Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तरकारी बजारमा पोर्न ‘बिक्री’?

Posted on August 20, 2020August 20, 2020 by Salokya

हाम्रो सरकारले देशका सप्पै नागरिक चरित्रवान होउन्, नराम्रा नहोउन्, इन्टरनेटमा फोहरी कुराहरु हेरेर समय नकटाउन्, राम्रा राम्रा कुराहरु मात्र हेरुन् भनेर फोहरी  वेबसाइटहरु नेपालमा खोल्नै नमिल्ने गरी ब्लक हान्देको धेरै भइसक्यो। तर सरकारी वेबसाइटमै त्यस्तो पोर्न लिङ्क भेटियो भने के होला?

नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालिमाटी तरकारी बजारमा अश्लील  (पोर्न) वेबसाइटका लिङ्कहरु राखिएको छ भन्दा तपाईँ पत्याउनु हुन्छ ?

मैले पनि पत्याएको थिइनँ।

तर प्रविधिबारे बुझेका एक व्यक्तिले यसबारे जानकारी दिएपछि मैले पनि खोजेर हेरेँ। नभन्दै हो रहेछ। यो साइटमा लुकाएर ११ वटा पोर्न वेबसाइटका लिङ्कहरु राखिएका छन्। नेपाल सरकारले पोर्न साइटहरु ब्लक गरेको भए पनि यी सबै पोर्न साइटहरु भने ब्लक भएको देखिएन। 

वेबसाइटको थोक मूल्य विवरण लेखिएको ठाउँमा क्लिक गर्दा यस्तो पोर्न साइट खुल्ने गरेको छ। वेबसाइटको भ्यु सोर्समा हेर्दा यस्तो देखिएको छ।

वेबसाइट बनाउनेको सुरक्षा कमजोरीका कारण कसैले अनधिकृत रुपमा यी पोर्न लिङ्कहरु हालेका हुन् कि कसैले जानीजानी भन्ने बारेमा चाहिँ सम्बन्धित कार्यालयले नै खोज्नु पर्ने देखियो।

इन्टरनल लिङ्क एनालाइजरबाट खोजी हेर्दा भने  ११ वटा यस्ता पोर्न लिङ्क वेबसाइटमा भेटियो।

सरकारले ब्लक नगरेका पोर्न लिङ्कहरु हाल्देर यो घर बस आदेशमा रमाइलो गर्न उक्साएको त हैन तरकारी बजारले ? कि कसो ?

यसअघि पर्साको जिल्ला समन्वय समितिको वेबसाइटमा पनि पोर्न कन्टेन्ट भेटिएको थियो। त्यतिबेलाको ब्लग हेर्नुस्- सरकारी वेबसाइटमा के देखियो यस्तो छ्या छ्या छ्या !

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme