Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झापाको भन्दै भाइरल भएको र्‍यालीको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

Posted on December 6, 2020December 6, 2020 by Salokya


झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ। यो फोटोको तथ्य के हो, हामीले खोजेका छौँ।

हिमानी शाह नामको यो फेसबुक ग्रुपमा ‘प्रधानमन्त्रीको गृहजिल्ला झापा पुरै उर्लियो गणतन्त्र विरुद्ध’ दावी गर्दै यो फोटो राखिएको छ।

त्यसैगरी कान्तिपुर दैनिक समाचार नामको यो फेसबुक ग्रुपमा पनि झापाको दावी गर्दै यो फोटो राखिएको छ।

अरु विभिन्न फेसबुक पेज, ग्रुप र व्यक्तिगत प्रोफाइलमा पनि यो फोटो राखिएको छ।

फोटोको तथ्य पत्ता लगाउन गुगलको रिभर्स इमेज सर्च प्रयोग गरी यो फोटो खोज्दा हामी अर्घाखाँची डट कमको एउटा पेजमा पुग्यौँ

२०७३ मंसिर १७ गते प्रकाशित यो समाचार  प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राइएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताहरुले बुटवलमा गरेको विरोध कार्यक्रमको हो।

सोही समाचारमा अरु फोटोहरु सँगै यो फोटो पनि रहेको छ-

बुटवलका पत्रकार कृष्ण खनालका अनुसार भाइरल भएको फोटो बुटवल-६, ट्राफिक चोकको हो। उनले पनि यो फोटो प्रदेश नामाकरण र लुम्बिनी प्रदेश टुकाउन नहुने माग राखी गरिएको सभामा सहभागीहरुको फोटो भएको बताए।

खनालका अनुसार फोटोमा बुटवलकाे तत्कालीन गणपति मिष्ठान्न भण्डार र एनसेलकाे क्षेत्रीय कार्यालय स्पष्ट देखिन्छ।

मंसिर २० गते सम्पूर्ण राष्ट्रवादी समाज, झापाको आह्वानमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो। यसबारे समाचार र फोटो/भिडियो विभिन्न मिडियामा आएका पनि छन्। तर सामाजिक सञ्जालमा भाइरल भएको फोटो झापाको नभई बुटवलको हो।

निश्कर्ष : सामाजिक सञ्जालमा राजावादीहरुले झापामा गरेको प्रदर्शनको फोटो भन्दै भाइरल भएको फोटोको दावी गलत हो। यो फोटो चार वर्षअघि सिमाङ्कनको विरोधमा बुटवलमा गरिएको सभाको हो। 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme