Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज आफ्नै फ्याक्टचेक : होमपेजमा सबैको सेयर काउन्ट एउटै कसरी ?

Posted on July 20, 2020July 20, 2020 by Salokya

केही दिनदेखि मलाई फेसबुकको मेसेन्जरमा, ट्विटरको डिएममा धेरैले एउटा कुरा सोधिरहेको भेट्छु- माइसंसारको होमपेजमा सप्पै शीर्षकको मुनि एउटै सेयर काउन्ट कसरी देखिन्छ? कतिलाई मैले बुझाउन सकेँ, कतिलाई सकिनँ। त्यसैले आज आफ्नै फ्याक्टचेक गर्दैछु। 

सेयर काउन्ट देखाउनका लागि विभिन्न वेबसाइटहरुले विभिन्न थर्ड पार्टी प्लग इन चलाउँछन्। Add this र Share this धेरैले चलाउँछन्। यी टुलहरुको गणना विधि फरक फरक हुन्छन्। कसैले सेयर गरिसकेपछिको मात्र गणना गर्छन्, कसैले क्लिक मात्र गरे पनि सेयर भइसकेको भनेर एक थपिदिन्छन्। अलि प्राविधिक ज्ञान जानेको मान्छे पर्‍यो भने सेयर काउन्ट सुरु नै ० बाट नभई निश्चित अंकबाट गर्ने बनाउन सकिन्छ भनेर तिनै प्राविधिकहरुले सुनाएका छन् मलाई।

माइसंसारमा भएको सेयर काउन्ट चाहिँ वर्डप्रेसको Facebook and Twitter share buttons नामको प्लगइन हो। यो प्लगइनले जस्तो देखायो त्यस्तै देखिएको हो अहिले। यो प्लग इनले होमपेजमा हरेक पोस्टको छुट्टाछुट्टै सेयर काउन्ट नदेखाउने रहेछ।

माइसंसारमा भएका सप्पै शीर्षकका ब्लगहरुको एउटै सेयर काउन्ट चाहिँ हुँदैन। माइसंसारको होमपेजमा जुन सेयर काउन्टहरु देखिन्छन्, त्यो पूरै होमपेज सेयर गर्दाको नम्बर हो। अर्थात् कसैले mysansar.com कतै सेयर गर्‍यो भने त्यो काउन्ट हुन्छ। त्यसैले होमपेजमा सबै एउटै संख्या देखिएको हो। यही देख्दा मान्छे झुक्किएका हुन्।

@salokya Fact check गर्नेकै fact check गर्नुपर्ने दिन आयो । Home page का हरेक पोस्टको share count कसरी एउटै हुन्छ? जनता झुक्याउनी? हेप्नी? ? pic.twitter.com/oHyjglJnjh

— Lenin Banjade (@lendaai) July 19, 2020

तर यदि तपाईँले होमपेजबाट कुनै शीर्षकको पोस्टमा क्लिक गर्नुभयो भने त्यसमा अर्को सेयर काउन्ट देखिन्छ। त्यो भनेको त्यो पोस्ट सेयर भएको संख्या हो। उदाहरणका लागि यो होमपेजमा देखिएको 6.6 k Shares ।

अब पूरा पढ्नका लागि यसको शीर्षक वा  Continue reading  क्लिक गर्नु भयो भने अर्को पेज खुल्छ।  त्यसमा भने अर्कै सेयर काउन्ट हुन्छ-

होमपेजमा 6.6 k shares देखिए पनि पोस्टमा भने 8.6 k shares देखिएको छ प्रमोद न्यौपानेको यो ब्लगमा।

यो त धेरै सेयर भएको ब्लग भएकोले यस्तो देखियो। अरु ब्लगहरुमा होमपेजमा 6.6 k shares देखिए पनि पोस्टमा भने त्यो भन्दा कम shares देखिन्छ।

एक जना साथीलाई मैले बुझाउन यसो भनेको थिएँ- mysansar.com टाइप गरेर होमपेजमा देखिएको सेयरको संख्या भनेको घर हेरे जस्तो हो। त्यसमा कुनै शीर्षकमा क्लिक गरेर पोस्टमा जानु भयो भने चाहिँ कोठा हेरेको जस्तो हो।

अनि होमपेज मात्र हेर्नेलाई सबै पोस्ट ६/६ हजार सेयर भएको भन्ने भ्रम पर्दैन त? पक्कै पर्छ। भ्रामक नै देखिन्छ यो। तर यो प्लग इनले काम नै त्यस्तै गर्ने हुनाले मेरो नियन्त्रणमा केही छैन। प्राविधिक लगाएर यसो नदेखिने बनाउन जाँगर नगरेकै हो।

मैले केही साथीहरुलाई जिस्केर पनि भन्ने गरेको छु- सेयर काउन्ट देख्ने बित्तिकै यति सेयर भयो उति सेयर भयो भनेर गमक्क पर्नेहरुलाई यसो पनि हुन्छ है भनेर देखाउन पनि काम लाग्छ यो 🙂

तर यो भ्रामक देखिने सेयर काउन्ट अब धेरै समयसम्म रहने छैन। छिट्टै नै साइटको स्वरुप फेर्ने तयारी हुँदैछ।

अँ बरु कुनै दिन प्राविधिकसँग बसेर सेयर संख्या कसरी बिगारेर धेरै बनाउन सकिने रहेछ भन्ने जानेर त्यो पनि राखेर प्रयोग गरी हेर्नेछु। तर यसो गरियो है भनेर तपाईँहरुलाई जानकारी दिएर मात्र गर्छु।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme