Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तथ्याङ्कमा कोरोनाभाइरस : जोखिम उमेर समूहमा संक्रमण बढ्दै

Posted on October 11, 2020 by Salokya


हिजो नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको थियो। तर आज भने त्यो संख्या घटेको छ। आज परीक्षणको संख्या घटेकोले पनि संक्रमितको संख्या घट्न पुगेको हो। हिजो १९ हजार ३२० कूल परीक्षण हुँदा ५ हजार ८ जनामा संक्रमण भेटिएको थियो अर्थात् २५.९२ % संक्रमण। आज भने १२ हजार ४२७ परीक्षण हुँदा २ हजार ५१ संक्रमित भेटिए अर्थात् १६.५० % मात्रै। हिजो शनिबार भएकोले पनि परीक्षण कम भएको हुनसक्छ। आज कुन प्रदेशमा कस्तो थियो संक्रमणको स्थिति माथि क्लिक गरी हेर्नुस्। ठूलो आकारमा नक्सा हेर्नका लागि यहाँ क्लिक गर्नुस्।

तथ्याङ्क केलाउँदा अक्टोबर ११ तारिखको तथ्याङ्क अनुसार कूल संक्रमितको ७०.९८ प्रतिशत वाग्मती प्रदेशमा रहेछ। यसको ठूलो संख्या काठमाडौँ जिल्लाको रहेको छ। यसले पनि देखाउँछ काठमाडौँमा संक्रमणको जोखिम कति धेरै बढेको छ।

अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने प्रदेशगत रुपमा यस्तो देखिन्छ-

माथिको नक्सालाई ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।

काठमाडौँ उपत्यकामा उमेर समूह अनुसार संक्रमणको स्थिति हेर्नुस्-

६० वर्षमाथिको जोखिम उमेर समूहमा पनि संक्रमणको स्थिति बढ्दै गएको देखिन्छ। माथिको चार्टलाई ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।

जोखिम उमेर समूहमा संक्रमणको स्थिति यो चार्टमा हेर्नुस्-

Made with Flourish

कुन जिल्लामा कति संक्रमित ?

अक्टोबर ११ तारिखमा कुन जिल्लामा कति संक्रमित भेटिए? हेर्नुस् तलको म्यापमा

माथिको म्याप ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।

कुन उमेर समूहमा कस्तो छ संक्रमणको स्थिति?

अहिलेसम्मको संक्रमणको तथ्याङ्क हेर्दा २० देखि ४० वर्षको उमेर समूहमा बढी संक्रमण भएको देखिन्छ। तर यसमा अरु केही कुरा पनि देखिएका छन्। जस्तै ८० वर्षमाथिको उमेर समूहमा प्रदेश २ मा भन्दा बढी संख्या प्रदेश १ मा संक्रमण छ। यो चार्ट ठूलो रुपमा हेर्न यहाँ क्लिक गर्नुस्।

Made with Flourish

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme