Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरियो पासपोर्टले सतायो? धन्दा नमान्नुस्, अब रङ फेरिने भो

Posted on August 2, 2020August 17, 2020 by Salokya

सर्वसाधारणले बोक्ने नेपालको पासपोर्ट अहिले हरियो रङको छ। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर हुने बेला आउँदैछ। किनभने नेपालले पासपोर्टको रङ परिवर्तन गर्ने निर्णय गरिसकेको छ। साउन २६ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो। 

कुन देशको पासपोर्टको रङ कस्तो? साभार : brightside.me

विश्वमा चार रङको पासपोर्ट प्रचलनमा छ- हरियो, नीलो, कालो र रातो। हरियो रङको पासपोर्ट अधिकांश मुस्लिम देशहरुले प्रयोग गर्छन्। तर नेपालको अहिले चलिरहेको साधारण मानिसले बोक्ने पासपोर्ट पनि हरियो रङको थियो।

राजपत्रमा प्रकाशित नयाँ नियमावली अनुसार अब साधारण पासपोर्टको रङ चकलेटी खैरो हुनेछ।

अहिलेको कुटनीतिक राहदानीको रातो रङलाई कायमै राखिएको छ। विशेष राहदानीको आकाशे नीलो रङ पनि कायमै छ। सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ। विदेशस्थित नियोगमा खटिजाने कर्मचारीका लागि यस्तो राहदानी दिन लागिएको हो।

चकलेटी खैरो रङ अब तपाईँ हामी जस्ता सर्वसाधारणले पाउने राहदानीको रङ हुनेछ।

त्यसो भए हामीसँग अहिले भएको हरियो रङको पासपोर्ट चाहिँ के हुन्छ त? नियमावली अनुसार नयाँ पासपोर्ट छपाई प्रयोगमा नल्याएसम्म पुरानै रङको पासपोर्ट जारी गर्न र प्रयोग गर्न बाधा पर्ने छैन।

कुन देशको पासपोर्टको रङ कस्तो छ? हेर्नलाई यहाँ क्लिक गर्नुस्। 

 

1 thought on “हरियो पासपोर्टले सतायो? धन्दा नमान्नुस्, अब रङ फेरिने भो”

  1. Srn Das says:
    August 17, 2020 at 12:18 am

    एक बर्ष अगाडी 10000 तिरेर बनाए अब फेरी अर्को पासपोर्ट बनाउनु पर्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme