Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुस्सु बनेका मिडिया : अरुण तेस्रोको भन्दै आफू पनि झुक्किए, पाठकलाई पनि झुक्याए

Posted on August 9, 2020August 9, 2020 by Salokya

नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा ‘संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो’ क्याप्सनसहित एउटा फोटो राखिएको छ। समाचारमा प्रयोग गरिएको यो फोटो साँच्चै अरुण तेस्रोकै हो कि होइन भन्ने विषयमा हामीले फ्याक्टचेक गरेका छौँ। 

नयाँ पत्रिकाको पहिलो पेजबाट हामीले यो फोटोमात्र क्रप गरी गुगलमा रिभर्स इमेज सर्च गर्दा सरकारी अखबार गोरखापत्र दैनिकदेखि रातोपाटीसहित थुप्रै अनलाइनहरुमा यही फोटो अरुण तेस्रोको समाचारमा उपयोग भएको पायौँ।

यो फोटोको वास्तविक स्रोत खोज्दै जाने क्रममा हामीले एउटा लोगोसहितको फोटो भेट्टायौँ। यही फोटो क्रप गरेर मिडियामा आएका थिए। फोटोमा Nhoo Photography को लोगो थियो।

यही लोगोको आधारमा खोज्ने क्रममा फेसबुकमा यही नामको एउटा पेज फेला पर्‍यो, जहाँ ३० डिसेम्बर २०१३ मा यही फोटो अपलोड भएको रहेछ। फोटोको क्याप्सनमा भने मिडियामा जस्तो अरुण तेस्रो होइन, माथिल्लो तामाकोशी आयोजना लेखिएको छ। दोलखाको लामाबगरमा खिचिएको फोटो रहेछ यो।

फोटो खिच्ने न्हूजः सायमि पनि हाम्रो सम्पर्कमा आए। उनले यो फोटो २८ नोभेम्बर २०१३ मा माथिल्लो तामाकोशी आयोजनामा कार्यरत छँदा खिचेको बताए।

‘यो फोटो माथिल्लो तामाकोशीको ड्याम कन्स्ट्रक्सन एरिया, लामाबगरको हो। क्यानन ११०० डी क्यामेराबाट धेरै वटा फोटो खिचेर स्टिच गरेर प्यानोरामिक बनाएको हुँ’, उनले भने, ‘यसको raw फाइल नै मसित छ।’

माथिल्लो तामाकोशीमै कार्यरत छँदा आफूले खिचेको फोटो धेरैले कपि गरेर लग्ने क्रममा पत्रकारहरुको हातमा पनि पुगेको उनले बताए। फोटो प्रयोग भएकोमा उनलाई कुनै आपत्ति छैन। तर मिडियाले कुन ठाउँको फोटो हो भनेर खोज्दै नखोजी एक ठाउँको फोटोलाई अर्को ठाउँको भनी भ्रममा पारेको उनलाई ठीक लागेको छैन।

उनीसित गरिएको कुराकानी सुन्नुस्।

लामाबगरस्थित माथिल्लो तामाकोशीको हालको फोटो। सौजन्य : विक्रम श्रेष्ठ

लामाबगरस्थित माथिल्लो तामाकोशीको हालको फोटो। सौजन्य : विक्रम श्रेष्ठ

निश्कर्ष : नयाँ पत्रिका, गोरखापत्र, रातोपाटी लगायतका विभिन्न मिडियामा अरुण तेस्रो दावी गर्दै छापिएका फोटो गलत हुन्। यो फोटो अरुण तेस्रोको नभई माथिल्लो तामाकोशीको हो।  न्हूजः सायमिले खिचेका फोटोबाट उनको लोगो काटेर मिडियाले प्रयोग गरेका हुन्।

@salokyaa

##nepalfactcheck ##factcheck #mysansar.com #mysansar ##salokya #nayapatrika ##Gorkhapatra ##FakePhoto

♬ original sound – salokyaa

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme