Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नजिकबाट हिमाल

Posted on October 28, 2020October 28, 2020 by Salokya

यसपालिकाे निरस दशैँबाट पार पाउन टिका सकिने बित्तिकै हिमाल नजिक जाने जमर्काे गरियाे। अहिले सिजन।  सामान्य अवस्था भए याे बेला सगरमाथा ट्रेकमा जान हामी जस्ताे नेपालीका लागि निकै गाह्राे कुरा हाे।  तर यसपालि काेराेनाका कारण सब खाली। त्यसैेले यति एयरलाइन्सले सस्ताेमा प्याकेज बेचेकाे रहेछ।  याे यात्राका लागि तयारी गर्दैगर्दा समाचार आयाे, साेलुखुम्बुमा काेभिड १९ पाेजिटिभ भेटियाे,  गाउँपालिका प्रवेश बन्द। 

लौ परेन बित्यास!  सपना मात्रै पाे हुने भाे।

गाउँपालिकाकाे वेबसाइट हेर्दै थिएँ, नयाँ सूचना देखियाे।  टीकाकाे दिनदेखि सुरक्षा सतर्कतासहित स्वदेशी र विदेशी नागरिकका लागि खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रवेश खुला गरियाे। तर पीसीआर चैँ ताेकिएकाे ठाउँबाट मात्र गर्नुपर्ने!

शर्त पूरा गर्नैपराे। काेभिड १९ पाेजिटिभ भइसकेकाे म।  नेगेटिभ आउने निश्चित।  तर पनि फेरि एक पटक नाक घाेचियाे। रिजल्ट बाेकेर आज बिहान उडियाे लुक्ला।  १३ जनाकाे ग्रुप भएकाेले तारा एअरकाे सिङ्गाे प्लेनै  आफ्नै ?

हतार हतार अगाडि छिरेर सिट कब्जा गरेकाे त!  क्रुलाई साेध्दा दुई तिरकै झ्यालबाट हिमाल देखिन्छ भनिन्।  तर बस्नु पर्ने बायाँ साइडमा रहेछ। बसियाे दायाँ। तर पनि केही फाेटाे झ्यालबाट खिचियाे।  अहाे,  कति गजबकाे दृश्य। नजिकै हिमाल।

यी शब्द फाक्दिङ पुगेर माेबाइलमा टाइप गरेकाे हुँ। बाँकी पछि लेखौँला।

https://m.facebook.com/story.php?story_fbid=10159107795660962&id=554540961

1 thought on “नजिकबाट हिमाल”

  1. Samar says:
    October 28, 2020 at 11:58 pm

    जन्मीयर जान्ने भए देखी आखा अगाडीका सेताम्य हिऊॅले ढाकीएका भव्य र जगमगाउदा सुन्दर हीमाल हेरेर जीवनका प्रारम्भीक १४/१५ वर्ष गाॅऊमा बिताइयो, आज हाम्रा हिमालहरू काला पत्थरमा परिणत भएका छन र हिऊॅले छोपीन पाऊने प्राक्रीतिक अधीकार छेऊका विशाल र महत्वाकांक्षी औधोगीक विकासको होडवाजी गरिरहेका देश भारत र चीनको वायु प्रदुषण, वनविनास अनि अनियन्त्रीत जनसंख्याब्रीदीको कारण ओजन तहको विनास र विश्वतापक्रम बढे सॅगै खोसिएकोछ। त्यस माथी पेरिस संझौताबाट हात झिकेका ट्रम चीनका विरुद्द लड्न भारकलाई चाहीने हतीयारको व्यपार गर्नका लागि भारतको ढाडमा धापमारेर जे मन लाग्छ त्यही गर भन्दै छन भने ऊता चीन संग फेरी ह्वाईट हाऊसको कुर्ची जोगाइ दीन लाचार याचना सहीत गोलोवल वार्मीगंको मुद्दामा चीनलाई मनपरी गर्ने मौका दिएकाछन् । धीक्कार छ यो ढोगीं प्रजातन्त्रलाई हाम्रा हिमालको सिरमा हिऊॅहुने नहुने कुराको छिनोफानो अमेरीकन चुनाव मार्फत हुनेछ र अमेरीकन चुनावको छिनोफानो रसियन र चिनीया ह्याकर मार्फत हुनेछ..!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme