Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा दुई हप्ता ‘सटडाउन’बारेका खबर भ्रामक, खासमा केही सेवा बन्द हो, सहर होइन

Posted on August 7, 2020August 7, 2020 by Salokya

२०७७ साउन २३ गते शुक्रबार एउटा समाचार सोसल मिडियामा भाइरल भएको छ। थुप्रै अनलाइन मिडियाहरुले काठमाडौँ उपत्यका दुई हप्ता ‘सटडाउन’ गरिने उल्लेख गरेका छन्। लकडाउन खुला भएसँगै काठमाडौँमा दिनदिनै बढिरहेको संक्रमणले जोखिम बढाएपछि फेरि लकडाउन हुने/नहुने अनुमान चलिरहँदा ‘सटडाउन’को समाचार भाइरल भएको हो। के हो यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

 

अनलाइन मिडिया रातोपाटीले काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै शीर्षकको समाचार राखेको छ जुन उसकै आधिकारिक फेसबुक पेजबाट शुक्रबार साँझसम्म ३७५ सेयर भएको छ। १९ सय वटा रियाक्सन र ८७ कमेन्ट छन्। समाचारमा भक्तपुरकी सिडिओ हुमकला पाण्डेलाई उद्‍धृत गर्दै आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको उल्लेख छ।  समाचारमा ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने र अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेलाई उद्‍धृत गर्दै लेखिएको छ।

मिरियम वेबस्टरका अनुसार  अङ्ग्रेजी शब्द सटडाउनको अर्थ कुनै काम वा गतिविधि बन्द वा निलम्बन गर्ने हो। उपत्यका सटडाउन भनी अनलाइन मिडियाहरुमा आएका शीर्षकले उपत्यका नै बन्द हुने खालको भ्रम पनि फैलाएको छ।

तर कान्तिपुरसितको अन्तर्वार्तामा काठमाडौँका सिडिओ जनकराज दाहालले सटडाउनको अर्थ खुलाउँदै भनेका छन्-

जोरबिजोर प्रावधान गाडीको मोबिलिटीमा ‘सटडाउन’ चाहिँ हो । राति ९ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी आवागमन निषेध गरिएको छ । लकडाउन खुलेपछि रात्रिकालीन आवागमन ह्वात्तै बढेको पाइयो । यसले समाजमा संक्रमण फैलिने जोखिम देखायो । होटल/रेस्टुराँमा मापदण्ड उल्लंघन गरेको देखियो त्यसैले रात्रिकालीन आवागमन अनिश्चितकालका लागि रोकिएको हो ।

सटडाउनले पूरै जिल्ला नै बन्द हुने जस्तो भ्रम फैलाए पनि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको सूचनामा भने जिल्ला प्रशासन कार्यालयका ८ वटा सेवा मात्र स्थगित हुने उल्लेख छ। सूचना अनुसार यी सेवा साउन २५ आइतबारदेखि भदौ ८ गतेसम्म अर्थात् १६ दिनसम्म स्थगित हुनेछन्।

यो अवधिमा पनि यी पाँच सेवाहरु भने सञ्चालनमै रहनेछन्-

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि यस्तो सूचना जारी गरेको छ-

दुई जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अरु सरकारी तथा निजी कार्यालयहरुको बारेमा केही पनि उल्लेख छैन।

 

निश्कर्ष : काठमाडौँ उपत्यका दुई साता सटडाउन गर्ने शीर्षकमा आएका समाचार भ्रामक छन्। यसले उपत्यका नै बन्द हुन लागेको भ्रम पाठकलाई पर्न सक्छ। तर वास्तवमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचना अनुसार त्यहाँ गएर गर्नुपर्ने केही कामहरु जस्तै नयाँ नागरिकता वितरण, संस्था दर्ता, पासपोर्ट दिने आदि सेवामात्र बन्द गरिएको हो। अरु सरकारी वा निजी कार्यालय र त्यसले दिने सेवाबारे त्यो सूचनामा केही उल्लेख छैन। त्यसैले पूरै उपत्यका ‘सटडाउन’ नभई उपत्यकाका सिडिओ कार्यालयहरुले दिने केही सेवामात्र ‘सटडाउन’ भएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme