Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै दिन अहिलेसम्मकै बढी ५ हजार ७४३ संक्रमित, आधाभन्दा बढी काठमाडौँ उपत्यकामा

Posted on October 21, 2020October 21, 2020 by Salokya


नेपालमा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यसअघि १० अक्टोबरमा ५ हजार ८ जना संक्रमित भेटिएको रेकर्डलाई आज ५ हजार ७४३ ले तोडेको हो। मृत्यु पनि अहिलेसम्मकै बढी २६ जना रह्यो। आज पीसीआर पनि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् २० हजार ११८ भएको छ। संक्रमितको संख्या मध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन्। सबैभन्दा बढी काठमाडौँमा ४१.६३% रहेको छ। काठमाडौँपछि सबैभन्दा बढी ललितपुरमा ९.४५ % रहेको छ। तेस्रोमा मोरङ ६.३६ % रहेको छ। पछिल्लो समयमा कास्कीमा पनि संक्रमितको संख्या उकालो लाग्दैछ। आज ३.०५ % संक्रमित कास्कीका छन्। रुपन्देहीमा ४.२० % रहेको छ। कुन जिल्लामा महिला/पुरुषको संख्या कति छ, माथिको नक्सामा हेर्नुस्। ठूलो पारेर हेर्न यता क्लिक गर्नुस्।

काठमाडौँ उपत्यकामा उमेर समूह अनुसार संक्रमितको तथ्याङ्क कस्तो देखिन्छ त? हेर्नुस् यो चार्ट-

Made with Flourish

यो चार्ट ठूलो पारी हेर्न यहाँ क्लिक गर्नुस्। यसमा देखिन्छ कि जोखिम उमेर समूह अर्थात् ६० वर्षभन्दा माथिका संक्रमितहरुको संख्या बढेको छ।

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या पनि अब बढेको छ। कूल १५ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङ एउटा जिल्लामात्रै सून्य संक्रमित जिल्लाका रुपमा रहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme