Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’ र ‘रासस’मा छापिएको फोटोमा भएको रमाइलो

Posted on December 3, 2020 by Salokya

हिजोको कान्तिपुर हेर्नुभो? पाँचौँ पेजमा एउटा राम्रो फोटो छापिएको छ। फोटोमा तोरीबारी हुँदै ब्याग बोकेका विद्यार्थीहरु स्कूल जाँदै गएको भनिएको छ। कपिलवस्तु शिवराज नगरपालिकाको यो फोटोमा क्रेडिट लाइनमा लेखिएको छ, सनिउल्ला धोबी/रासस।

रासस अर्थात् राष्ट्रिय समाचार समिति सरकारले सञ्चालन गरिरहेको समाचार एजेन्सी हो। निश्चित शुल्क तिरेर विभिन्न पत्रपत्रिका र अनलाइनहरु यसका ग्राहक हुन्छन्। यसवापत राससले समाचार र फोटोहरु ग्राहकहरुलाई दिन्छ। रमाइलो के भयो भने यो फोटो जसको नाममा छापियो, त्यो भन्दा अघि नै अरु कै नाममा स्थानीय पत्रिकामा छापिसकेको रहेछ।

यो हो गएको शनिबार कपिलवस्तुमा प्रकाशित ‘साझा न्युज’को पेज ६। यसमा सन्जय मल्ल/साझान्युज क्रेडिटलाइनमा यही फोटो छापिएको छ।

त्यतिमात्र हैन सञ्जय मल्लले आफ्नो फेसबुक पेजमा पनि गएको शुक्रबार यही फोटो राखेका छन्।

उनले यही ठाउँका अरु फोटो पनि फेसबुकमा राखेको देखिन्छ।

अझ रमाइलो के हो भने यो फोटोमा क्याप्सन चाहिँ उनले स्कूलबाट पढाइ सकेर घरतर्फ जाँदै लेखिएको छ। राससमार्फत् कान्तिपुरमा छापिएको फोटोमा भने ‘विद्यालय जाँदै’ पो लेखिएको छ।

कान्तिपुरमा छापिएको राससको फोटोमा त्यसैले दुई वटा गल्ती भए।

एक, फोटोग्राफरको नामै परिवर्तन भयो।
दुई, फोटोको विवरण गलत भयो। खिच्नेले पढाइ सकेर घरतर्फ जाँदै लेखेका छन् भने कान्तिपुर/राससमा भने विद्यालयतर्फ जाँदै पो लेखिएको छ।

छैन त रमाइलो ? 🙂

2 thoughts on “‘कान्तिपुर’ र ‘रासस’मा छापिएको फोटोमा भएको रमाइलो”

  1. Pingback: राससले गरेको अर्को रमाइलो- रातोपाटीको वाटरमार्कसहितको फोटो वितरण « Mysansar
  2. बासु says:
    December 3, 2020 at 6:30 pm

    कापुले फोटो फ्लिप गरेको भए क्याप्सनमा भनेझैँ मिल्ने थियो होला। त्यो पनि चुकेछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme