Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दशैँका बीच संक्रमित गणना, अझै आधा संख्या काठमाडौँ उपत्यकाकै

Posted on October 24, 2020October 24, 2020 by Salokya


दशैँ लागिसकेपछि स्वास्थ्य मन्त्रालयले अपराह्न सवा ४ बजेतिर गर्ने गरेको नेसनल अपडेट हिजोदेखि पाँच दिनका लागि बन्द गरिसकेको छ। तर देशभर संख्या गणना जारी छ। स्वास्थ्य मन्त्रालयको वेबसाइट र सोसल मिडियामा अपडेट हुने गरेको छ। विगत २४ घण्टामा १३ हजार ८४६ पीसीआर परीक्षण भएको छ भने कूल संक्रमित संख्या २ हजार २२५ रहेको छ। १३ जनाको मृत्यु भएको छ। कुन जिल्लामा महिला पुरुष कति संक्रमित भए, माथिको नक्सामा माउस लग्दै हेर्न सकिन्छ। यो नक्सा ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्।

तथ्याङ्क अनुसार अझ पनि कूल संक्रमितको आधा संख्या काठमाडौँ उपत्यकाकै रहेको छ। काठमाडौँमा कूल ३७.३९% संक्रमित भेटिएका छन् भने दोस्रो स्थानमा ललितपुर ७.९१% रहेको छ। तेस्रो स्थानमा रुपन्देही ६.५२% रहेको छ।

प्रदेशगत रुपमा हेर्दा आज वाग्मतीमा कूल ५४.७% संक्रमित भेटिएका छन्।

सबैभन्दा बढी संक्रमित भेटिएको काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा अहिलेसम्म १९२ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या नै २० हजार नाघेको छ यहाँ। मृत्युमा भक्तपुर ५५ र ललितपुर ५४ रहेको छ।

यो नक्सा ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्।

उमेर समूहका आधारमा उच्च संक्रमण भएका १० जिल्लामा संक्रमितको स्थिति तलको चार्टमा हेर्न सक्नुहुन्छ। यो चार्ट ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme