Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रानीपोखरीमा किन चलाउनु पर्ने र्‍याफ्टिङ ?

Posted on November 18, 2020November 18, 2020 by Salokya

लामो वादविवादपछि रानीपोखरी पुननिर्माण भयो। नत्र त रानीपोखरी हैन ‘रानीचौर’ भइसकेको थियो। जहिले यसको बिजोग हेर्दा लाजै मर्नु भइसकेको थियो। अहिले पानी भरिएको छ। मन्दिर यसअघिको हामीले देख्दै आएको भन्दा पुरानो शैलीमा बनेको छ। अनि रातिको लाइटिङ झन् गजबको देखिन्छ।

भाइटीकाको दिन वर्षमा एक पटक रानीपोखरी मन्दिर खोल्ने चलन थियो। बीचमा मन्दिरै नभएपछि यो चलन पनि कायम हुन सकेन। यस पटक भने पुननिर्माण भएको मन्दिर खुला गरिएको थियो। म पनि पुगेँ हेर्न।


काठमाडौँ महानगरपालिकाले मन्दिर भित्र जानेहरुका लागि मास्क अनिवार्य लगाउन माइकिङ गरिरहेको थियो। मन्दिर जानुअगाडि कर्मचारीले ज्वरो नापिरहेका थिए। जान र फर्कन अलग्गै लाइन बनाएको थियो।

गजब लाग्यो नयाँ मन्दिर र पानीसहितको पोखरी। तर पहिले जस्तो पुरै पानी भरिएको रहेनछ। पहिले त पोखरीमा हाँस र माछाहरु तैरिरहेका हुन्थे। हेर्दा आनन्द लाग्थ्यो। अहिले त्यो गर्न बाँकी छ।

मन्दिर र पोखरी राम्रै बनेको रहेछ। एक फन्को लगाएँ। बिझाउने कुरा चाहिँ पोखरीको पानी यति छिट्टै फोहर भइसकेको रहेछ- झार, लेउ लागेर।

अझ बिझाउने कुरा चाहिँ पोखरीमा र्‍याफ्टिङको डुङ्गा चलाइरहेको देख्दा लाग्यो। कसैकसैले पानीको झार सफा गर्नलाई डुङ्गा चलाएको भनिरहेका थिए सोसल मिडियामा। तर मैले ध्यान दिएर हेर्दा त्यसो थिएन। घुम्ने प्रयोजनका लागि चलाइएको थियो। मानिसहरु त्यसमा बस्दै सेल्फी खिचिरहेका थिए। एक ग्रुपलाई झारेर अर्को ग्रुपलाई बोकेर मन्दिर घुमाइरहेका थिए।

यति सानो पोखरी, जसमा पानीसमेत राम्रोसँग भरिएको छैन, त्यसमा नौका विहार गराउन हतार थिएन। नौका विहार गर्ने ठाउँ पनि होइन त्यो। त्यहाँ त हाँसहरु पौडिउन्, माछाहरु उफ्रिउन्- त्यो हेर्न पो मज्जा हुन्छ त। बरु एक जमानामा कति लाख पो हो खर्च गरेर पानीको फोहरा राखेका थिए– कता फालेका छन् त्यो अहिले कुन्नि। त्यो फोहरा संगीतको धूनमा नाचोस्, अनि पो गजब हुन्छ त। त्यो र्‍याफ्टिङको डुङ्गा त त्रिशुलीको बग्ने पानीमा मात्रै राम्रो हुन्छ हौ।

फोहर भएको पानी।

आकाशमा पूरै बादल भएकोले फोटो त्यति राम्रो आएन।

अर्को कोण।

मन्दिर राम्रो बनेको छ।

पारीबाट हेर्दा दरबार हाइस्कूल पनि देखिन्छ। राति लाइटिङ हुँदा गजब देखिन्छ ठाउँ।

तीन वर्षअघि यस्तो हालतमा थियो रानीपोखरी

पुरानो भिडियो

यो पनि
रानीपोखरीका ६ रोचक तथ्य, जसबारे तपाईँलाई थाहा नहुन सक्छ

रंगीबिरंगी बत्तीसहितको फोहरा चल्दाको पुरानो रानीपोखरी

4 thoughts on “रानीपोखरीमा किन चलाउनु पर्ने र्‍याफ्टिङ ?”

  1. Sarad Shrestha says:
    November 29, 2020 at 6:15 pm

    र्याफ्टिङ्ग, गरिन्छ र्याफ्ट चलाइन्छ ।

    Reply
  2. Ratna Thapa says:
    November 20, 2020 at 2:46 am

    नेपालीको बानी व्योहोरा कहिले सुध्रिएला। बल्ल तल्ल यस्तो राम्रो पोखरी बन्यो, यसमाथी मान्छे कुदाउने र पैसा कमाउने। अब एक, दुइ, तीन गर्दै दर्जनौं र्याफ़्टिङ्ग शुरु हुन्छ र पोखरी फोहोर हुन्छ, प्रदुषित हुन्छ, अपवित्र पनि हुन्छ। संचालकहरुबीच घमासान हुन्छ अनि फेरी पोखरी खत्तम। तपाइले भन्नु भए जस्तै अमेरिकाको नेभादामा रहेको लास भेगासको मध्यभागमा म्युजिकल डान्सिङ्ग फ़ाउण्टैन राखिएको छ, जुन हरेक साँझ परे पछि शुरु गरिन्छ र हजारौं मानिसहरु वरिपरि रेलिङ्गमा उभिएर सङ्गीतमा डुब्दै रंगी चंगी प्रकाशमा नाचेको फोहोरा हेरेर आनन्द लिन्छन। त्यस्तो कुनै र्याफ़्टिङ्ग हुदैन न कि कसैले फोहोर फाल्छन। महानगरपालिकाले कमाउने भाँडो बनाउनु बेर छैन अब रानी पोखरी। संरक्षण गर्नु अति जरूरी छ।

    Reply
  3. बासु says:
    November 19, 2020 at 12:58 am

    यति छिटो झार देखेर म त कुनै प्रयोजनकै कारणले लगाएको या राखेको होला भन्ने ठानेको होइन रहेछ?

    Reply
  4. Kamal Dhital says:
    November 18, 2020 at 9:51 pm

    महानगर लाई कसरी हुन्छ पैसा उठाउन छ नी त

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme