Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आहा, हिमाल हेरेरै दङ्ग !

Posted on October 30, 2020October 30, 2020 by Salokya


सगरमाथा ट्रेकिङ रुटमा अहिले म परिवार र साथीहरुसहित रहेकाे विगत केही दिनदेखिकाे ब्लगले थाहा पाइसक्नुभएकाे हाेला। हिजाे राति हामी नाम्चे आइपुगेका थियौँ र आज हामीले हिमालहरुलाई अझ नजिकबाट देख्यौँ।

बिहान सबेरै सूर्याेदय हेर्न भनेर त निस्कियौँ, तर के देखिनु ! बरु सूर्यकाे किरणले चुचुरा चुमेकाे हेर्न पायौँ। सगरमाथालाई अझ राम्राेसँग भेट्यौँ। सगरमाथाभन्दा गजब आकारकाे राम्राे हिमाल त आमादब्लम रहेछ। जति हेर्याे हेरुँ लाग्ने! आहा !

बिहानकाे खाजा खाएपछि हामी खुम्जुङतिर लाग्यौँ। त्यहाँकाे एभरेस्ट भ्यु हाेटलकाे भ्यु त बयानै गर्न नसकिने। तर त्यहाँ पुग्न थकाइ लाग्ने गरी उकालाे बाटाे चढ्दा भने साह्रै दिक्क लाग्ने। काेराेनाबाट मुक्त भएकाे एक महिना पनि नभई यात्रामा आएकाेले डर लागिरहेकाे थियाे। साथीहरुले जिस्क्याए पनि-काेराेना निकाे भएर नाम्चे आइपुग्ने विश्वकै पहिलाे व्यक्ति हाेस् तँ भनेर। हुन पनि काेराेना नेगेटिभ आएकाे केही दिनसम्म त सानाे भर्याङ चढ्दा पनि क्या थाकिने! यता दिनकै २० हजार पाइला हिँड्नु पर्ने, त्याे पनि उकालाेमा। नथाक्ने त कुरै भएन नि। तर त्याे थकान र दिक्दारी देखिने दृश्यले भने मेटाइदिने। हामीले भिडियाेमा प्रयाेग गरेकाे शब्द जस्ताे-मन सञ्चाे भयाे!

यात्रामै रहेकाे र यस पटक ल्यापटपकाे भारी नबाेकेकाेले यी शब्द माेबाइलमा टाइप गरिरहेकाे छु। नेट पनि भर छैन। हिजाे त रातिदेखि बिहान अबेरसम्म टेलिकमकाे टावरै टिपेन। त्यसैले हतार हतार यी शब्द टाइप गरेर पाेस्ट गरिहालेकाे। विस्तृत काठमाडौँ पुगेपछि। बरु याे तेस्राे दिनकाे भिडियाे हेर्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme