सर्वसाधारणले बोक्ने नेपालको पासपोर्ट अहिले हरियो रङको छ। त्यसैले ‘हरियो पासपोर्ट’ भनेर कविता, कथा, लेख, गीत प्रशस्तै बनेका छन्। अब ती सामग्री डेट एक्सपायर हुने बेला आउँदैछ। किनभने नेपालले पासपोर्टको रङ परिवर्तन गर्ने निर्णय गरिसकेको छ। साउन २६ गते नेपाल राजपत्रमा प्रकाशित राहदानी नियमावली २०७७ ले पासपोर्टको रङ परिवर्तन गरेको हो।
कुन देशको पासपोर्टको रङ कस्तो? साभार : brightside.me
विश्वमा चार रङको पासपोर्ट प्रचलनमा छ- हरियो, नीलो, कालो र रातो। हरियो रङको पासपोर्ट अधिकांश मुस्लिम देशहरुले प्रयोग गर्छन्। तर नेपालको अहिले चलिरहेको साधारण मानिसले बोक्ने पासपोर्ट पनि हरियो रङको थियो।
राजपत्रमा प्रकाशित नयाँ नियमावली अनुसार अब साधारण पासपोर्टको रङ चकलेटी खैरो हुनेछ।
अहिलेको कुटनीतिक राहदानीको रातो रङलाई कायमै राखिएको छ। विशेष राहदानीको आकाशे नीलो रङ पनि कायमै छ। सर्भिस राहदानी भनेर सुन्तला रङ थपिएको छ। विदेशस्थित नियोगमा खटिजाने कर्मचारीका लागि यस्तो राहदानी दिन लागिएको हो।
चकलेटी खैरो रङ अब तपाईँ हामी जस्ता सर्वसाधारणले पाउने राहदानीको रङ हुनेछ।
त्यसो भए हामीसँग अहिले भएको हरियो रङको पासपोर्ट चाहिँ के हुन्छ त? नियमावली अनुसार नयाँ पासपोर्ट छपाई प्रयोगमा नल्याएसम्म पुरानै रङको पासपोर्ट जारी गर्न र प्रयोग गर्न बाधा पर्ने छैन।
कुन देशको पासपोर्टको रङ कस्तो छ? हेर्नलाई यहाँ क्लिक गर्नुस्।
[polldaddy poll=10593949]
१ रङ फेर्दैमा नियति फेरिने होइन । पासपोर्टको रङ हेरेर हैन वाहकको देश हेरेर व्यवहार हुने हो ।
२ पहिले छापिएका र प्रयोगमा नगएका अर्थात व्यक्तिलाई नबेचिएका के गर्ने ? सकियो ? कि फाल्ने ?
३ मौज्जात भए कमिसनकै लागि छापिएका निकम्मा बनाउने र फेरि अर्को कमिसन हसुर्ने बहाना बनाउने ?
४ अहिले सुधार भए बेग्लै कुरा नत्र जतिबेला आफूले बनाइयो त्यो बेलाको भोगाइमा परराष्ट्र मन्त्रालयको अस्तव्यस्तता, शौचालनको दुरावस्था, घण्टौं त के दिन बित्ने लइन कहिले सुधार्ने ? एक अर्थमा भन्ने हो भने परराष्ट्र मन्त्रालय एउटा नर्क नै थियो । प्रमुख नगरी नहुने त यी हुन् कि ?? सामान्य बैंकले गर्ने टोकनको व्यवस्था समेत परराष्ट्रले गरेको थिएन ।
५ दक्षिण एसियाकै सबै भन्दा महङ्गो राहदानी हो नेपालको । त्यो पनि ३२ पाने । धेरै यात्रा गर्नेलाई वर्षदिन पनि नपुग्ने ।
६ अनलाईन फारम पनि सिटिंगमा चल्ने । डाउनलोड गर्यो र टाइप गर्यो प्रिन्ट गरेको मिलेन भनेर दलालै पोष्ने । स्वदेश त के विदेशमा पनि भाइ-भतिजा दलाल राखेको देख्ने भुक्तभोगी पनि परियो ।
७ राहदानी फेरेर हैन राहदानीको मनोवल उच्च पार्ने भावनाले काम गर्न रङ्ग फेर्नै पर्दैन । कमिसन, राजनीतिक अपराध, राज्यबाटै गरिने नियोजित लुटले नेपाली शीर सगरमाथा जस्तो उचो होइन गहिरो दुर्गन्धित खाडीमा जाकिएको छ । पहिले त्यो सुधारे अनि भनौंला स्यावास सरकार ।
पासपोर्टको रङमात्र फेरेर के गर्ने , नागरिक हरुको चेतना,नियत,शिक्षा,सस्कार र ढङ परिवर्तन गर्न पाए पो हुन्थियो ।
32 pana, 10 barsa, kaam nai chaina business garne manche haruko lagi…baru pana badhaunu…gadha chor haru
पासपोर्ट को रङ्ग ले के गर्ने हो? पहिले देश धनी हुनु पर्यो.