Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वलाई नै मूर्ख बनाएको त्यो एउटा ‘मिसन’

Posted on August 20, 2020 by Salokya

फेसबुकले सात वर्षअगाडिको एउटा समाचार सम्झाइदियो। सात वर्षअगाडि आजकै दिनमा आएको यो समाचारमा मलाई पनि ट्याग गरिएको रहेछ।  यो पत्रिकाले मात्र हैन, मैले पनि यो विषयमा ब्लगहरु बनाएको थिएँ। एउटा ब्लग फर्कन नपाउने भन्दाभन्दै पनि मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि शीर्षकमा लेखेको थिएँ। त्यतिबेला । नेसनल जोग्राफिकदेखि लस एन्जलस टाइम र फक्स न्युज सम्मले यसबारे खबर दिएका थिए। तर पछि पो साबित भयो, यो त विश्वलाई मूर्ख बनाउने एउटा गफमात्रै रहेछ। 

नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले त्यतिबेला एउटा महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको थियो- मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउने। अरु स्पेस मिसनभन्दा फरक यसको विशेषता के थियो भने त्यहाँ पठाउनका लागि अन्तरिक्ष यात्रीहरु विश्वभर प्रतिस्पर्धाबाट छानिँदै थियो। यही विशेषताका कारण विश्वभरका मिडियाले यो प्रक्रियालाई चासो दिएर हेरेका थिए।

गफ त फेरि कम्ता थिएन। खासमा यो संस्थाले मंगल ग्रहमा मानव बस्ती नै बसाउने भनेको थियो। यसका लागि पहिलो लटमा चार जनालाई सन् २०२३ मा उडाउने भनिएको थियो। त्यसैका लागि विश्वभरबाट १८ वर्ष पूरा भएकाहरुबाट लागि दरखास्त आह्वान गरिएको थियो। चार जना छान्नकै लागि चार जना नेपालीले पनि निश्चित शुल्क डलरमा तिरेका थिए। त्यो रकम पनि खेर गयो।

त्यसो त त्यतिबेला नै केही वैज्ञानिकहरुले यो सम्भव नहुने योजना भन्दै आलोचना गरेका थिए। तर पनि नौलोपनाका कारण मिडियामा यो आकर्षणको विषय बनिरह्यो। तर पछि नतिजा त देखियो। फोर्ब्सले गत वर्षको फेब्रुअरीमा ‘विश्वलाई मूर्ख बनाउने फेक मिसन’ भन्दै यो विषयमा लेखेको छ।

मार्स वन भेन्चर्स नामको यो बेलायती कम्पनीलाई सन् २०१६ मा स्विस फर्मले किनेको थियो। जनवरी १५, २०१९ मा यसको खातामा २५ हजार डलरभन्दा कम रहेको भन्दै टाट पल्टेको घोषणा गरिएको थियो। स्विट्जरल्यान्डको अदालतमा यस्तो घोषणाको कागजात पूरा गरिसकेपछि यो कम्पनी अब खारेज भइसकेको छ।

मंगल ग्रहमा वान वे टिकट दिने भन्ने यो कम्पनी त बन्द भयो तर चन्द्रमामा जग्गा बेच्नेदेखिका अनेकन कम्पनीहरु अझै अस्तित्वमै छन्। यदाकदा नेपाली मिडियामा पनि यस्ता कम्पनीबाट ‘ठगिएका’हरुको बखान आउने गर्छ। उदाहरणका लागि यो पढ्नुस्- चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, चन्द्रमाको जग्गा बेच्ने भनी मुर्गा बनाउने दलालहरुको कर्तुत यस्तो छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme