Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फुच्चेले केरेको जस्तो चुच्चे नक्सासहितको लोगो सांसदलाई

Posted on August 17, 2020August 17, 2020 by Salokya

आज सामाजिक सञ्जालमा भाइरल भएको यो फोटो खासमा के हो भनेर कसैले नभनेको भए कुनै फुच्चेले कपिमा कोरेर रङ लगाएको भन्ठान्थे होलान्। तर यो इकान्तिपुरमा प्रकाशित समाचारमा राखिएको फोटो हो। यो सुन र चाँदीसहितको  एउटा कै ५५ सय पर्ने सांसदहरुलाई बाँडिएको चुच्चे नक्सासहितको लोगो रहेछ। सांसदहरुले आफ्नो पहिचानका लागि लुगामा लगाउने लोगो। 

समाचार अनुसार एक तोला चाँदीको बेसमा दुई लाल सुन राखेर बनाइएको यो लोगोको फोटो सार्वजनिक हुने बित्तिकै बिल्ला हुन थाल्यो। खासगरी रङ लगाएको तरिका, नेपालको नक्सामा राखिएको चुच्चो हाँसउठ्दो खालकै छ।

धेरैले उडाए यो लोगोलाई। सरकारलाई पनि के रहर लागेको होला- सुन र चाँदीकै लोगो बनाउनु पर्ने गरी। यसअघि सामान्य खालको लोगो चलेकै थियो त। सुन र चाँदी राखेर नसकी नसकी आकार दिन परेको किन होला? जुन धातु प्रयोग गर्दा सजिलै आकार आउँछ, त्यो धातु राखे भइगो नि।

नेपालले निशान छापमा चुच्चे नक्सा राखेपछि संघीय संसदको लोगो पनि परिवर्तन भएको थियो। त्यही परिवर्तित लोगो अनुसार यो सांसद लोगो बनाइएको हो।

लोगोको तीब्र आलोचना भइरहेकै बेला राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले आफ्नो फेसबुकमा यसबारे केही जानकारी राखेका छन्। उनले लेखेका छन्- यसका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुनुहुन्छ। उहाँले यसअघिको लोगाे पनि डिजाइन गर्नुभएकाे थियाे।

हो, यसका डिजाइनर मुखिया भएको त कान्तिपुरमा यसअघि नै समाचार आइसकेको थियो।

कान्तिपुरमा प्रकाशित समाचार अनुसार मुखियाले दुई खालको ‘लोगो’ संसदमा बुझाएका थिए। एउटामा जौको बालाले घेरिएको प्रतीक चिह्न थियो, अर्कोमा महिला–पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा। तर जौको बालाले घेरिएको लोगो स्वीकृत भएन।

पौडेलका अनुसार लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्याेग कार्यालय, ललितपुरमा रहेका कालिगडहरुले हातले कुँदेर (हस्तकला) तयार पारेका हुन्।

उनले राखेको फोटो भने भाइरल भएको फोटो जत्तिको झुर चाहिँ देखिन्न। तर ध्यान दिएर हेर्ने हो भने झण्डामा पोतिएको रङ र चुच्चो भने बिजोगै देखिने रहेछ।

6 thoughts on “फुच्चेले केरेको जस्तो चुच्चे नक्सासहितको लोगो सांसदलाई”

  1. Milan says:
    August 18, 2020 at 6:10 am

    Nepali kaala ko utkrishtta upahaas ho yo.
    K bijog gareko?

    Reply
  2. shyam says:
    August 18, 2020 at 5:35 am

    quality le nai batauchha bhartachar bhayo hai bhanera.

    Reply
  3. Navin Rayamajhi says:
    August 17, 2020 at 10:55 pm

    किन यस्तो बिजोग गरेको होला?

    Reply
  4. विनोद शेरचन तामाङ says:
    August 17, 2020 at 8:42 pm

    यो के खेलाँची हो? पर्यटन बर्षको यतीको लोगो पनि त्यस्तै भयो र अन्त्यमा गएर क्यान्सिल गर्नपर्‍यो|
    जसजस्ले रिभ्यु गरे र पास गरे, उनीहरुको गैरजिम्मेवारीपन र हेल्चक्राई भएको प्रष्टै छ| सभामुख अग्नी सापकोटाज्युले जवाफदेही बनेर दोषीहरुलाई दण्डित नगरे फेरि यस्तै दोहोरी रहनेछन| चार कक्षाका विद्यार्थीले पनि यो भन्दा राम्रो बनाउन सक्छन| कसरी हुनगयो यस्को छानवीन गर्नपर्छ, कि पैसाको चलखेल हुनपर्छ, कि नाता वा नत्र भने लापरवाहीको|
    सबैमा यस्तै भईरहेको छ्| कसरी भन्ने अरनीकोको देश र कला कृतिको थलो? लाजमर्नु|एकातिर नेताहरु पद र भागबण्डामा वाद र सम्बादमा ब्यस्त, अर्कातिर कर्मचारीहरु अकर्मण्यतामा ब्यस्त|संसदमा खटिएका कर्मचारीहरुको अरु सँग समन्वय गरेर सहमति जुटाउने हुती नभएको हो वा वेवास्ता गरिएको हो बुझ्नपर्‍यो| कोरोनाका कहरमा समय टन्नै हुनपर्ने हो|
    जो यो लोगो निर्माण सँग सम्बन्धित छन, जिम्मेवारी छन, वा जिम्मेवारीबाट भागेका छन, उनीहरुको लापरवाही र “यस्तै हो” र “भईहाल्छ” भन्ने प्रबित्तिलाई अन्त्य गर्न दुई प्रोमोसन रोक्का होस, बिदेश भ्रमण दशबर्षलाई रोक्का,अनि मात्र सबक सहित भविष्यमा यस्तो गल्ती नदोहोराउन अरुले पनि पाठ सिक्नेछन|
    तुरन्त पुनर्वालोकन र कार्वाही गरिएन भने पहिले यतीको लोगो जस्तै अलिक दिन पछी साम सुम हुन्छ र फेरी अर्को कतातिर यस्तै दोहोरिन्छ|

    Reply
  5. RABI KIRATI says:
    August 17, 2020 at 8:10 am

    yati banauna ni najanne kaligad lai kina banauna lagako hola nepalma aaru ali janne kohi thiyena hai bichara jai desh jai Nepal..

    Reply
  6. madan bajracharya says:
    August 17, 2020 at 6:27 am

    यो लोगो हेर्दा त् नेपाल अर्निकोको देस भनेर कोही पत्याउनै सक्दैन।लोगोमा देखायको नेपाल इनिहरुको सोचको नेपाल जस्तै होला तर biswalaaii मोहित बनाउने प्रक्रिरिको सुन्दर मुहार जस्तै भयको अर्निको जस्तै शिल्पकारको देस जस्तो देखिन्दैन। अव चुच्चो थपेको नेपालको नक्सा कै कुरा गर्ने हो भने यो नक्सामा चुच्चो थपेको त् मात्र भारत सित नत्मस्तक हुने इनिहरुको अनुहार छोप्न र् नेपालीलाई उल्लु बनाएर भुत थुत्न मात्रै हो। तेसो नभयको भय भारतलाई म्याद कितेर तैँले कुन आधारमा नेपालको भुमि आफ्नो कब्जमा राखेको हो तेस्को प्रमाण पेस गर भनेर पत्र होईन पुर्जि थम्याउन्थ्यो, त्यहा बाटो बनाउने काम तुरन्त रोक भन्थ्यो र् संयुक्त राष्ट्र संघमा भारतले नेपालको भुमि कब्ज्याउन्दै अबैधानिक तरिकाले फोज परिचालन गरेर बाटो बनाउन्दै गरेको जानकारी दिन्दै त्यो भुमि नेपालको भयको प्रमाण पेस गर्थ्यो।

    नेपालको त्यो भुमिको बारेमा मात्रै होईन अन्तरराष्ट्रिय कानुन मिचेर पुर्व देखी पश्चिमआ सम्मै सडक भनेर बाँध बनाएर नेपालको भुमि र् नेपालीलाई दुवाउन्दै आयको पनि राष्ट्र संघलाई जानकारी गराउन्थ्यो। कुरा यतिमै तुङिन्दैन इनिहरुले देवताको पाला देखी सम्भन्द भयको भनेको भारतले कोशी नदिमा कोशी सम्झौता बिपरित पाइलत् च्यानल बनाएर भारत पुगी सकेको पानी नेपाल फर्कायर नेपाल दुवाउन्दै आयकोमा पनि ससक्त बिरोध गर्दै तैले कोशी सम्झौता पालना नगरेकोले त्यो कोशी सम्झौता किन खारेज नगरने भनेर प्रश्न पनि गर्थ्यो।

    यो बाहेक नेपालको भुमि कब्ज्यायर त्यहा सैनिक तैनाथ गर्ने भारतको सेनामा नेपाली गोर्खालीलाई किन भर्ती गर्न दिन्दै गरेको; कालापानिमै भारतलाई नेपाली गोर्खाली सेना तैनाथ गराउन?

    नेपालको नदी थुनेर नेपाल दुवाउन्दै आउने भारतलाई बिरातनगरमा सप्त्कोसी उच्च बाँध बनाउने कार्यालय् किन खोल्न दियको हो इनिहरुले; त्यो बान्ध बनाउन दिने सन्धि त् भयकै छैन!!!

    इनिहरुको राष्ट्रवाद देशको सार्व्भौम अधिकार र् सम्मानको निमित हुँदै होईन नेपालीलाई उल्लु बनाएर भोट् थुत्न मात्रै हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme