Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ढाड हैन डाढ लागेर भाइरल भएको कुण्ठा

Posted on July 18, 2020 by Salokya

भाइरल गर्नेहरुले के यसरी बुर्का लगाएर केटीहरु हिँडून् भन्ने चाहेका हुन्? भाइरल भएको फोटोलाई सम्पादन गरेर बनाइएको फोटो

देश र विदेशका बहस गर्नुपर्ने धेरै विषयहरुलाई ओझेलमा पार्दै हिजो एउटा फोटो भाइरल भयो। खासमा त्यो फोटो होइन, मान्छेको कुण्ठा भाइरल भएको हो। फोटो भाइरल गराउनेको भित्री मनको इच्छा यसरी बुर्का लाए जसरी शरीरको केही अङ्ग नदेखिकन केटीहरु हिँडून् भन्ने थियो त? पक्कै थिएन। फोटोमा त्यस्तो खास केही थिएन। जिन्स प्यान्ट लगाएर मोटरसाइकल पछाडि बसेकी युवतीको ढाड अलिकता देखिएको थियो। यत्तिको भरमा जिस्काउन थालियो। पहिले पहिले भए सडकमा वास्तविक जीवनमा जिस्काइन्थ्यो। अहिले त्यस्तो काम डिजिटल स्वरुपमा हुन थालेको थियो। यो फोटो सेयर गर्नेहरुले खासमा चोकमा बस्ने अल्लारे ठिटाहरुले जस्तै  ‘केटी जिस्क्याएका’ हुन्- इन्टरनेटमा। धन्न अचेल यस्तै लुगा लगाएका कारण बलात्कार हुन्छ भन्ने आँट चाहिँ मान्छेहरुले गर्न छाडे। नत्र केही अघिसम्म यस्ता कूतर्क प्रशस्त आउँथे।

उनीहरुले सुरुमा त फोटोमा अर्काको शरीर हेरेर मज्जा लिए। त्यसपछि ईर्ष्या जाग्यो- ‘यसले जस्तो केटी मैले घुमाउन पाइनँ।’ त्यसपछि बल्ल फोटोमा तलतिर आँखा गयो, मुन्तिर नम्बर प्लेट सेतोमा रातो थियो। अर्थात् सरकारी।

अब अर्को बहाना पनि पाइयो- सरकारी नम्बर प्लेटमा यसरी केटी घुमाउन पाइन्छ? त्यो मोटरसाइकल कसले चलाएको हो, त्यसमा बस्ने उनकी दिदीबहिनी पो हुन् कि वा साथी पो हुन् कि वा छिमेकी पो हुन् कि- त्यसमा कसैको ध्यान गएन।

गर्लफ्रेन्ड नै हो भने पनि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले आफूलाई दिएको सवारी साधनमा कसलाई चढाउन पाइने,  कसलाई नपाइने, कति बजेदेखि कति बजेसम्म मात्र चलाउन पाइने भन्ने कुनै नियम छ र ? छैन। अनि ?

एउटा अनुमान ठोक्यो- सरकारी नम्बर प्लेटको मोटरसाइकलमा केटी घुमायो, अनि वर्षियो गाली। सार्वजनिक सवारी साधन नचलेको बेला सरकारी नम्बर प्लेटको सवारी साधनमा लिफ्ट त जसले पनि लिन सक्दैन र?

त्यही पनि भाइरल गराउनेहरुको शब्द हेर्दा नम्बर प्लेटभन्दा ध्यान र नियत पहिरनमै भएको देखिन्छ। अर्काको पहिरन कस्तो भन्नेमा नै हामी अल्झिएका रहेछौँ। यो फोटो भाइरल गराउनेहरुले अब नियम बनाए हुन्छ-

  • केटीहरुले बाटोमा हिँड्दा शरीरका कुनै पनि अङ्ग नदेखिने गरी  हिँड्नु पर्छ। त्यसो गर्न नसके कम्तिमा ढाड देखाउनु हुन्न। ढाड हेर्दा हामीलाई डाढ लाग्छ।
  • आइन्दा यो नियमको पालना नगरी कोही केटी यसरी मोटरसाइकलमा वा सार्वजनिक ठाउँमा देखिए फोटो खिचेर भाइरल गरी जस्तोसुकै कमेन्ट लेख्न सकिनेछ। यसका लागि जिम्मेवार स्वयं ती केटी हुनेछिन्।

 

 

2 thoughts on “ढाड हैन डाढ लागेर भाइरल भएको कुण्ठा”

  1. Pingback: अनलाइन मिडियाहरुको ‘अनुसन्धान’ : मोटरसाइकलमा ढाड देखाउने र चढाउनेको पहिचान सार्वजनिक « Mysansar
  2. Kamal Dhital says:
    July 18, 2020 at 1:08 pm

    हाे नि एकदम सहि कुरा उठाउनु भयाे सर.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme