Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार

Posted on September 17, 2020September 19, 2020 by Salokya

अपडेट : यो ब्लग तयार भएपछि यो विषयमा केही थप प्रगति भएका छन्। यो समाचार फेरि देखिएको छ तर के के परिवर्तन भए। पछिल्लो जानकारीसहितको नयाँ ब्लग यहाँ क्लिक गरी पढ्न सकिन्छ।

पुरानो ब्लग : अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा एउटा समाचार पोस्ट गर्‍यो। समाचारको शीर्षक थियो- डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने।

समाचारको लिङ्क यो थियो- https://www.onlinekhabar.com/2020/09/896936 तर अहिले तपाईँले यो लिङ्कमा क्लिक गर्नुभयो भने त्यो समाचार खुल्दैन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुगिन्छ। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।

डिएभीकै एक अभिभावकले मलाई यो कुरा सुनाए। मैले ह्या, होइन होला। अर्कै कुन साइट देख्नुभो होला अनि, अनलाइनखबरले पनि त्यस्तो गर्छ त भनेँ। उनले हो भनेर जिद्दी गरे।

उनले हाम्रोपात्रोमा चाहिँ त्यो न्युज छ। तर त्यसमा क्लिक गर्दा पूरा न्युज खुल्दैन भने।

‘ल त्यही भए पनि पठाउनु न।’

उनले त्यसो भनिरहँदा म कालिमाटीमा थिएँ। हेर्नु न कस्तो दुःखद। आजै लकडाउन खुलेको, आजै एउटा कारले मोटरसाइकललाई हानेर दुर्घटना भएको रहेछ। ‘स्पट डेथ भो’ भन्दै थिए मान्छेहरु। भिडभाडबाट जोगिँदै आफ्नो बाटो लागेँ।

घर आएर हेरेँ, उनले हाम्रोपात्रोको एउटा स्क्रिनसट पठाइदिए।

विश्वास लागेन। हाम्रोपात्रोको एपमै गएर खोजेँ। रहेछ, यस्तो देखियो।

त्यसमा भएको पूरा समाचार पढ्नुसमा क्लिक गर्दा भने समाचार खुल्दैन थियो। अनलाइनखबरको होमपेजमात्र खुल्थ्यो।

हाम्रोपात्रोले विभिन्न अनलाइनहरुको समाचारको शीर्षक र थोरै विवरण राख्ने गर्छ। अचेल यो हामीलाई एकदमै फाइदाको कुरा भा’छ। कसैले गलत समाचार हाल्यो भने उसको साइटमा गएर सच्याए पनि हाम्रोपात्रोमा भने जस्ताको तस्तै रहन्छ। कसैले समाचारै डिलिट गरे पनि त्यो यहाँ डिलिट हुन्न। किनभने त्यो अनलाइनले आफ्नो सर्भरमा मात्र कन्टेन्ट डिलिट गर्न सक्छ, अर्काको सर्भरमा गइसकेको कन्टेन्ट सच्याउन वा डिलिट गर्न सकिन्न।

समाचार राखेकै हो र अहिले हटाइएको हो भन्ने निश्चित भयो। कारण चाहिँ जसले गर्‍यो उसले बाहेक हामीलाई थाहा हुने कुरा भएन। अब यो पूरै कन्टेन्ट चाहिँ कहाँ पाइएला भनेर खोजी सुरु भयो।

अनलाइनमा एक पटक राखिसकेको सामाग्री पूरै कहिल्यै हट्दैन। कुनै न कुनै रुपमा त्यसको छाप रहिरहन्छ भन्ने सिद्धान्त छ।

खोज्ने क्रममा गुगलको क्यासमा गएर यो समाचार बसेको भेट्टाएँ। त्यसलाई अर्काइभ पनि गरिहालेँ।

अनलाइनखबरले सुटुक्क हटाएको समाचारमा के छ? यहाँ क्लिक गरी पढ्नुस्

कहिलेकाहीँ भने सर्भर सार्दा वा अरु प्राविधिक कारणले पनि समाचार पुरानो लिङ्कमा नखुल्न सक्छ। त्यो अर्कै कुरा भयो। तर यहाँ त्यो केस हो जस्तो लाग्दैन।

अब अर्को प्रश्न तर्फ लागौँ- के समाचार हटाउन पाइन्छ?

विश्वका अन्य देशहरुमा हुँदै आएको अनलाइन पत्रकारिताको अभ्यासहरु हेर्दा केही गम्भीर तथ्यगत गल्ती भएमा कारण वा जानकारी दिएर हटाउन वा सच्याउन सकिन्छ। तर त्यसो गर्नुभनेको लिङ्क नै नखुल्ने गरी डिलिट गर्नु होइन।  सोही लिङ्कमा यो समाचारमा यो सच्याइएको हो भन्ने वा यो कारणले समाचार हटाउनु परेको हो भन्न सकिन्छ।

यो त भयो विश्वका अभ्यास। नेपालको चाहिँ के छ त ?

नेपालको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने खण्डको बूँदा ८ मा यस्तो लेखिएको छ।

अनि डिएभीले अभिभावकहरुलाई पठाएको मेसेज पनि ती अभिभावकले मलाई पठाइदिए। यस्तो रहेछ-

2 thoughts on “‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार”

  1. Rajendra Man Singh says:
    September 19, 2020 at 9:03 pm

    These Indian owned schools like many other private schools are predatory, and especially Indian owned businesses do not have any empathy towards Nepal or Nepalese. That is why the Nepali government should bar foreign investment in education and health sectors.

    Reply
  2. Pingback: अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme