Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँका सबै नगरपालिकाहरुको वेबसाइट हिजैदेखि ‘डाउन’

Posted on August 30, 2020August 30, 2020 by Salokya

हाम्रा मेयर विद्यासुन्दर शाक्यले भदौ ३ गते अपील निकालेर ‘एक हप्ताभित्र ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गरिने’ बताएका थिए। एक हप्ता त भइसक्यो, कता बनाएछन् हेरौँ भनेर हिजो भदौ १३ गते राति काठमाडौँ महानगरपालिकाको वेबसाइट kathmandu.gov.np हेर्न खोजेको, खुल्दै खुलेन। मेरैमा केही समस्या भएको होला भनेर त्यति वास्ता गरिएन। आज भदौ १४ गते दिउँसो साढे १ बजे खोल्दासमेत खुलेन। अब चाहिँ शंका लाग्यो र मेरोमा मात्र हो कि सबैतिर हो भनेर चेक गर्ने वेबसाइट downforeveryoneorjustme.com मा गएर हेरेँ। 

मेरोमा मात्र होइन रहेछ, सबै ठाउँमा डाउन रहेछ काठमाडौँ महानगरपालिकाको वेबसाइट।

अब यसो छरछिमेकका नगरपालिकाहरुको वेबसाइट हेरौँ न त भनेर हेरेको, काठमाडौँ उपत्यकाभित्र रहेका स्थानीय तहका यी वेबसाइटहरुमध्ये कुनै पनि वेबसाइट दिउँसो साढे १ बजेसम्म खुलेका देखिएनन्-

 

कागेश्वरी–मनोहरा नगरपालिका

कीर्तिपुर नगरपालिका

गोकर्णेश्वर नगरपालिका

चन्द्रागिरी नगरपालिका

टोखा नगरपालिका

तारकेश्वर नगरपालिका

दक्षिणकाली नगरपालिका

नागार्जुन नगरपालिका

बुढानिलकण्ठ नगरपालिका

शंखरापुर नगरपालिका

काठमाडौँका नगरपालिका मात्र हो कि छिमेकी जिल्लातिरको पनि हो भनेर ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको पनि हेरेँ। त्यहाँका वेबसाइटहरु पनि खुलेनन्।

अरु केही जिल्लाका स्थानीय तहका वेबसाइटहरु पनि हेरेँ, केही खुले, धेरै खुलेनन्। स्थानीय तहका वेबसाइटहरुको सूची यहाँ छ।

कोभिड-१९ को संक्रमण बढिरहेका बेला सूचना सम्प्रेषणका लागि स्थानीय तहहरुले यी आधिकारिक वेबसाइटहरुको प्रयोग व्यापक बनाउनु पर्ने हो। तर हाम्रै काठमाडौँ महानगरपालिकाको वेबसाइटको पारा देख्दा अचम्म लाग्छ। चाहिने सूचनाहरु नै राखिएको हुन्न। अरु नगरपालिकाहरुको पनि पारा उस्तै हो।

त्यही भएर होला हिजो रातिदेखि नै यति धेरै वेबसाइटहरु डाउन हुँदा पनि कसैलाई वास्तै छैन।

अपडेट : स्थानीय निकायका वेबसाइटहरु अहिले साँझ ५ बजे हेर्दा चल्न थालेका देखिए। संघीय मामिला तथा प्रशासन मन्त्रालयले मन्त्रालयका प्राविधिक तथा सूचना प्रविधि विभागका प्राविधिकहरुको सहकार्यमा स्थानीय तहहरुको वेबसाइटमा आएको समस्या हाललाई समाधान भएको ट्विट गरेको छ।

यस मन्त्रालयका प्राविधिक तथा सूचना प्रविधि विभागका प्राविधिकहरुको सहकार्यमा स्थानीय तहहरुको वेबसाइटमा आएको समस्या हाललाई समाधान भई वेबसाइटहरु सुचारु भएको व्यहोरा अनुरोध गर्दछौं ।
धन्यवाद ।

— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (@mofaganepal) August 30, 2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme