Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ?

Posted on September 6, 2020 by Salokya

२०७७ भदौ २० गते शनिबार रमाइलो देख्न पाइयो। पाठक उख्खुमै रिसाएपछि मूलधारे दुई मिडियाले आफ्ना हेडलाइन फेर्न बाध्य भए। एउटा थियो अन्नपूर्ण पोस्ट। यो पत्रिकाले शनिबारको अङ्कमा अन्तिम पेजमा ‘आमा बन्दै श्वेता’ शीर्षकमा समाचार राखेको थियो। यही खबर आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको थियो। 

सामान्यतया नेता र अन्य राजनीतिक खबरमा हेडलाइनमात्र पढेर मानिसहरु खास कुरा के हो नबुझी त्यसैका आधारमा विचार बनाएर प्रतिक्रिया दिइरहेका हुन्छन्। तर यो केसमा भने फरक कुरा देखियो।

पाठकहरुले हेडलाइन मात्र पढेनन्, हेडलाइनमा क्लिक गरेर त्यसभित्र के लेखिएको छ पनि पूरै पढे। पूरै पढिसकेपछि पो पाठकहरुले थाहा पाए, श्वेता आमा त बन्दै हुन्, तर फिल्ममा। वास्तविक जीवनमा होइन। आफूलाई झुक्याइएको महसूस गरेपछि उनीहरु रिसाए। अनि अन्नपूर्णको फेसबुक पेजमा त्यसलाई व्यक्त गर्न थाले।

एक हजारभन्दा बढी कमेन्टहरुमा अधिकांश आक्रोश, गाली थियो- गलत हेडलाइन हालेको आरोप लगाउँदै। कतिले जिम्मेवार मिडियाले युट्युबको जस्तो हेडलाइन हालेको पनि भने।

तीव्र आलोचना भएपछि अन्नपूर्ण पोस्टले सुटुक्क हेडलाइन परिवर्तन गरी ‘आमाको भूमिकामा श्वेता’ राख्न बाध्य भयो। तर हेडलाइन परिवर्तन गरिएको बारे सानो सूचनासमेत राख्न आवश्यक ठानेन। हेर्नुस् अर्काइभ लिङ्क। 

ठ्याक्कै यही प्रकृतिको घटना भयो इकान्तिपुरमा पनि।

इकान्तिपुरले  ७० करोड युरो तिर्न नसक्दा बार्सिलोना छोड्न सकिनँ : मेस्सी शीर्षकमा समाचार राखेपछि मेस्सीका फ्यानहरु आक्रोशित भएका थिए। यो हेडलाइन सही जस्तो भए पनि गलत अर्थ लाग्ने किसिमको थियो। थप यो ब्लगमा पढ्नुस्- ‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ  ।

यो ब्लग प्रकाशित भएपछि इकान्तिपुरले आफ्नो समाचारको शीर्षक परिवर्तन गरी ७० करोड युरो ‘रिलिज क्लज’ का कारण बार्सिलोना छोड्न सकिनँ : मेस्सी राखेको छ। समाचारको अन्त्यमा ‘पाठकहरुको प्रतिक्रियालाई सम्मान गर्दै’ यस्तो लेखिएको छ- *यसअघिको शीर्षकमा ‘रिलिज क्लज’ छुटेकोमा सच्याइएको छ । यसअघिको शीर्षकले गलत अर्थ लाग्‍न गएको भन्ने पाठकहरुको प्रतिक्रियालाई सम्मान गर्दै ‘रिलिज क्लज’ थपिएको हो।

यसबाट अब सिक्नु पर्ने पाठ के हो भने, अहिले पत्रकार भन्दा पाठक बाठा भइसके। पाठकलाई झुक्याउन खोज्नु मूर्खता हुनेछ। तर कान्तिपुरले झैँ गल्ती सच्याएको सूचना हाल्न भने अरु मिडियाले अझै सिक्नुपर्ने देखिन्छ।

 

1 thought on “शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ?”

  1. Sharan Awal says:
    September 16, 2020 at 5:21 pm

    Messiko lekh maa headline correction gare pani ajhai pani tyo headline mildaina. Release clause kheladi le tirne hoina, jun club le kheladi lai kinna chahancha, tyo club le purano club lai tirera kheladi kinne ho. Yaha ta kheladi le release clause tirna nasakeko jasto po suniyo ta.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme