हात पारिसकेपछि त्यसको प्रयोग गरेर हानी पुर्‍याउने काम गरिन्छ।

अहिले फेसबुकमा विज्ञापनै गरेर यसरी फिसिङ गर्न थालिएको छ।

जस्तै माथिको विज्ञापनमा तपाईँले क्लिक गर्नुभयो भने खुल्ने पेज यस्तो हुन्छ-

झट्ट हेर्दा यो फेसबुककै पेज जस्तो लाग्छ। तर होइन, ध्यान दिएर माथि एड्रेस बारमा (रातो लगाएको ठाउँमा) हेर्नुस् त, त्यहाँ अर्कै ठेगाना छ। हुनुपर्ने https://www.facebook.com/ हो।

जब तपाईँले फेसबुककै पेज भन्ठानेर आफ्नो फेसबुकको युजर नेम र पासवर्ड त्यसमा हाल्नुहुन्छ, त्यो सीधै फिसिङ गर्नेकोमा पुग्छ। त्यसपछि उसले त्यही युजर नेम र पासवर्ड प्रयोग गरी तपाईँको फेसबुक अकाउन्ट कब्जा गर्छ।

त्यसैले आइफोन वा अरु केहीको लोभमा नफँस्नुस् है, बिताउला !

अनि अर्को एउटा पनि कुरा, यस्तो पोस्ट देख्नुभयो भने त्यसमा कमेन्ट गर्ने, सेयर गर्ने, रियाक्ट गर्ने काम नगर्नुहोला। यो झुटो हो, फेक हो भनेर पनि कमेन्ट नगर्नुहोला। त्यसो गरेमा झन् यो पोस्टको ‘इन्गेजमेन्ट’ बढ्छ र झन् धेरै सामु पुग्छ। बरु फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ।

त्यसो त फेसबुक आफैले विज्ञापन स्वीकार गर्नुअघि के कस्तो खालको पेज हो, बुझेर गर्नुपर्ने थियो। तर फेसबुकलाई पैसा कमाउनकै धन्दा,के ध्यान दिन्थ्यो !

 

3 thoughts on “सावधान, आइफोन १२ को लोभमा फेसबुक अकाउन्ट गुम्ला है !”

  1. dinesh says:
    December 8, 2020 at 2:00 pm

    नकिनेको चिट्ठा पर्दैन साथी हो । यस्तो कुरामा नभुलौँ ।

    Reply
  2. Naresh says:
    December 8, 2020 at 1:21 pm

    नेपाल टेलिकम के हेरिरहेको छ ? प्रहरीलाई भनेर कारबाही गर्नुपरो

    Reply
  3. Kabindra says:
    December 8, 2020 at 11:42 am

    कृपया ध्यान दिनुहोला। लोभले लाभ लाभले विलाप होला है।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme