Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बनारसमा नेपालीको मुण्डन : घृणा फैलाउने समाचारदेखि सावधान

Posted on July 18, 2020July 18, 2020 by Salokya


बनारसमा एक नेपालीलाई त्यहाँको उग्र संस्थाले मुण्डन गराएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न लगाएको खबर भारतीय मिडियाबाट नेपाली मिडियालाई थाहा भयो। भारतका विभिन्न मिडियामा यो समाचार फरक फरक किसिमले आएका थिए। एउटा- समाचार मात्र। भारतको राष्ट्रवाद झल्कने खालको। दोस्रो- यो काम गलत हो भनेर अरु व्यक्तिहरुको भनाईसहित सन्तुलित रुपमा।

नेपाली मिडियामा यो समाचार कसरी आयो त ? नेपाली अनलाइन मिडिया पनि भारतीय मिडियाभन्दा कम्ता देखिएनन्। केही अनलाइनहरु हेरेँ- त्यसमा समाचारको भाषा हेर्दा पढ्ने सामान्य व्यक्तिलाई अहो, भारतीयहरुले यतिसम्म गरे, अब छाड्नु हुन्न यिनीहरुलाई पनि भनेर आफू अगाडि भएका भारतीयलाई ठोक्नुपर्छ भन्ने तहसम्मको घृणा फैलाउन सक्ने देखियो।

भारत र पाकिस्तानबीचको सम्बन्धलाई बिगार्नमा धेरै हात मिडियाको पनि छ भन्ने गरिन्छ। यसमा भारतीय मिडियाको भूमिका कति, पाकिस्तानी मिडियाको कति भन्ने कुरा त बेग्लै छ। तर दुई देशका शीर्ष नेताहरुको झगडाको सबैभन्दा ठूलो असर सामान्य नागरिकहरुलाई परेको छ।

नेपाल र भारतबीचको सम्बन्ध त्यस्तो खालको होइन। तर नेपालमा भारतविरोधी भावना पनि प्रशस्त छ। त्यसको एउटा कारण भारतकै हेपाहा व्यवहार पनि हो। पछिल्लो समयमा भारतविरोधी भावना फैलनुमा मोदी सरकारले गरेको नाकाबन्दीको हात थियो। भूकम्पले तहसनहस बनाएको अवस्थाबाट नतङ्ग्रिँदै भारतले नेपालमाथि लगाएको नाकाबन्दीको दुःख सहेको पुस्ताले भारतलाई हेर्ने दृष्टिकोण त्योअघिको भन्दा फरक भइ नै हाल्छ।

अहिले फेरि प्रधानमन्त्री ओलीबारे भारतीय मिडियाले चिनियाँ महिला राजदूतसँग जोडेर जस्तो किसिमको तुच्छ आरोपसहितका समाचार बनाए, त्यसले भारतीय मिडिया छिमेकीसँगको सम्बन्ध पाकिस्तानसँगको जस्तै गरी बिगार्ने तर्फ उन्मुख त छैन भन्ने शंका उब्जायो।

यही बीचमा हाम्रा प्रधानमन्त्रीले फेरि राम र अयोध्याको विवाद निकाले। रफू भर्नेहरुले जतिसुकै डिफेन्ड गरे पनि प्रधानमन्त्रीले त्यो गर्नै नहुने काम गरेका हुन्। दुई देशबीचको सम्बन्ध खराब हुँदै गरेको बेला यसरी बोल्नु गैँडालाई राइनो भनिन्छ भनेर जोक गर्नु जस्तो होइन। बुद्ध भारतमा जन्मेको चाहिँ मोदीले भन्न हुने, हाम्रोले चाहिँ भन्न नहुने भन्नु पनि कूतर्क हो। बुद्धको जन्म लुम्बिनीमा भएको भनेर मोदीको सर्टिफिकेट हामीलाई चाहिँदैन। (त्यही पनि हाम्रो संसदमा मोदीले बुद्धको जन्म नेपालको भन्दा सांसदहरुले ताली ठोकेको देखिएको थियो) लुम्बिनीमा बुद्ध जन्मिएको विषय त युनेस्कोले प्रमाणित गरिसकेको छ। नक्कली लुम्बिनी बनाएको देखियो भने त्यसको तथ्यगत रुपमा खण्डन गरी प्रचार गर्ने हो, न कि आफूले पनि अप्रमाणित दावी गर्दै हिँड्ने। मिथक पात्रलाई यहाँ जन्मिएको र त्यहाँ जन्मिएको भनेर कुनै लेखकले बिना आधार अक्षरमा मात्र गरेको दावीलाई पत्याउँदै प्रधानमन्त्री तहबाट बोल्नु गलतै हो।

राम नाम र अयोध्याको विषयलाई भजाएर सत्तामा पुगेको भारतीय जनता पार्टीले यसलाई कडा रुपमै लिने अपेक्षा थियो। त्यहाँ यस्ता कट्टर संस्थाहरु पनि छन् जसले धर्मको नाममा हिंसात्मक दंगा भड्काएका छन्।

एउटा कट्टर संस्थाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संसदीय क्षेत्रमा एक नेपालीको शिर मुण्डन गरी रामको नाम लेखी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न लगाएको भिडियो हिजो भाइरल भयो। केही भारतीय मिडिया बाहेक अरुको समाचार सन्तुलित नै थियो। जस्तो यो उदाहरण हेर्नुस्-

बरु नेपाली अनलाइन मिडिया त्यति सन्तुलित हुन सकेन। ती मिडियाहरुको समाचार पढ्दा ‘सबै भारतीय उस्तै हुन्, उनीहरुले नेपालीलाई हेपे’ टाइपको थियो।

अनि रफू लगाउनेहरु त झन् यस्तो घटना भएकै होइन, आ-आफू मिलेर भिडियो खिचेका रहेछन् भनेर जानकारी फैलाउन व्यस्त रहे।

बनारसको प्रहरीले पनि यो विषयमा तत्काल पक्राउ गरेर अनुसन्धान गर्दै आफ्नो सक्रियता देखाएको छ। त्यहाँको प्रहरीले आफ्नो ट्विटरमा नै विज्ञप्ति राखेको छ-

सोशल मीडिया पर वायरल हो रहे आपत्तिजनक वीडियो के सम्बन्ध में थाना भेलूपुर पर पंजीकृत मु0अ0सं0 335/2020 धारा 505(2)/295 भादवि व धारा 67 आइटी एक्ट में गिरफ्तार अभियुक्त संतोष पाण्डेय के सम्बन्ध में एसएसपी वाराणसी@amitpathak09की बाईट@Uppolice @dgpup @adgzonevaranasi @IgRangevaranasi pic.twitter.com/2v4rg23B1n

— Varanasi Police (@varanasipolice) July 17, 2020

प्रहरीले भिडियोमा भनेको छ, ‘भाइरल भएको भिडियोमा छिमेकी देशको राजनीतिक वा अन्य व्यक्तिविरुद्ध टीका टिप्पणी गरिएको छ।’ भिडियो बनाउने सन्तोष पाण्डेय नाम गरेका एक जनालाई पक्राउ गरेको,  संलग्न अन्य व्यक्तिहरुको  पहिचान गरेको, एक जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको, अरु अभियुक्तहरु पक्रने प्रयास गरिरहेको र घटनामा संलग्नहरुविरुद्ध कठोर कारवाही गर्ने प्रहरीले बताएको छ।

केही भारतीय खराब होलान्, केही नेपाली पनि खराब होलान्। तर वैमनस्यता र द्वेष भाव फैलाएर केही पाइन्न। यसको मतलब नेपाललाई हेपाहा व्यवहार गर्ने भारतसँग झुक्नु पर्छ भन्ने होइन। राष्ट्रियताका पक्षमा जसरी हामी नक्साको मामिलामा एकजुट भएका थियौँ, खराब कामको विरुद्ध पनि एकजुट हुनुपर्छ।

भारतमा नेपालीको शिर मुण्डन गर्नु गलत हो। तर त्यसको बदलामा नेपालमा रहेका भारतीयलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने उग्रवादी सोच कसैको आउँछ भने त्यो गलत हो। त्यसलाई हामीले गलत भन्न सक्नुपर्छ। जानी वा नजानी त्यस्तो भावना फैलाउने वा फैलाउन खोज्ने काम पनि गलत हो भन्नुपर्छ।

सोशल मीडिया पर वायरल वीडियो जिसमें एक व्यक्ति का सिर मुड़ाते हुए दिखाया जा रहा है का तत्काल संज्ञान लेकर कड़ी कार्यवाही के निर्देश जारी किए गए हैं। pic.twitter.com/pn9g8w5DP9

— UP POLICE (@Uppolice) July 17, 2020

अपडेट (जुलाई १८) : बनारस प्रहरीले भिडियोमा देखाइएका व्यक्ति वास्तवमा भारतीय नागरिक भएको, उनको जन्म वाराणसीमा भएको र परिवार सरकारी सेवामा कार्यरत भएको बताएको छ। त्यसैले यसअघि लेखिएको ‘अनि रफू लगाउनेहरु त झन् यस्तो घटना भएकै होइन, आ-आफू मिलेर भिडियो खिचेका रहेछन् भनेर मिथ्या जानकारी फैलाउन व्यस्त रहे’ बाट ‘मिथ्या’ शब्द हटाइएको छ। यसअघि भारतीय मिडियाले ‘नेपाली’ लेखेका थिए र प्रहरीले समेत ती व्यक्ति को हुन् भनी यकिन पहिचान गर्न सकेको थिएन। अहिले भने प्रहरीले अनुसन्धान गरी ती व्यक्ति भारतीय नै रहेको पुष्टि गरेको हो।

@amitpathak09 @CMOfficeUP @PMOIndia @UPGovt @dgpup @Uppolice @adgzonevaranasi @igrangevaranasi @HMOIndia pic.twitter.com/cHw9im2Dw0

— Varanasi Police (@varanasipolice) July 18, 2020

2 thoughts on “बनारसमा नेपालीको मुण्डन : घृणा फैलाउने समाचारदेखि सावधान”

  1. madan bajracharya says:
    July 19, 2020 at 2:45 am

    कार्यगत रुपमा ओलिमा म् खासै कुनै कमजोरी देख्दिन।अरु दलको मात्रै होईन ओलिकै दलको कुनैको पनि नेत्रित्वमा नभयको र् नहुने काम ओलिकै नेत्रित्वको सरकारले गरेकोछ। तर पनि ओली आलोचित हुनुमा म् तीन कारण देख्छु:
    ०१। ओलिको ब्यक्तिगत कमजोरिहरु:जस्तै बेलगाम बोली
    ०२। ओलिको मतियारको ब्यग्तिगत, पार्तिगत,राजनैतिक् र् पदिय स्वार्थ.

    ०३। आफ्नो स्वार्थमा बाधक बन्नेलाई पदमा देख्न पनि नसक्ने भारत सितको कुतनिति खेल्नमा कमजोर ह्नु। यो कुरामा यक जना चिनिया मित्रले भनेको “शेरको सामना श्याल भयर गर्न सकिन्दैन” कुरा याद आउन्छ।

    अहिले पार्ती भित्रै बाट ओलि हताउने प्रयास हुँदै गर्दा ओलीलाई पद छोड भन्ने पुर्व यमालेका कुनैले थोस कारण भन्न् सकेको छैन तर प्रचन्द्रले स्प्स्त सितै “पालाई पालो प्रधान मन्त्री बन्ने सहमति त्यागेको ठुलो गल्ती भयको भन्दै प्रचन्द्र सितै सहमति गरे बिबाद अन्त हुने भन्नुलेनै ओलीलाई हताउने यो युद्धको कमान्दर को हो भनि स्पस्त गर्छ। ओली पछी प्रधान मन्त्री हुने प्रचन्द्रनै हो नेपाल होईन खनाल होईन। नेपाल र् खनाल को असन्तुस्ती धेरै हद सम्म उनिहरुको ब्यक्तिगत र् केही हद सम्म पार्तिगत कुराले हो। तर प्रचन्द्र ओली सित असन्तुस्त हुनु सयमा सय प्रचन्द्रको आफुनै सुप्रिम रही रहने चाहनानै हो। ओलिले गल्ती गरेकै हो भने ओलिले गल्ती गर्दा ओली जस्तै सहअध्यछ्य् पदमा रहेको प्रचन्द्रले ओलीलाई ओलिज्यु यसो गर्नु हुँदैन यस्तो बोल्नु हुँदैन भनेर प्रचन्द्रले कहिले भनेन ओलीलाई गल्ती गर्न दियो गलत बोल्न दियो। ओलिले गल्ती गरिसके पछी गलत बोली सके पछी मात्रै यसै कुरालाई लियर प्रचन्द्रले ओलीलाई अव तेरो पोजिसन मलाई सुम्प भन्नुले ओलीलाई ओली सित असन्तुस्तलाई श्रिखन्दी बनाएर ओली बिरोधको महाभारतयुद्धमा अर्जुन बन्ने को हुन छर्लग्न हुन्छ।

    अव बनारसमा यक जना कथित नेपालीलाई दुर्व्यबहार गरेकोमा। यो घटना भयको मा दुखी र् रिसले चुर हुँदा हुँदै पनि ठिकै गरे जस्तो पनि लाग्यो। किनभने यो घटनाले नेतालाई अङालेर नेपाल र् नेपालीलाई हेप्ने पेल्ने दुवाउने भारत हाम्रो मित्र हो bhanne haamro भ्रम चिरिन्छ।

    Reply
  2. Biraj says:
    July 18, 2020 at 8:21 am

    ब्लग सन्तुलित छ र विचारप्रति सहमत जनाउदछु|
    अब काशीमा मरे स्वर्ग जान्छन भनेर मर्ने बेलामा पुग्नेहरुले सोच्नपर्‍यो|
    सन्तोष पाण्डे भन्ने pandemic नै हुन जस्तो लाग्छ| यसबेला सयमित हुनपर्छ| ओलीजीको कुबोली मात्र होइन,कुबेला पनि हो|ओलीजीलाई विदा गरौ| लिम्पिया धुरा र कालापानी भारतले हडपदा केही नबोल्ने हाम्रा राजदुत निलम्बर आचार्य यो बेलामा बोलेछन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme