भदौ १३ गते भक्तपुरको सूर्यविनायकमा एक डेरी सञ्चालकले दूध सडकमा पोखाएको फोटो सामाजिक सञ्जालमा छायो। आइतबार चाहिँ अनलाइनखबरमा समाचार आयो- ‘दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’
तर दूध पोख्ने व्यक्तिको परिवारले भने वास्तविकता त्यस्तो नभएको बताएका छन्। यो घटना मिडियामा आएको जस्तो होइन भन्ने जानकारी पाएपछि मैले डेरी सञ्चालकसित मोबाइलमा सम्पर्क गर्ने प्रयास गरेको थिएँ। एक रात प्रहरी हिरासतमा राखिएका उनी निकै डराएका रहेछन्। फेरि पुलिसले दुःख दिने पो हो कि भन्ने डर रहेछ उनलाई।
तर उनकी छोरी रीता भने बोल्न तयार भइन्। प्रहरीले दिएको दुःख एक ठाउँमा छ, मिडियाले पनि आफूलाई नै पीडित बनाएकोले उनीहरुको मन झन् दुखेको रहेछ।
उनका अनुसार भदौ १९ गते शुक्रबार राति रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठलाई प्रहरीले सोधपूछका लागि भनेर लिएर गएको थियो। सरकारको विरोध गरेको, माथिको आदेश आएकोले समातेको, छाड्न मिल्दैन, मुद्दा हाल्छौँ भन्दै प्रहरीले धम्क्याएको उनको आरोप छ।
खासमा भएको के थियो त ?
उनका अनुसार रानीकोट डेरीले काभ्रेका किसानहरुबाट दूध खरिद गर्थ्यो। अहिले निषेधाज्ञाका कारण निश्चित समय मात्र पसल खोल्न पाइने। दूध बिक्री भइरहेको थिएन। तर संकलन भइसकेको दूध फर्काउन मिल्ने स्थिति थिएन। बिक्री नभएका कारण फाट्ने स्थिति आइसकेको थियो। पसल खोल्न नदिने, दूध बिग्रिन लागिसक्यो के गरौँ भनेर सोध्दा ‘पोखिदे’ भन्ने जवाफ पनि सुने।
दूध त यसै बिग्रियो, त्यसै बिग्रियो भन्ने सोचे मनोजले। अनि साँच्चिकै सडकमा लगेर पोखिदिए।
यो कुरा त्यति ठूलो इस्यु हुन्छ जस्तो नलागेको रीता बताउँछिन्।
दूध पोखाउँदा पनि आफ्नै नोक्सान भएको थियो। त्यहाँमाथि पक्राउ गरेपछि अर्को तनाव।
त्यहाँमाथि मिडियाले अर्को तनाव थपिदिएकोमा उनको गुनासो रहेछ। ‘भाइरल हुनलाई पोखेको भनेर न्युज आयो। हामीसित कसैले पनि सोधेको छैन। बुबाले त्यसो भन्नुभएको पनि होइन’, रीताले भनिन्।
उनका अनुसार प्रहरीमा पनि आइन्दा यस्तो नगर्ने भनेर मात्र कागज गरिएको थियो। त्यसमा भाइरल हुन पोखेको तर उल्टै गाली खाएको भन्ने केही कुरा नै थिएन।
अनलाइनखबरको समाचारमा भने ‘…भाइरल हुन दूध पोखेको तर सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया नपाएको बयान श्रेष्ठले प्रहरीसमक्ष दिएका थिए’ भन्दै ‘उनले भाइरल हुन खोज्दा गाली र सस्ती भोग्नुपरेको बताए’ लेखिएको छ। समाचारमा आइतबारै विदाइ भएर महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका डिएसपी चक्रराज जोशीको भनाईसमेत राखिएको छ।
समाचार प्रहरीतिरको मात्र एकतर्फी कुरा सुनेर बनाइएको तर आफूहरुको कुरा, आफूहरुको दुःख, र आफूहरुलाई परेको मर्काका बारेमा चाहिँ बेवास्ता गरेकोमा उनको मिडियाप्रति गुनासो छ।
हुन पनि हो, एक शब्द किन पोखेको भनेर पनि पोख्नेलाई सोधिदिएको भए समाचार अझै राम्रो हुन्थ्यो होला।
सुरुमै तीन महिनाभन्दा लामो समय गरिएको लकडाउनले आर्थिक अवस्था तहसनहस बनाइसकेको थियो। फेरि सुरु भएको नयाँ किसिमको लकडाउनका कारण अर्को संकट निम्तिएको छ। घरभित्रै थुनेर मात्र यो संकटबाट पार पाउने उपाय रोज्ने हो भने यसले थुप्रैलाई मर्नु न बाँच्नु बनाइदिने निश्चित छ।
दूध पोखाउनेको दुःख पनि मिडियाले सुनिदिएको, बुझिदिएको भए हुन्थ्यो। सामाजिक सञ्जालमा त कुरा नबुझी एक पक्षीय रुपमा पनि विश्लेषण हुनसक्छ। तर मिडियाले त सबै पक्ष विचार गरेर समाचार लेख्नुपर्ने होइन र ! बिचरा त्यो डेरीका साहुले दूध पोखाउँदा नोक्सान त उनकै भएको हो नि। के गर्नु त बेच्न पनि नपाउनु, यत्तिकै राख्दा पनि बिग्रन्छ, नपोखून् त के गर्नु। नपोखे पनि फाटेपछि त्यो दूध आखिरमा फ्याँक्नै पर्ने थियो। खान नपाउनेलाई बाँडेको भए पनि हुन्थ्यो होला नि। तर कहाँ कसरी बाँड्ने। बाँड्न मिल्ने गरी खुला भएको भए त बेच्न पनि जान सकिन्थ्यो होला।
दूध पोखाएर विरोध विश्वका विभिन्न देशहरुमा हुन्छ। तर सँगसँगै त्यसरी खाने चिज नष्ट गरिएको देख्दा मानिसहरुको मन पनि दुख्छ र यस्तो विरोध प्रदर्शनको विरोध पनि हुन्छ। तर अहिलेको स्थितिमा दूध पोखाउनु पर्ने परिस्थिति पनि दुःखद नै छ।
बिचरा डेरी साहुलाई तनावै तनाव।
एक त दूध नबिकेर नोक्सान भएको तनाव।
दोस्रो, दूध पोखायो, सरकारको विरोध गर्यो भनेर प्रहरीले पक्रेर लगेर थुनामा राखेर मुद्दा हाल्छु भनेर दिएको तनाव।
तेस्रो,भाइरल हुनलाई दूध पोख्यो भन्ने समाचार आएर तनाव।
तनावै तनाव !
उनी भन्दै थिइन्, के गर्ने जसको कोही छैन, जो निमुखा छन्, उसैले चाहिँ दुःख पाउने रहेछ !
Well said हरिहरजी ! ‘पढेलेखेका संग धेरै उपाए हुन्छ हजुर। तर ground reality को हेक्का छोड्छ ।’
सकिन्छा सकिन्छा कान्छा तर तेत्रा फ्रिज पनि हुना पर्ला नि ता |
Onlinekhabar aajkaal masala samachar banayer janata laai dukh dindai chha.
एउटा डेरी सँग कति दुध हुन्छ, अनुमान गर्नुस्।
अनि दहि बनायो रे, १ हप्तामा अमिलो हुन्छ, ढुसी लाग्छ, दाउराको सत्यनास।
घिउ बनाउन कति दुख्छ, त्यो पनि कति बनाउने। त्यो डेरी घिऊ बनाउन design गरेको होइन।
कति स्टोर गर्ने। फ्रिज कहाँबाट लियर आउने।
पढेलेखेका संग धेरै उपाए हुन्छ हजुर। तर ground reality को हेक्का छोड्छ।
त्यो डेरीवाला बेबकुफ जस्तो किन लाग्छ मान्छेलाई। उसलाई तेती सामान्य कुरा थाहा नभएको होला त।
खाने मुख लाई जुँगा ले छेक्दैन र जाहा इच्छा त्यहाँ उपाय भने जस्तै दुध फाल्नु सट्टा बरु दहि , घिउ , मखन जस्ता उपभोग्य बस्तु बनाएर 1×2 दिन पछि बेच्ने वा फ्रिज मा राखेर 2×4 हप्ता मा बेच्न पनि त् सकिन्छा नि /