Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्पतालले नै ‘गर्भवती’ गराइदिएको ?

Posted on September 4, 2020September 4, 2020 by Salokya

आजको गोरखापत्रमा एउटा अनर्थ लाग्ने वाक्य भएको समाचार आएको छ। गोरखापत्रको तेस्रो पेजमा छापिएको समाचारमा ‘अस्पतालले सुरक्षित गर्भवती गराएको’ उल्लेख छ। गर्भवती त पुरुषले गराउने हो, अस्पतालले त प्रसूति (बच्चा जन्माउने क्रिया) गराउने पो हो त। तर समाचारमा भने दुई ठाउँमा ‘गर्भवती गराएको’ उल्लेख छ। 

त्यसो त अस्पतालले पनि कृत्रिम गर्भाधान गराएर गर्भवती गराइदिन नसक्ने होइन। तर समाचार हेर्दा त्यस्तो देखिन्न।

समाचारमा धुलिखेल अस्पतालमा बच्चा जन्माएको उल्लेख छ। तर समाचारको लिडलाइन (पहिलो वाक्य) र प्रवक्ताको भनाईमा भने ‘गर्भवती गराएको’ लेखिएको छ।

जोखिम मोलेर अस्पतालले कोरोना संक्रमित महिलाको  सुरक्षित रुपमा प्रसूति गराएको यो सकारात्मक खबरलाई यसरी अनर्थ लाग्ने शब्द राखेर किन गोरखापत्रले छापेको होला? अचम्म छ।

2 thoughts on “अस्पतालले नै ‘गर्भवती’ गराइदिएको ?”

  1. Milan says:
    September 5, 2020 at 12:21 am

    Timilsina ko Nepali!

    Reply
  2. गम्भीर says:
    September 4, 2020 at 10:59 pm

    पत्रकारिता र सम्पादनमा कुनै मापदण्ड नभए पछी यस्तो हुन गएको हो|
    जँहासम्म गोरखापत्रको प्रश्न छ, धेरै पहिले नै यसको पुन नामाकरण गरेर जुन पार्टी सत्तामा आउछ त्यसैको मुखपत्र राखिनु पर्ने थियो| पत्रकार र सम्पादकलाई कुनै एक्सन लिईयो कि ए एस्तै भएछ भनेर छाडिदिए?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme