Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?

Posted on September 17, 2020September 18, 2020 by Salokya

अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा पोस्ट गरेको ‘डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने’ शीर्षकको समाचार हटाएको थियो। यसबारे मैले ब्लग लेखेको थिएँ ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार शीर्षकमा।

ब्लग लेख्दा त्यो समाचार खुलेको थिएन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुग्ने बनाइएको थियो। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।

तर आजै राति अबेर त्यो लिङ्कमा पुनः पेज खुल्ने बन्यो। तर त्यसमा रहेको समाचारको शीर्षक र सामग्री भने फरक भइसकेको थियो।

 

हाम्रोपात्रोमा भएको पुरानो समाचार शीर्षक।

  • अनलाइनखबरले सुटुक्क हटाएको समाचारमा के थियो? यहाँ क्लिक गरी पढ्नुस्
  • अहिले भने कस्तो देखिन्छ? यहाँ क्लिक गरी हेर्नुस्। (बिहीबार राति सवा ११ बजे लिइएको स्न्यापसट अर्काइभ)

पहिलेको र अहिलेको समाचारमा के फरक ?

शीर्षक :

पहिलेको शीर्षक- डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने
अहिलेको शीर्षक- सरकारले शुल्क निर्धारण नगर्दा अभिभावक अन्योलमा, धमाधम शुल्क उठाउँदै निजी विद्यालय

लिडलाइन :

पहिलेको लिडलाइन : ललितपुरको धोबीघाटस्थित डीएभी सुशील केडिया विश्व भारतीय स्कूलले लकडाउन र निषेधाज्ञाका बेला पढाउँदै नपढाएको बेलाको पनि शुल्क तिर्न ताकेता गरेको अभिभावकहरूको गुनासो छ ।

अहिलेको लिडलाइन : ललितपुरको धोबीघाटस्थित डीएभी स्कूल, जावलाखेलको सेन्ट जेभियर्स स्कुल, नक्साल–विशालनगरस्थित मल्पी सिटी स्कूल, हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुल लगायतले लकडाउन र निषेधाज्ञाका बेला पढाउँदै नपढाएको बेलाको पनि शुल्क तिर्न ताकेता गरेको अभिभावकहरूको गुनासो छ ।

फरक : पहिले एउटा मात्र स्कूलको नाम थियो, अहिले चार वटा स्कूलको नाम राखेर ‘लगायत’ थपिएको छ। पहिलेकोमा नामै गलत थियो- डीएभी सुशील केडिया विश्व भारतीय स्कूल। खासमा हुनुपर्ने भारती स्कूल थियो।

विश्वका अन्य देशहरुमा हुँदै आएको अनलाइन पत्रकारिताको अभ्यासहरु हेर्दा केही गम्भीर तथ्यगत गल्ती भएमा कारण वा जानकारी दिएर हटाउन वा सच्याउन सकिन्छ। तर त्यसो गर्नुभनेको लिङ्क नै नखुल्ने गरी डिलिट गर्नु होइन।  सोही लिङ्कमा यो समाचारमा यो सच्याइएको हो भन्ने वा यो कारणले समाचार हटाउनु परेको हो भन्न सकिन्छ।

यो त भयो विश्वका अभ्यास। नेपालको चाहिँ के छ त ?

नेपालको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने खण्डको बूँदा ८ मा यस्तो लेखिएको छ।

अनलाइनखबरले समाचार डिलिट नगरेर फेरि राख्नु राम्रो काम हो। नेपालको अग्रणी अनलाइन भएका कारण उसको यस्तो अभ्यासले अनलाइन पत्रकारिताकै गरिमा बढ्छ।

तर यसरी समाचारको शीर्षक र कन्टेन्ट परिवर्तन गर्दा एउटा सानो सूचना पनि कतै राखिदिएको भए अझ राम्रो अभ्यास हुने थियो कि !

अनलाइनखबरको सही अभ्यासका लागि मेरो तर्फबाट ताली !

 

 

2 thoughts on “अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?”

  1. dipes says:
    September 18, 2020 at 9:45 pm

    Old original News
    https://www.onlinekhabar.com/2020/09/896936?utm_source=Facebook&utm_medium=TwitterPost

    New changed content
    https://www.onlinekhabar.com/2020/09/896936

    Reply
  2. Pingback: ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme