Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ग्लोबल आइएमइ बैँकले नचिनेको आइफोन :)

Posted on December 1, 2020December 1, 2020 by Salokya

ग्लोबल आइएमइ बैँकले सोमबार रमाइलो गर्‍यो। बैँकको फेसबुक पेजमा एउटा विज्ञापन राखिएको थियो- एप्पल प्रोडक्टहरु सून्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा दिने भनेर। त्यसमा आइफोनको फोटो राखिएको थियो। आइफोनको लोगो र आइफोन लेखिएको मोबाइलमा रमाइलो चाहिँ के भयो भने पछाडिको क्यामेरा चार वटा थिए।

पछाडिको क्यामेरा चार वटा भएका मोबाइलहरु बजारमा नभएका होइनन्। तर अहिलेसम्म पछाडिपट्टी चार वटा क्यामेरा भएको आइफोनका कुनै पनि मोडल बनेकै छैनन्।त्यस्तो मोडलको क्यामेरा उत्पादकले बनाएकै छैन भने बैँकले किस्तामा बेच्ने कुरा हुँदै भएन।

हो, यस्तो मोडलको आउला भनेर कल्पना गरिएका फोटोहरु भने इन्टरनेटमा प्रशस्तै पाइन्छन्। कुन चैँ अजासुले सर्च गरी टोपल्दा त्यस्तै फोटो भेट्यो होला र ग्राफिक्ससहित विज्ञापन बनाएर बैँकको फेसबुक पेजमा हालिदिएछ।

त्यसपछि त पेजमा बैँकलाई उडाउन थालिहाले नि। धन्न, अपलोड गर्नेले बेलैमा देखेछ र त्यो विज्ञापनलाई हटाइहाल्यो। अहिले त्यो चार वटा क्यामेरावाला फोटो हटाएर तीन वटा मात्र क्यामेरा भएको अर्को फोटोसहितको विज्ञापन राखिएको छ।

बैँकहरुको प्रचार विभाग हेर्नेहरुको क्रियटिभिटी किन यस्तो खालको हुन्छ कुन्नि ?

एनएमबी बैँकले पनि थाइ भिक्षुको फोटो राखेर समृद्ध नेपाल भन्दै विज्ञापन गरिरहेको धेरै भयो। त्यसबारे लेखेको पुरानो ब्लग यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

अनि मुक्तिनाथ बैँकको यो विज्ञापन हेर्नुभएको छ ?

अब यो विज्ञापन हेर्नुस् त-

5 thoughts on “ग्लोबल आइएमइ बैँकले नचिनेको आइफोन :)”

  1. Vishwas says:
    December 4, 2020 at 12:53 pm

    Ekdam hatar ma chorechha. Aru le thaha paulan vanera j vetyo tehi uthaechha. aru ramro khojda thaha paulan vanera hola. Exchange rate milena. India ko 10 din ko nepal ma 16 din hunchha. 1 din tax katechha ki kya ho?

    Reply
  2. अनुराधा says:
    December 2, 2020 at 12:29 pm

    कपि पेष्ट हत्तेरिका !

    Reply
  3. anjan says:
    December 2, 2020 at 11:39 am

    Yo Nepal ma dherai misleading ad haru prachar huncha…example
    https://worldlink.com.np/offer/5g_offer
    Yo 5G haina, 5GHz frequency to router.

    Kasari 5G bhanera advertise garna paincha.
    Salokya ji, yeska barema pani arko article publish garnus please.

    Reply
  4. सन्तोष says:
    December 2, 2020 at 1:54 am

    ??हैट नेपालीले धोतीको फिल्मको कथा मात्रै चोर्छ भन्या त विज्ञापन पनि चोर्नी रहिछ।??

    Reply
  5. देवेन्द्र बस्नेत says:
    December 1, 2020 at 6:18 am

    चोरेर बनाएको बिज्ञापन पनि कस्तो ताई न तुइको होl नेपालका बिज्ञापन बनाउनेहरुको दिमागलाई मान्नै पर्छl

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme