Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सच्याएको कि झारा टारेको? कान्तिपुरले पत्रिकामा समाचार सच्यायो, अनलाइनमा जस्ताको तस्तै

Posted on September 25, 2020September 25, 2020 by Salokya


‘कान्तिपुर’ राष्ट्रिय दैनिकले सोमबार (असोज ५, २०७७) छापेको ‘फिनसेन फाइल्सको नेपाल नाता’ सम्बन्धी समाचारलाई तीन दिनपछि बिहीबार झारा टार्ने हिसाबले सच्याएको छ।  ‘कान्तिपुर’ कै अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यसहितले लेखेको समाचार भए पनि यो समाचार खासमा कान्तिपुर आफैले बनाएको नभएर सिआइजे नेपाल अर्थात् खोज पत्रकारिता केन्द्र नेपालले तयार पारेको थियो। अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर असोज ४ गते रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसमा भएको तथ्यगत त्रुटिबारे मैले माइसंसारमा सोमबारै यो ब्लग लेखेको थिएँ- पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती यसको प्रभाव कस्तो पर्‍यो त?

सिआइजेले माफी माग्यो

सिआइजेले उक्त रिपोर्टको अन्त्यमा लेखेको थियो- ‘सेतीदेवी एक्सपोर्ट-इम्पोर्ट प्रालि नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘दर्ता भएको रेकर्ड भेटिएन’ भन्ने वाक्य भूलवश उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौँ।’

सिआइजेको यो रिपोर्ट अरु मिडियामा पनि छापिएको थियो। सबैभन्दा बढी महत्व दिएर छापिएको थियो- कान्तिपुर दैनिकमा। कान्तिपुरले यसलाई पहिलो पेजमा मुख्य समाचार बनाएर प्राथमिकताका साथ छापेको थियो।

तर कान्तिपुरमा छापिएको समाचारमा उक्त रिपोर्टका ठूलै अंश हटाइएका थिए। त्यसमा मूल रिपोर्टमा रहेका  मूल रिपोर्टमा रहेका बैँकहरुको नाम र केही कम्पनीहरु ‘एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज’ को नाम गायब पारेको थियो। यसबारे लेखिएको ब्लग- ‘फिनसेन फाइल्स’मा ‘कान्तिपुर’ले किन जोगायो बैँकहरुलाई?

यसबारे सोसल मिडियामा चर्चा भएपछि कान्तिपुरका सम्पादक सुधीर शर्माले स्पष्टीकरण दिएका थिए-

pic.twitter.com/eebA24p5t5

— Sudheer Sharma (@sudheerktm) September 21, 2020

अर्काइभ

‘कान्तिपुरले त्यति अंशमात्र छापेको हो, जसको सम्पादकीय जवाफदेहिता उसले वहन गर्नसक्छ,’ त्यो ट्विटमा लेखिएको थियो।

तर जति अंश छापिएको थियो, त्यसमा पनि तथ्यगत त्रुटि देखा पर्‍यो।

कान्तिपुरले ‘सम्पादकीय जवाफदेहिता वहन गर्न सक्ने’ गरी छापेको सम्पादित अंशको उपशीर्षकसमेत गलत ठहर भयो। त्यसमा ‘दर्ता नै नभएको कम्पनीले ल्यायो पैसा’ उपशीर्षकमा लेखिएको थियो-

मैले माइसंसारमा यो  कम्पनी दर्ता भएको प्रमाणपत्र नै सोमबार राखेको थिएँ। साथमा यस्तो किन भयो होला भनेर पनि लेखेको थिएँ- समाचार खोज गर्नेहरुले कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा सर्च गर्न नजान्दा ! सर्च गर्नेले सेतीदेवी भनेर सर्च गरे होला, राखिएको सेती र देवी छुट्याएर थियो। यसबारे विस्तृत यो ब्लगमा पढ्नुस्।

 

समाचार सच्याउँदा कान्तिपुरको रोचक भाषा

बिहीबार कान्तिपुरले यो समाचार सच्यायो। तर त्यसमा प्रयोग भएको भाषा पत्रकारिताका विद्यार्थी र शोधकर्ताहरुलाई उपयोगी हुने खालको छ। यसको भाषा बडा रोचक छ हेर्नुस्-

छैन त रोचक?

भाषा याद गर्नुस् है, कति दम्भ देखाउने खालको छ- कतै पनि क्षमा वा माफी शब्दको प्रयोग गरिएको छैन (सिआइजेले भने गरेको छ)। सूचना पढ्दा यस्तो लाग्छ, मानौँ-  तथ्यगत त्रुटि भएकै होइन, मात्र उतिबेला भनिने ‘मुद्राराक्षस’को गल्ती भएको हो। अर्थात् दर्ता भएको हुनुपर्नेमा दर्ता नभएको भनेर शब्दमात्र छुटेको हो ! जबकि उपशीर्षकमै दर्ता नै नभएको कम्पनी भनेर लेखिएको थियो।

यस्तै लेख्ने हो भने त कुन दिन पूरै गलत समाचार छापिँदा पनि भाषा यस्तो हुने होला- फलानो मितिमा फलानो शीर्षकको समाचार नछापिनुपर्नेमा छापिएकोमा सच्याइएको छ। 

कान्तिपुरले दर्ता भएको हुनुपर्नेमा दर्ता नभएको उल्लेख भएको भनेर गल्तीलाई सामान्य देखाउने प्रयास गरे पनि देशको नम्बर वान राष्ट्रिय दैनिकले कुनै एउटा कम्पनीमाथि दर्ता नै नगरी पैसा ल्याएको भन्ने गम्भीर आरोप लगाएको हो यो समाचारमा। खासमा समाचारमा त यो कम्पनीले टेक्सटायल निर्यात गरेर नै यो पैसा ल्याएको हो कि अर्कै काम वापत ल्याएको हो त्यो खोज गरिनु पर्थ्यो।  पैसा खासमा किन आएको हो, त्यो पैसा कहाँ प्रयोग गरियो- त्यो खोजिनु पर्थ्यो। किनभने बैँकिङ च्यानलबाट आएको रकम कुनै न कुनै रुपमा ट्रयाक भइहाल्छ।

यो समाचारमा एउटा मूल विषय के थियो भने फिनसेन फाइल्समा देखिएका डकुमेन्ट आफैमा अपराधको प्रमाण होइन, यो त अनुसन्धान र इन्टेलिजेन्स ग्यादरिङका लागि सहयोग हो। तर यो समाचारमा त सूचीमा नाम रहनुलाई नै ‘अपराध सरह’ प्रस्तुत गरिएको छ।

पत्रिकामा सच्याइयो, अनलाइनमा जस्ताको तस्तै

कान्तिपुरले पत्रिकामा पाठक पत्र छापिने कुनातिर झारा टार्ने गरी सच्याएको सूचना राखे पनि साँच्चिकै गलत गर्‍यौँ, यसलाई सुधार्नु पर्छ भनेर लागेको देखिएन।

किनभने कान्तिपुरको पत्रिकामा यस्तो सूचना राखिसक्दा पनि अनलाइनमा भने शुक्रबार बिहान यो ब्लग लेख्दासम्म समाचार जस्ताको तस्तै छ। 

के कान्तिपुरलाई तथ्यगत रुपमै गलत भएको समाचार सच्याउनुको अर्थ थाहा नभएको हो र ? माफी त मनले माग्ने कुरा हो, जबर्जस्ती गरेर हुँदैन। तर त्यो गल्ती सच्याउनुको अर्थ अनलाइनमा गल्ती जस्ताको तस्तै राखिरहनु हो र? यति सामान्य कुरा पनि नबुझेको हो कि बुझ पचाएको होला? तपाईँलाई के लाग्छ?

अरु अनलाइनहरुलाई वास्तै छैन

यो समाचार अरु विभिन्न अनलाइनहरुले पनि हालेका थिए। तर ती अनलाइनहरुले पनि मूल स्रोत अर्थात् सिआइजेले गल्ती सच्याइसक्दा पनि सच्याउने जाँगर चलाएका छैनन्।

उदाहरणका लागि शिलापत्र जसले यो समाचारलाई एक्सक्लुसिभ भन्दै हालेको थियो–

अनलाइनखबरमा पनि गल्ती जस्ताको तस्तै छ-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme